विल्हेम वेट्लिङबारे सङ्क्षिप्त जीवनी
- श्रावण १, २०८३
यो संसारमा पैसो, समय र कालको टुङ्गो नहुने रहेछ । जति भए पनि नपुग्ने, नभइकन पनि नहुने र साँच्चै हुँदै भएन भने पनि टर्नेे । पैसा भनेको धन हो ।
धन कसलाई पो पुगेको छ र यो दुनियाँमा पैसा धेरै हुने पनि छन् थोरै हुने वा हुँदै नहुने पनि छन् । परेको बेला चाहिए जति पैसा झिक्न सक्ने नेपाली पनि छन् । धन कसैलाई पुगेको पनि छैन । आजको घडीमा आफ्नो मातहतमा कति पैसा छ भन्ने थाहा नपाउनेहरू पनि थुप्रै छन् । पैसा भनेको विषय नै यस्तो । पैसा धेरै हुनेहरूलाई पुगेको छैन बरु पैसा नहुनेहरूलाई पुगेको छ ।
ऊ सन्तुष्ट छ, सुखी छ । यो दुनियाँ यसो हेर्दा अनौठो अनौठो लाग्छ । तपाईँसँग यो संस्था (भक्तपुर बचत तथा ऋण सहकारी संस्था) छ या तपाईँ यो संस्थाको हुनुहुन्छ । यो संस्थामा प्रवेश नगर्दासम्म पनि पैसा थियो होला, तपाईंसँग अहिले पनि पक्कै होला पैसा । तर, यो सहकारी संस्थामा प्रवेश गरेपछि अरु ढुक्क हुनुहोला सहकारी संस्थामा पनि रकम छँदै छ भनी ।
सहकारीमा त बढी भएको रकम राखेको न हो अब सहकारी संस्थाको सदस्य भएपछि कथं अलि गम्भीर रोग लागे पनि पैसाको अभावले अरूलाई भन्नु पर्दैन भन्ने पनि भएको होला । पैसो भन्ने वस्तु यस्तो हुँदोरहेछ जो आफूसँगै हुनुपर्छ भन्ने पनि हुँदोरहेछ, आफूलाई पत्याउनेहरूसँग भए पनि हुनेरहेछ । हाम्रो छोरो अमेरिका पढ्न जाँदै थियो । टिकट पाइएको थिएन ।
हामीले भएको पैसो सबै बैङ्कमा राखिदियौँ नगद पैसो घरमा राख्दा खतरा हुनसक्छ भनी । तर, छोरोले कता कताबाट टिकट मिलाएछ, अब चाहियो पैसो । पैसो त बैङ्कमा राखिसकियो । अब कहाँबाट खोज्ने पैसो । साथीहरू गुहारेँ । एक लाख पनि पुगेन । तब अर्काे बुद्धि लगाएँ । फुपूका नानीहरू मधु भण्डारी र आनन्द भण्डारीकहाँ सम्पर्क गरेँ । सबै विवरण बताए ।
साढे चार लाख रूपैयाँ बहादुर भवन काठमाडौँमा चाहियो जुन रकम बैङ्क खुलेपछि फिर्ता हुन्छ भनेँ । सकारात्मक आश्वासन पाएँ । भनेबमोजिम भोलिबाट निश्चित ठाउँमा जम्मा गर्यौँ । भनेको भन्दा बढी रकम जम्मा भयो, काम बन्यो । तब म भन्न थालेँ, पैसो आफैसँग हुनुपर्छ भन्ने रहेनछ, आफूलाई पत्याउनेहरूमा भए पनि हुँदोरहेछ ।
नारा आकर्षक : काम तद्नुरूप हुनुपर्छ
आजको सन्दर्भ हो, “सहकारिता : लगनशीलता र पारदर्शिता, हाम्रो प्रतिबद्धता” मूल नारालाई आत्मसात गर्दै रजत जयन्तीको उपलक्ष्यमा प्रकाशित हुने प्रकाशनको निम्ति तयार हुँदै गरेको स्मारिकाकोे । सर्वप्रथम सहकारी संस्थाको आफ्नो मूल उद्देश्यमा पूर्णतः सफलताको कामना ।
कति धेरै सदस्यहरू तपाईंको सहकारीमा ? कसरी व्यवस्थापन गर्नुहुन्छ त्यति धेरै बचतकर्ताहरूलाई ? मेरो हातमा भक्तपुर बचत तथा ऋण सहकारी संस्था लि. को २० देखि २३ औँ अङ्कका प्रतिवेदनहरू छन् । वि. सं. २०७४ मा संस्थाको सदस्य ६१९९ पुगेको रहेछ । २०७४ मा ५१३ जना थप भई कुल सम्पत्ति रु. १ अर्ब ५७ करोड ६२ लाख नाघेछ । यस्तै अर्काे वर्ष २०७५ मा ३५६ जना सदस्य थप भई जम्मा सम्पत्ति रु. २ अर्ब १० करोड ३९ लाख नाघेछ । २०७७ मा त २८६ जना सदस्य थप भई सम्पत्ति रु. २ अर्ब ४२ करोड ७७ लाख ७० हजार ७४७ पुगेछ । यो सहकारी संस्थामा अब सदस्य सङ्ख्या ७३५३ जना पुगेछन् । सम्पत्ति रु. २ अर्ब ४२ करोडभन्दा बढी भएछ । गरे के हुँदोरहेनछ भन्ने दृष्टान्त होइन र यो ? मान्छेहरूसँग कति पैसा रहेछ त ? ७३५३ जनाको यो सहकारी संस्थामा कति धेरै सम्पत्ति ?
आ—आफ्नो पेशा र व्यवसाय मिल्नेहरूको सहकारी संस्था बनायो भने समाजलाई अरुको सम्पत्तिमा आँखा लगाउनै नपर्ने समाज खडा हुँदोरहेछ । कतिवर्ष भो र यो सहकारी संस्था गठन भएको ? कति धेरै प्रगति ? यहाँ त धेरै थोक भएको छ । विस्तृत क्रियाशिलता नै समष्टिमा सम्पूर्ण प्रगतिको मूल जरो हो । अझ छोटकरीमा भन्नुपर्दा केही न केही गर्नु नै सबै थोकको मूल आधार हो । यो सहकारी संस्था सहकारी संस्थामा नै केन्द्रित हुँदा राम्रै हुन्छ, नराम्रो हुने सम्भावना नै हुँदैन । यसो भने पनि पुनरावलोकन भने जरुर गर्नुपर्छ ।
प्रसङ्ग आदर निकेतनको
यो विशाल दुनियाँमा पैसा प्रशस्त हुने धेरै संस्था छन्, बैङ्कहरू छन् र छन् व्यक्तिहरू पनि । तर, पैसोमात्र भएर केही हुँदैन । पैसो छ यताउता मस्तसँग भोक पनि लागिरहेछ । तर पैसो खानु हुँदैन । खानलाई त खानेकुरो नै चाहिएन र ? यो सहकारी संस्थाको नेतृत्वले जहाँ यसरी पनि सोचेको होला । २०७३/०७४ सालको सचिव लक्ष्मीप्रसाद कुसीको प्रतिवेदन पढ्दा दफा १६ मा ‘आदर निकेतन’ मा आँखा पर्यो, नेपाली समाजमा परिवर्तन आइरहेको छ । मान्छेमा कामको चाप बढिरहेको छ । कतिपय मान्छेमा सङ्कीर्णता एवं स्वार्थी भावनाले पनि हाम्रा घरका देवदेवता, बुढाबुढीहरूको सह्रसा लालनपालन र रेखदेखप्रति कमी आइरहेको छ । तसर्थ, त्यस्ता परिवारका सदस्यहरूले उचित सेवा गर्न नसकेका ज्येष्ठ नागरिकहरूलाई व्यवस्थापन गर्न एउटा आदर निकेतन पनि खाँचो भएको औँल्याएको छ । यो दृष्टिकोण असाध्यै उत्तम लाग्यो मलाई । पाको उमेर भएका ज्येष्ठ नागरिकहरूलाई आदर निकेतन साँच्चै आवश्यक छ ।
सबै ज्येष्ठ नागरिककहाँ पृथक आदर कक्ष बनाउने अनुकूल पर्दैन । फेरि कुनै पनि व्यक्तिको घरमा बनाएको आदर कक्षमा टोलका अरू ज्येष्ठ नागरिक सधैँ जानु, बस्नु, खाजा चिया खानु पनि व्यवहारिक नहुन सक्छ ।
तसर्थ, यस्ता संस्थाले ठाउँ–ठाउँमा आदर निकेतन निर्माण गरी व्यवस्थित सञ्चालन गरे कति धेरै सन्तोष हुँदो हो । मान्छेहरू अलि उमेर ढल्केपछि कतै गएर टहलिऔँ, केही पढौँ, बाघचाल खेलौँ, बुद्धिचाल खेलौँ भन्ने इच्छा पनि लाग्दोरहेछ । हो, सहकारी संस्थाहरूले टोल–टोलमा दुईचार वटा आदर निकेतन निर्माण गरी ज्येष्ठ नागरिकहरूको प्रयोगका निम्ति उपलब्ध गराए क्या राम्रो काम हुने थियो भन्ने लाग्यो । कति राम्रो काम गर्न लागेको भक्तपुर बचत तथा ऋण सहकारी संस्था लि. ले त ? तपाईँ जे भन्नोस् म त प्रशंसा गर्छु ।
यस्ता संस्था वास्तवमा माध्यम हुन्
यो संस्थाले गरेका अरु कार्यक्रममा घरदैलो कार्यक्रम पनि उल्लेख्य लाग्यो । संस्थाबाट लिएको ऋण सही ठाउँमा लगानी गर्यो वा गलत ठाउँमा पर्यो त्यो हेरी गलत ठाउँमा परेको रहेछ भन्ने सल्लाह दिने काम पनि कम उपादेय हो र ? त्यही वर्ष अरु धेरै वटा त तालिम कार्यक्रम गरिएछ । वास्तवमा समुदायमा आधारित संस्थाले वित्तीय कारोबारमा मात्र केन्द्रित गर्ने हो भने समाजका अरु सामाजिक, सांस्कृतिक पक्ष छुट्ने भए । तसर्थ, बाँसुरी बाजा, बाल चित्रकला, ब्युटिसियन, रक्तदान तथा स्वास्थ्य शिविर, आँखा शिविर, पौष्टिक आहार वितरण, शिक्षा शिविर, ब्रिकेट बनाउने तालिम, बुद्धिचाल प्रतियोगिता, संस्थागत अध्ययन भ्रमण गराएर संस्थाले समाजमा उम्दा काम गरेको लाग्यो । समान प्रकृतिका सस्थासँग सहकार्य गरेर सहकार्य र समन्वय गर्दै संस्थागत प्रतिनिधित्व पनि गर्दै आएको रहेछ । कति आनन्द आउँछ यसो गर्दा । संस्थामा काम गर्दा सावाँ, ब्याज, सेवा सुविधा, तालिम गोष्ठी, क्यालेन्डर, पत्रपत्रिका आदि पनि बेला बेला दिने गरिएको रहेछ । कर्मचारीको भूमिका यस्ता संस्थामा अरु बढी जिम्मेवार हुन्छ भनी सञ्चय कोष कट्टा र उपदानको पनि व्यवस्था गरिएको रहेछ । त्यस्तै अरु अरु सुविधा प्रदान गरिएको रहेछ सहकारीबाट ऋण लिएर काम गर्नेहरूलाई । समाजमा केही योगदान गर्नेहरूलाई सार्वजनिक सम्मान गर्ने पनि गरिँदोरहेछ । विधि पु¥याएर शेयर कित्ताथप गर्न पाइने गरिएको रहेछ । रेमिट्यान्स सेवा÷सञ्चालन पनि नौलो लाग्यो मलाई । यसरी सहकारी आन्दोलन टोल–टोलमा गाउँ–गाउँमा सञ्चालन भए साँच्चै नयाँ युग प्रारम्भ हुने देखिन्छ । चुपो लागेर बस्नुभन्दा यस्ता सहकारी संस्थामा क्रियाशील भए शारीरिक तथा मानसिक दुवै फाँटको विकासमा सहयोग पुग्ने सुनिश्चित छ ।
सहकारी संस्थाका गतिविधि
नेपालमा साँच्चै नै आर्थिक विकास गर्ने हो भने पैसाको खाँचो हुँदैन । हो, शैक्षिक, राजनीतिक, सामाजिक, सांस्कृतिक विकासका लागि भने पैसाको कमी हुनसक्छ । आर्थिक क्षेत्र भनेको लगानी गर्ने, कमाउने फेरि लगानी थप्ने र कमाइ बढाउने विधा हो मेरो अल्प बुद्धिबमोजिम ।
यही सहकारी संस्था प्रारम्भ प्रदर्शक । दिन र अवस्था सम्झौँ त कस्तो थियो के अर्ब रूपैयाँ बचत होला भन्ने अनुमान थियो ? पक्कै पनि थिएन होला । साँच्चै जनता नै मिली यस्तै सहकारी संस्थाहरू सुचारु रूपमा सञ्चालन गर्न सकिए राज्यलाई नै विशेष सहयोग हुनेरहेछ । २ अर्ब ४२ करोड रूपैयाँ बराबरको सम्पत्ति भनेको थोरै हो र ? ७३५३ जनाको परिवार आर्थिकरूपमा एउटा सहकारी संस्थामा सङ्गठित हुनु सानो उपलब्धि कहाँ हो र ? प्रत्यक्ष बचत तथा ऋण परिचालन एउटा मूल विषय त भयो भयो । त्यस अतिरिक्त अन्य (विविध) गरे अन्य धेरै विषयमा जान्ने, बुझ्ने गराउनु पनि साँचो कुरो त होइन ? यस्ता काममा शिक्षा शिविर, मिठाइ बनाउने तालिम, शेयर बजार, नेतृत्व विकास, डेँगु रोग जनचेतनामूलक कार्यक्रम, रक्तदान कार्यक्रम, सरसफाइ र वृक्षरोपण, पाक शिक्षा तालिम, ऋणीहरूको भेलाजस्ता बहुउपयोगी क्रियाकलाप आयोजनाको श्रेय पनि यही सहकारी संस्थाले प्राप्त ग¥यो । जति नयाँ काम ग¥यो त्यति त्यति नै अरु नयाँ काम गरौँभन्ने तृष्णा बढ्नु अस्वाभाविक होइन । त्यो काम पनि गर्ने अठोट भएछ ।
सांस्कृतिक, शैक्षिक, खेलकुद र पर्यटन व्यवसाय प्रवद्र्धन, ऋणलाई विविधीकरण गर्ने, सीप तथा जनचेतनामूलक, प्रशासन कार्यलाई छिटो छरितो र प्रभावकारीका अतिरिक्त आदर निकेतन सञ्चालनको पहल पनि गरिएको छ ।
मसिना कुरामा ध्यान
