भर्खरै :

तेक्वान्डो खेलको ग्रेडिङ सम्पन्न

भक्तपुर, ४ मंसिर । नेपाल तेक्वान्डो सङ्घ, भक्तपुर जिल्ला कार्य समितिको आयोजनामा शनिबार तेक्वान्डो खेलको ग्रेडिङ सम्पन्न भयो ।
कार्यक्रममा भक्तपुर नगरपालिका वडा नं. ४ का वडाअध्यक्ष कुमार चवालले खेलकुद मित्रता र अनुशासनको लागि हुनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा तेक्वान्डोका बाग्मती प्रदेश सदस्य नरेन्द्र थापाको उपस्थिति रहेको थियो ।
शनिबार रातो–कालो पेटीमा ३८ जना, कालो पेटीमा ७६ जना र दोस्रो डनमा ११ जना खेलाडीहरूको ग्रेडिङ भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *