नयाँ प्यालेस्टिनी नेताका लागि इजरायली जेलमा रहेका नेता बरघोटीको चर्चा
- बैशाख ११, २०८३
पेइचिङ, २० नोभेम्बर । चीनका राष्ट्रपति सी चिनफिङले बेल्ट एन्ड रोड परियोजना (बीआरआई) अन्तर्गत साझा प्रयासमा उच्च गुणस्तरको विकास प्रबद्र्धन गर्न पहललाई चालु राख्नुपर्ने बताउनुभएको छ ।
“बीआरआईले उच्च गुणस्तरको दिगो र जनतामा केन्द्रित प्रगति हासिल गर्ने लक्ष्य राख्नुपर्छ”, चिकपाका महासचिव सीले बीआरआईबारे आयोजित उच्चस्तरीय विचार गोष्ठीमा भन्नुभयो ।
चीनका उपप्रधानमन्त्री हान चेङको अध्यक्षतामा भएको विचार गोष्ठीमा राष्ट्रपति सीले बितेका आठ वर्षमा बीआरआईमार्फत विश्वको लागि खुला भएको र बीआरआईमा आबद्ध देश र चीनबीच सबैको हित हुने सहकार्य हासिल गरेको बताउनुभयो ।
राष्ट्रपति सीले विज्ञान प्रविधि क्रान्ति र औद्योगिक रूपान्तरणको नयाँ चरणले निम्त्याएको सघन प्रतिस्पर्धालगायत विभिन्न पक्षले बीआरआई विकासको निम्ति अन्तर्राष्ट्रिय वातावरण अझ जटिल बन्दै जान सक्ने भन्दै जलवायु परिवर्तन, कोभिड–१९ र अन्य विश्वव्यापी चुनौतीको कारण मानिसलाई पार्ने प्रभाव पनि उकालो लाग्दै भएको बताउनुभयो ।
राष्ट्रपति सीले बलियो राजनीतिक आपसी विश्वास, थप सहकार्यात्मक संयन्त्र र भूमि, समुद्र, आकाश र साइबरस्पेस जोड्ने उत्तम सञ्जालको निम्ति आह्वान गर्नुभयो ।
उहाँले छिमेकी देशहरूबीच बढ्दो व्यापार, उच्च गुणस्तरको आयात बिस्तार, अन्तर्राष्ट्रिय औद्योगिक क्षमता सहकार्य प्रबद्र्धन, वित्तीय सम्बन्ध र सांस्कृतिक आदानप्रदान बढाउन आग्रह गर्नुभयो ।
स्वस्थ, हरित विकास, डिजिटल उद्योग र खोज अनुसन्धानमा जोड दिँदै सीले चीन कोभिड–१९ रोकथामको निम्ति अन्तर्राष्ट्रिय सहकार्य, हरित तथा न्यून कार्बन ऊर्जाको विकास, रेशम मार्ग ई–कर्मस परियोजनामा आफ्नो संलग्नता चीनले चालु राख्नुका साथै विज्ञान–प्रविधिको प्रगतिमा खुला, न्यायपूर्ण, समतामुलक र विभेदरहित वातावरणको निम्ति काम गर्ने बताउनुभयो ।
Leave a Reply