नभन्दै २०७७ मा त झन् बढी काम भएछ । शेयर बजार तालिमजस्ता कार्यक्रम पनि समावेश गरियो । जति बढी विषयमा प्रशिक्षण तालिम उत्ति बढी दक्षता र बढी कुशलता । तर, सफलताको चक्करमा पर्दा पर्दै कैयौँ राम्रा संस्था प्रसन्नताको भुमरीमा परेका छन् । इतिहासमा विछट्टै राम्रा संस्था पनि वर्तमानमा सोही अनुपातमा राम्रा नहुँदा भविष्य चौपट भएका छन् । यसर्थ, राम्रो उज्ज्वल समुज्ज्वल भविष्यका निम्ति वर्तमान नै राम्रो हुनुपर्छ अन्यथा भविष्य राम्रो हुँदैन । बरु नराम्रो हुन्छ । भविष्य नराम्रो हुने संस्थालाई राम्रो बनाउन खोज्नु मूर्खतामात्र हुँदैन, मूर्खताको पनि पराकाष्ठा हुन्छ । त्यस्तो कुरा लेख्न कलम जान्दैन । नराम्रो कुरा गर्न र लेख्न पो सह्रसा प्रवृत्त हुन्छ र ? तर, यो दुनियाँमा को पो त्यस्तो मान्छे होला जो नराम्रो काम दोहो¥याएर गरोस् । तैपनि, एउटा के कुरामा सधैँ साह्रै होस पु¥याउनुपर्छ भने अलि कति पनि तल माथि प¥यो भने परिणाम उग्र नै नराम्रो आउन सक्छ । यस्ता कुरा लेखेरमात्र टुङ्गिँदैन । काम गर्दा परिआउने यस्ता घटना, परिघटना, दुर्घटना हुन् ।
यो तथ्य नभुलौँ
भारतमा घनश्याम बिडला उद्योगधन्दामा क्रियाशील भइरहेको बेला बेलायतका उद्योगपतिहरूको प्रतिनिधिमण्डल कारखानामा आयो । कारखानाको एक छेउमा एउटा मान्छे बल्न बाँकी कोइलामा टुक्रा जम्मा गर्दै गरेको देखेछन् । भेटघाटको प्रसङ्गमा कोइलाका बल्न बाँकी टुक्रासमेत जब साहुले आफैँ टिप्छ भने कामदारहरूले यस्ता कुरामा बढी होशियार हुनु जरुरी छ भन्ने सन्देश त्यो सानो कामले दियो । बेलायतीहरू छक्क परे रे स–साना कुरा पनि खेर नफाल्ने बिडलाको बुद्धिको उत्कृष्टता देखेर ।
यो सहकारी संस्थाको नेतृत्वमा रहेका व्यक्तिहरू एवं कर्मचारी पदमा रहेका सबैले यस्ता साना देखिने काममा ध्यान दिए भने साँच्चै ठूलाठूला काम पनि हुन सक्तछन् । मजस्तो आफू काम नगर्ने अरुहरूमार्फत काम लिने मान्छेले यस्तै अरुहरूबाट सिकेर न हो काम गर्ने वा दुई चार अक्षर कोर्ने । साँच्चै तपाईँ जानेर वा त्यसै अरुको हाहामा लागेर भक्तपुर बचत तथा ऋण सहकारी संस्थामा लागिहाल्नु भो, तपाईंको सिक्ने उत्तम उमेर एवं ऊर्जा यही संस्थामा लगाउनु भइसक्यो त ! अबको समय बुद्धि र विवेक समष्टिमा यसै संस्थालाई प्रयोग गरेर अघि बढ्ने प्रयत्न गर्ने विचार छ कि ? २०७७/२०७८ का लागि रु. २ अर्ब ७१ करोड ३० लाख रूपैयाँको बजेट प्रस्तुत गर्नुभएको छ संस्थाका कोषाध्यक्ष रामप्रसाद प्रजापतिले । एउटा सहकारी संस्थाको वार्षिक बजेट रु. २ अर्ब ७१ करोड ३० लाख रूपैयाँ भनेको सानो रकम कहाँ हो र ?
