भर्खरै :

साझा भविष्य र साझा घर

(नोभेम्बर २२ अर्थात् गत सोमबार आयोजित चीन–आसियान संवादको तीसौँ स्थापना दिवसको अवसरमा आयोजित विशेष शिखर सम्मेलनमा चीनका राष्ट्रपति तथा चिनियाँ कम्युनिस्ट पार्टीका महासचिव सी चिनफिङले दिनुभएको मन्तव्यको नेपाली अनुुवाद ।)
ब्रुनाइ दरुस्सलामका महामहिम राजा सुल्तान हस्सनल, प्रिय मित्रहरू,
चीन र आसियानबीचको सम्बन्ध स्थापना भएको तीसौँ वार्षिकोत्सवको अवसरमा हामी एकै ठाउँमा बसेर हाम्रो उपलब्धिको समीक्षा गर्न, विगतका अनुभवको सारांश निकाल्न र भविष्यको निम्ति आधारपत्र तयार गर्न तपार्इँहरूलाई भर्चुअल माध्यमबाट भेट्न पाउँदा मलाई निकै खुसी अनुभव भएको छ ।
बितेका तीन दशकमा चीन–आसियान संवाद सम्बन्धले असामान्य यात्रा छिचोलेको छ । अन्तर्राष्ट्रिय क्षेत्रमा यी तीस वर्षमा आर्थिक भूमण्डलीकरणको तीव्र विकास र प्रस्ट परिवर्तन भयो । यी तीस वर्षमा चीन र आसियान देशहरूले समयले दिएका मौका छोप्नुका साथै हाम्रो सम्बन्धको विकासले फड्को मारेको छ । हामीले शीतयुद्धको छाया पन्छाउन सफल भयौँ र मिलेर हाम्रो क्षेत्रमा स्थायित्व कायम ग¥यौँ । पूर्वी एसियामा हामीले आर्थिक तालमेललाई अघि बढायौँ, साझा विकास र समृद्धिलाई प्रवद्र्धन ग¥यौँ र दुई अर्बभन्दा बढी मानिसलाई उत्तम जीवन दिन सफल भयौँ । हामीले असल छिमेक र सबैको हित हुने सहकार्यको उज्यालो बाटो पहिल्यायौँ । साझा भविष्यसहितको नजिकको समुदाय बनाउने काममा फड्को मा¥यौँ र मानवीय प्रगतिको लक्ष्यमा महत्वपूर्ण योगदान ग¥यौँ ।
आज हामी संयुक्तरूपमा चीन–आसियान विस्तृत रणनीतिक साझेदारी स्थापनाको घोषणा गर्छौं । हाम्रो सम्बन्धको इतिहासमा यो एउटा नयाँ कोशेढुङ्गा हो । हाम्रो क्षेत्र र विश्वको शान्ति, स्थायित्व, समृद्धि र विकासलाई नयाँ गति दिनेछ ।
मित्रहरू,
बितेका तीस वर्षमा चीन–आसियान सहकार्यले हासिल गरेका उपलब्धि हाम्रो विशिष्ट भौगोलिक निकटता र सांस्कृतिक सौहार्दताको कारण सम्भव भएको हो । त्योभन्दा महत्वपूर्ण कुरा हामीले हाम्रो समयको विकासको प्रवाहलाई सक्रियतापूर्वक अँगाल्यौँ र हामीले सही ऐतिहासिक छनौट ग¥यौँ ।
पहिलो, हामीले एकअर्काप्रति सम्मान गर्नुपर्छ र अन्तर्राष्ट्रिय सम्बन्धका आधारभूत मान्यताअनुरूप काम गर्नुपर्छ । पूर्वीय संस्कृति ‘आफूलाई नहोस् जस्तो लाग्ने व्यवहार अरूलाई पनि गर्नु हुन्न’ भन्ने कुरामा विश्वास गर्छ । समानता र सद्भावपूर्ण सहअस्तित्व हाम्रो साझा लक्ष्य हो । शान्तिपूर्ण सहअस्तित्वका पाँच सिद्धान्त र बाङडुङको भावनाको वकालत गर्नेमा हामी पहिला छौँ । ‘दक्षिणपूर्वी एसिया मित्रता र सहकार्य सन्धि’ मा हुन आसियानको संवाद साझेदार हुनेमध्ये चीन पनि पहिलो पङ्क्तिमा आउँछ । दुवै पक्षले एकअर्काका प्रमुख चासोलाई स्वीकारेका छन्, एकअर्काका विकासका पथलाई सम्मान गरेका छन्, इमानदार संवाद्मार्फत विश्वास र समझदारी बढाएका छन् र आपसी मतभेद कम गर्दै साझा बिन्दुमा उभिएर असमझदारी र समस्याको सही तरिकाबाट सम्हालेका छन् । अनि यस्ता कदममार्फत एसियाली मूल्यलाई संयुक्तरूपमा प्रवद्र्धन गर्दै आएको छ ।
दोस्रो, हामीले सबैको हित हुने परिणामको निम्ति सहकार्य ग¥यौँ र शान्तिपूर्ण विकासको बाटो पछ्यायौँ । चीन र आसियान देशहरूको उस्तै ऐतिहासिक अनुभव छ र हाम्रो देशमा स्थायित्व र जनताको खुसियालीमा हाम्रो लक्ष्य समान छन् । हामीले क्षेत्रीय शान्ति र स्थायित्वलाई दृढतापूर्वक समर्थन ग¥यौँ, विकासमा केन्द्रित रह्यौँ, स्वतन्त्र व्यापार क्षेत्रको स्थापनामा नेतृत्व ग¥यौँ, उच्च कोटीको बेल्ट एन्ड रोड सहकार्यलाई प्रवद्र्धन ग¥यौँ र संयुक्तरूपमा क्षेत्रीय विस्तृत आर्थिक साझेदारी (आरसीईपी) टुङ्ग्याएर हस्ताक्षर ग¥यौँ । फलतः हामीले क्षेत्रीय विकास र हाम्रा जनताको भलाईलाई तालमेल मिलाउने कामको प्रवद्र्धन ग¥यौँ ।
तेस्रो, हामीले एकअर्काबारे चासो राख्यौँ र मित्रता, इमानदारी, आपसी हित र समावेशिताका सिद्धान्तको सम्मान ग¥यौँ । चीन र आसियान देशहरू छिमेकीहरू हुन् । आपसी सहयोग हाम्रो साझा परम्परा हो । चिनियाँ र ब्रुनाई दुवै भाषामा एउटा भनाइ छ, “दुःख र सुख सबै आपसमा बाँडचुँड गर्ने ।” हामीबीचको सम्बन्ध कोही आफन्तहरूबीचको जस्तो घनिष्ठ छ । हामी मित्रता र विश्वसनीयतालाई सर्वोपरि मान्छौँ । राम्रो समयमा हामी आपसमा रमाउँछौँ र कठिन समयमा हामी एकअर्कालाई मद्दत गर्छौँ । एसियाली वित्तीय सङ्कट, अन्तर्राष्ट्रिय वित्तीय सङ्कट, कोभिड–१९ र अन्य चुनौतीहरू हरेकमा हामी एकै ठाउँमा उभियौँ । त्यसले साझा भविष्यसहितको समुदायको निम्ति हाम्रो भावनालाई अझ बलियो बनायो ।
चौथो, हामीले समावेशिता र आपसी सिकाइलाई जोड दियौँ र मिलेर खुला क्षेत्रीयतामा योगदान ग¥यौँ । चीन र आसियान विभिन्न जाति, संस्कृति र धर्मको घर हो । विविधता र समावेशिता हाम्रो डीएनएमै छ । पूर्वी एसियाली सभ्यताबाट ज्ञान लिएर हामीले खुला दिमाग लिएर क्षेत्रीय आर्थिक एकतालाई अघि बढायौँ, सम्मान हैसियतको सरसल्लाहमार्फत आसियान नेतृत्वको क्षेत्रीय सहकार्य अघि बढायौँ । निषेधात्मक होइन, समावेशी मनसायसहित खुला मनसायले मित्रताको सम्बन्ध जोड्यौँ । फलतः विस्तृत सरसल्लाह, संयुक्त योगदान र साझा लाभको सिद्धान्तको सम्मान ग¥यौँ ।
बितेका तीस वर्षमा हामीले हासिल गरेको अमूल्य अनुभव दुवै चीन र आसियानको साझा सम्पत्ति हो । हामीले हाम्रो विस्तृत रणनीतिक साझेदारी विकास गर्न जग राख्यौँ र निर्देशिका बनायौँ । हामीले हाम्रा अनुभवमा गौरव गर्दै, दीर्घकालसम्म त्यसलाई अँगालेर हामी अघि बढ्ने क्रममा ती अनुभवलाई समृद्ध र विस्तार गर्नुपर्छ ।
मित्रहरू,
चिनियाँ भाषामा एउटा उखान छ, ‘दुरीले घोडाको शक्ति परीक्षण हुन्छ । समयले मानिसको मिलनभावको परीक्षण हुन्छ ।’ चीन आसियानको हिजो पनि असल छिमेकी, असल मित्र र असल साझेदार थियो, हो र सधैँ रहनेछ । चीनले दृढतापूर्वक छिमेकी कूटनीतिलाई उच्च प्राथमिकतामा राख्नेछ, आसियानको एकता र आसियानको समुदाय निर्माणमा दृढतापूर्वक लाग्नेछ, क्षेत्रीय वास्तुकारको रूपमा आसियानको केन्द्रियताको दृढतापूर्वक समर्थन गर्नेछ र क्षेत्रीय एवम् अन्तर्राष्ट्रिय मामिलामा आसियानको बढ्दो भूमिकालाई दृढतापूर्वक समर्थन गर्नेछ ।
चिनियाँ कम्युनिस्ट पार्टीको उन्नाइसौँ केन्द्रीय समितिको छैटौँ विस्तारित बैठक सम्पन्न भएको धेरै समय बितेको छैन । बैठकमा पार्टीले बितेका एक शताब्दीमा हासिल गरेका प्रमुख उपलब्धि र ऐतिहासिक अनुभवको समीक्षा ग¥यो । आत्मविश्वासले पूर्ण भएर चिनियाँ जनता चीनलाई सबै हिसाबले आधुनिक समाजवादी देश बनाउने नयाँ यात्रामा अघि बढिरहेका छन् । चीनको विकासले क्षेत्रीय र सिङ्गो संसारलाई धेरै अवसर प्रदान गर्नुका साथै गतिशील बनाउनेछ । सान्दर्भिक मौका छोप्न, हस्तक्षेप हटाउन, अवसर आदानप्रदान गर्न र साझा समृद्धिको प्रवद्र्धन गर्न चीन आसियानसँग काम गर्न तयार छ । हामी हाम्रो विस्तृत रणनीतिक साझेदारीको यथाशीघ्र पालना गर्नेछौँ र साझा भविष्यसहितको निकट चीन–आसियान समुदाय बनाउन नयाँ फड्को मार्नेछौँ । चीन र आसियानबीचको भविष्यको सम्बन्धको सन्दर्भमा हामी निम्नानुसारका पाँच प्रस्ताव राख्न चाहन्छौँः
पहिलो, हामीले शान्तिपूर्ण घर मिलेर बनाउन सक्छौँ । शान्तिबिना कुनै पनि काम सम्भव छैन । शान्ति कायम गर्नु हाम्रो साझा चासोको विषय हो । सबै देशका जनताको यो नै सर्वसहमत भावना हो । हामीले यो क्षेत्रमा शान्तिका ज्यामी र अभिभावकको भूमिकामा काम गर्नुपर्छ । हामीले द्वन्द्व होइन, संवादको बाटो अँगाल्नुपर्छ, मोर्चाको सट्टा साझेदारीको विकास गर्नुपर्छ । शान्तिलाई जोखिममा पार्ने वा न्यूनाङ्कन गर्ने कुनै पनि नकारात्मक पक्षको समाधानको निम्ति गम्भीर प्रयास गर्नुपर्छ । हामीले इमानदारीका साथ बहुपक्षताको अभ्यास गर्नुपर्छ । छलफलमार्फत अन्तर्राष्ट्रिय र क्षेत्रीय मामिला सम्हाल्ने सिद्धान्तमा हामी अडिग रहनुपर्छ । चीन प्रभुत्ववाद र शक्ति राजनीतिको दृढतापूर्वक विरोध गर्छ । चीन छिमेकी देशहरूसँग दीर्घकालीन र