संस्थाका सचिव लक्ष्मीप्रसाद कुसीले प्रस्तुत गरेको आर्थिक वर्ष २०७७/२०७८ को कार्यक्रम कति सफल भए वा थाल्नै पाइएन कोभिड १९ को महामारीका कारण । त्यो त पढ्न पाइएन । परन्तु, आफ्नै बस्तीमा आफूहरूले आफूहरूका निम्ति जरुर काम भए होलान् । यो संस्था आज अध्यक्ष बलराम प्रजापति, सचिव लक्ष्मीप्रसाद कुसी र कोषाध्यक्ष रामप्रसाद प्रजापतिका साथै अन्य कार्यकारिणी सदस्य र सञ्चालक समितिका सदस्यहरूको मात्र होइन । संस्थाका ७३५३ का सदस्यहरूको हो । यो नभुलौँ ।
यति त गरौँ, गरे सकिन्छ
एउटा सहकारी संस्थामा ७३५३ जना सदस्य हुनु भनेको खास ठट्टा होइन । संस्थामा कति प्रतिशत मान्छे सहकारी संस्था भनेको यो हो भन्ने बुझेर प्रवेश गरेको हुनुहोला त कति प्रतिशत “कान्छा नं वन झिनं वनेगु” भनेर अर्थात् यो टोलका कान्छा पनि त सदस्य भए भनेर प्रवेश गरेका होलान् । तसर्थ, जो जसरी प्रवेश गरेको भए पनि अब त्यो तपाईंको भो । पहिले प्रवेश गरेका टोलका कान्छा संस्था छोड्न लागे भने पनि तपाईँले सम्झाई संस्था नछोड्ने गराउनुपर्छ । हाम्रोमात्र होइन कुनै पनि संस्थामा ७३५३ जना भनेको सानो संस्था होइन । त्यतिका सदस्यको आकाङ्क्षा, अझ कतिको महत्वाकाङ्क्षासमेत पूरा गर्ने कुरा आउँछन् । सानो मुटु र सानो आँटले यस्ता काम पार लाग्दैनन् । यस्ता काम टुङ्ग्याउन ठूलो मुटु र ठूलो आँट चाहिन्छ । गएका २४ वर्षले तपाईँलाई त्यही सिकायो होला । मेरो गाउँ दधिकोटमा यस्तै एउटा सानो सहकारी संस्था खोलेछन्, गाउँका केही मान्छे जम्मा भएर । संस्था दर्ता पनि छैन न त कुनै औपचारिकता नै । गाउँले केही जम्मा भए । महिनैपिच्छे प्रतिपरिवार सय रूपैयाँजम्मा गर्ने । त्यसरी रकम जम्मा गर्ने परिवारको सदस्यलाई रकम खाँचो भए अल्पकालीन सापटी दिने, सापटी लिने बचतकर्ताले भाकामा सापटी लिएको ऋण फिर्ता गर्ने । यति मात्र गर्दा पनि ग्रामीण समाजमा ठूलो कुरो हुँदोरहेछ । गाउँमा सामान्य सरसफाइ, खानेपानी राखेको भाँडो छोपेर राख्ने । बासी खानेकुरा नखाने । पकाएको खानेकुरा छोपेर राख्ने, नङ बेला–बेलामा काट्ने । जसरी पनि साक्षरसम्म हुने प्रयत्न गर्नेजस्ता काममा हाम्रो सहकारी संस्थाको ध्यान गएकै होला । ब्याज बुझ्दा ल्याप्चे निषेधमात्र गर्नसक्यो भने पनि समाज निकै अघि बढ्छ भन्ने लाग्छ । यस्ता काम र कुरामा यसो मिल्यो भने समय दिनु न हो मित्रहरू । सम्झना गरी मेरोे राय मागेकोमा हार्दिक कृतज्ञता । संस्थाको र तपाईँको परिवारको सुन्दर एवं सुखद शुभकामनासहित हार्दिक कृतज्ञता ।
(भक्तपुर साकोसको रजत जयन्तीमा प्रकाशित स्मारिकाबाट)
Leave a Reply