मैत्रीपूर्ण सहअस्तित्वको पक्षमा छ । पूर्वी एसियामा दिगो शान्तिको लागि साझा प्रयासको चीन एउटा हिस्सा हो । चीनले कहिल्यै पनि प्रभुत्ववाद खोज्नेछैन, साना देशलाई थिचोमिचो गर्ने कुरा त परको कुरा भयो । चीनले आणविक हतियारमुक्त क्षेत्र बनाउने आसियानको प्रयासलाई समर्थन गर्छ । चीन सकेसम्म चाँडो ‘आणविक हतियारमुक्त दक्षिणपूर्वी एसिया सन्धिको प्रस्तावनामा हस्ताक्षर गर्न आतुर छ ।
दोस्रो, हामीले मिलेर सुरक्षित र भरपर्दो घर बनाउन सक्छौँ । कोभिड–१९ महामारीले फेरि एक पटक पृथ्वीको कुनै पनि ठाउँ पूर्णतः सुरक्षित अलगै टापु नभएको प्रमाणित गरेको छ । त्यसकारण, विश्वव्यापी सुरक्षामात्र वास्तविक सुरक्षा हुनसक्छ । दक्षिण पूर्वी एसियाली क्षेत्रको लागि ‘स्वास्थ्य रक्षाकवच’ बनाउन आसियान देशहरूसँग काम गर्न चीन तयार छ । यही कार्यक्रमअन्तर्गत चीनले सो क्षेत्रका देशहरूमा खोप लगाउने मानिसको दर बढाउन १५ करोडभन्दा बढी कोभिड–१९ खोपका मात्रा सहायता स्वरुप प्रदान गरिसकेको छ । चीनले कोभिड–१९ को आसियान कोषमा ५० लाख अमेरिकी डलर सहयोग गर्दै छ । त्यस्तै मिलेर खोपको उत्पादन गर्न, प्रविधि हस्तान्तरण गर्न, आधारभूत औषधिको अनुसन्धान र विकासमा सहकार्य गर्न र सारमा आसियानको आत्मनिर्भरता बढाउन चीनले सहयोग गर्नेछ । आसियानमा प्राथमिक तहको जनस्वास्थ्य प्रणाली बलियो बनाउन र प्रमुख जनस्वास्थ्य आपतकाल सामना गर्न स्वास्थ्य प्रणाली बलियो बनाउन आसियानमा मानवीय जनशक्ति विकास गर्न पनि चीनले सहयोग गर्नेछ । कोभिडका अतिरिक्त हाम्रो क्षेत्रले विभिन्न प्रकारका परम्परागत र गैर परम्परागत सुरक्षा चुनौतीको पनि सामना गरिरहेको छ । ती चुनौती सामना गर्न साझा, विस्तृत, सहकार्यमूलक र दिगो सुरक्षाको विकास गर्नु महत्वपूर्ण छ । साथै रक्षा, प्रतिआतङ्कवाद, संयुक्त समुद्री खोज, उद्धार र अभ्यास, अन्तर्देशीय अपराधको सामना र विपद् व्यवस्थापनमा सहकार्य गहिरो बनाउनुपर्छ । दक्षिण चीन सागरमा स्थायित्व रक्षा गर्न साझा प्रयास आवश्यक छ र दक्षिण चीन सागरलाई शान्ति, मित्रता र सहकार्यको समुद्र बनाउनुपर्छ ।
तेस्रो, हामीले समृद्ध घर मिलेर बनाउन सक्छौँ । म हालै चुनौतीहरूको सामना गर्न अन्तर्राष्ट्रिय समुदायको संयुक्त प्रयास, विश्वव्यापी आर्थिक पुनःस्थापना र संयुक्त राष्ट्र सङ्घीय २०३० को दिगो विकास एजेन्डाको कार्यान्यवनलाई तीव्रता दिन विश्वव्यापी विकास कार्यक्रमको प्रस्ताव गरेको छु । यो कार्यक्रमले आफ्ना विकासका आवश्यकता पूरा गर्न आसियान देशहरूका प्रयासमा योगदान गर्नुका साथै ‘आसियान समुदाय दृष्टिकोण २०२५’ सँग मिलाएर यसलाई सशक्त बनाउन सकिन्छ । कोभिड–१९ विरुद्ध र आर्थिक पुनःस्थापनाको निम्ति लागिरहेका आसियान देशहरूको समर्थनमा चीनले आगामी तीन वर्षमा १ अर्ब ५० करोड अमेरिकी डलर विकास सहायता दिन तयार छ । चीन आसियानसँग अन्तर्राष्ट्रिय विकास सहकार्य गर्न तयार छ र सो क्षेत्रमा कुनै पनि सहमतिको लागि संवाद गर्न तयार छ । चीन–आसियान विकासको लागि ज्ञान सञ्जाल स्थापनामा हाम्रो समर्थन छ । चीन आसियानसँग सन्तुलित र समावेशी विकास गर्न गरिबी न्यूनीकरणको लागि सम्बन्ध बलियो बनाउन र सहकार्य गर्न तयार छ ।
हामीले आरसीइपीको भूमिकालाई अझ पूर्णरूपमा परिचालन गर्नुपर्छ, सकेसम्म चाँडो चीन–आसियान स्वतन्त्र व्यापार क्षेत्रको स्तरोन्नतिको लागि नयाँ चरणमा काम गर्न थाल्नुपर्छ । हामीले व्यापार र लगानी उदारीकरण तथा सहजीकरणको तहलाई अझ माथि उठाउनुपर्छ । हामीले डिजिटल र हरित अर्थतन्त्रजस्ता नयाँ क्षेत्रमा पनि सहकार्य विस्तार गर्नुपर्छ र आर्थिक खोज विकासको लागि संयुक्त नमूना क्षेत्र बनाउनुपर्छ । चीनको विशाल आन्तरिक बजार आसियान देशको निम्ति सधैँ खुला छ । चीन आसियान देशहरूबाट धेरैभन्दा धेरै गुणस्तरीय उत्पादन आयात गर्न तयार छ । हामी आगामी पाँच वर्षमा १ खर्ब ५० अर्ब अमेरिकी डलर बराबरको आसियानमा उत्पादन भएका कृषि उत्पादन आयात गर्न तयार छौँ । हामी आसियानसँग उच्च गुणस्तरको बेल्ट एन्ड रोड सहकार्य गर्न तयार छौँ । हामी हिन्द–प्रशान्तमा बेल्ट एन्ड रोड कार्यक्रम र आसियान दृष्टिकोणबीच सहकार्य गर्न पनि तयार छौँ । चीनले उच्च गुणस्तरको बेल्ट एन्ड रोड अन्तर्राष्ट्रिय औद्योगिक क्षेत्र सहकार्यको नमूना क्षेत्र पनि विकास गर्दै जानेछ । नयाँ अन्तर्राष्ट्रिय भूमि–समुद्र व्यापार क्षेत्रमा आसियान देशहरूलाई सहभागी बन्न स्वागत गर्छौं । चीनले चीन–आसियान विज्ञान, प्रविधि र खोज प्रवद्र्धन कार्यक्रम सुरु गर्नेछ । साथै आसियानलाई १ हजार थरी अत्याधुनिक र प्रयोगमूलक प्रविधि प्रदान गर्नेछ र आगामी पाँच वर्षभित्र आसियान देशका तीन सय युवा वैज्ञानिकहरूलाई चीनमा बोलाउने कार्यक्रमलाई समर्थन गर्दछौँ । हामी चीन–आसियान विद्युतीय प्रशासन संवादलाई विद्युतीय प्रविधिको खोजमूलक प्रयोगलाई अझ सघन बनाउन प्रस्ताव गर्दछौँ ।
चौथो, हामी मिलेर सुन्दर घर बनाउन सक्छौँ । मानिसको दिगो विकासको निम्ति प्रकृतिसँग सद्भाव अपरिहार्य छ । चीन जलवायु समस्या सामना गर्न, नीतिगत संवाद र अनुभव आदानप्रदान बढाउन र दिगो विकासको हाम्रो योजनालाई गतिशील बनाउन आसियानसँग संवाद थाल्न तयार छ । हामी मिलेर क्षेत्रीय ऊर्जा प्रसारणको प्रवद्र्धन गर्नेछौँ, चीन–आसियान सफा उर्जा सहकार्य केन्द्र स्थापना गर्न छलफल गर्नेछौँ र नवीकरणीय ऊर्जामा प्राविधिक आदानप्रदान बढाउनेछौँ । क्षेत्रीय न्यून कार्बन र दिगो विकासलाई टेवा दिन हामीले हरित वित्त र लगानी बढाउन सक्छौँ । हाम्रा देशहरूका कृषि क्षेत्रलाई अझ लचक र दिगो बनाउन चीन–आसियान हरित कृषिको कार्ययोजना लागु गर्न चीन तयार छ । हामी चीन–आसियान देश समुद्री विज्ञान र प्रविधि संयुक्त अनुसन्धान र विकास केन्द्रलाई सक्रिय बनाउन सक्छौँ । निल अर्थतन्त्र (समुद्री अर्थतन्त्र) मा साझेदारी बनाउन सक्छौँ र समुद्री दिगो विकास प्रवद्र्धन गर्नसक्छौँ ।
पाँचौँ, हामीले मैत्रीपूर्ण घर मिलेर बनाउन सक्छौँ । हामीले शान्ति, विकास, समता, न्याय, प्रजातन्त्र र स्वतन्त्रताजस्ता मूल्यहरूको वकालत गर्नुपर्छ । ती मानिसका साझा मूल्य हुन् । तिनले विभिन्न सभ्यताबीच सम्बन्ध गहिरो बनाउनुका साथै आपसमा सिक्न सिकाउन सक्छौँ । त्यस्तै हाम्रो क्षेत्रको सांस्कृतिक विविधताको विशिष्ट शक्तिलाई हामीले पूर्णतः पुँजीकरण गर्नसक्छौँ । हामीले कोभिड–१९ महामारीपछि मानिसहरू सामान्य जीवनमा व्यवस्थितरूपमा फर्कने कुरालाई गम्भीरतापूर्वक लिनुपर्छ । संस्कृति, पर्यटन, चिन्तन, सञ्चार र महिलाजस्ता विभिन्न क्षेत्रमा राम्रो समझदारी बनाउन, आपसमा नजिक बनाउन र जनताबीच एउटा ठूलो परिवार बनाउन आपसी सम्बन्ध प्रवद्र्धन गर्नुपर्छ । युवाहरूले चीन र आसियानको भविष्यको प्रतिनिधित्व गर्छन् । चीनले व्यवसायिक शिक्षाको क्षेत्रमा सहकार्य प्रवद्र्धन गर्छ । एक अर्काको शैक्षिक योग्यतालाई मान्यता दिन्छ, चीन–आसियान युवा नेता छात्रवृत्ति पाउनेको सङ्ख्या बढाउनेछौँ । युवा शिविरजस्ता विभिन्न कार्यक्रम आयोजना गर्छौं । अर्को वर्ष चीनले पेइचिङ ग्रीष्मकालीन ओलम्पिक र हानचाउ एसियाली खेलकुदको आयोजना गर्दैछ । ती कार्यक्रमले चीन र आसियान देशहरूबीच खेलकुद क्षेत्रमा सम्बन्ध विस्तार र सहकार्य गहिरो बनाउने राम्रो अवसर प्रदान गर्नेछ ।
मित्रहरू,
चीनका एक जना प्राचीन राजनीतिज्ञले भनेका थिए, “अन्ततः न्यायको जीत हुन्छ र जनताको हितमा गरिने काम ढिलोचाँडो सफल हुन्छ ।” राम्रो जीवनको लागि जनताको चाहनालाई मनमा लिऔँ र शान्तिको रक्षा एवम् विकासको प्रवद्र्धन गर्ने हाम्रो समयको लक्ष्यलाई हाम्रो काँधमा बहन गरौँ । चीन–आसियान समुदायबीच निकटको सहकार्यबाट हामीले हासिल गरेका उपलब्धिलाई अझ अघि बढाउन हातमा हात राखेर काम गरौँ । साझा भविष्यसहितको निकटको चीन–आसियान समुदायको लागि काम गरौँ र हाम्रो क्षेत्र र संसारलाई अझ थप समृद्ध र सुन्दर बनाऔँ ।
नेपाली अनुवाद :सुशिला

Leave a Reply

Your email address will not be published. Required fields are marked *