मोबाइल स्क्रिनमार्फत हुने अपराध बढ्दो ‘अपराधमा महिला’ दोस्रो राष्ट्रिय सम्मेलन
- जेष्ठ २५, २०८३
भक्तपुर, १ साउन । भक्तपुर मिनिबस सेवा समितिले आजबाट ४० सीटका २० वटा ठूला गाडी काठमाण्डौ उपत्यकाको नयाँ रुटमा सञ्चालनमा ल्याएको छ ।
आइतबार एक समारोहबीच भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले सो बस सेवाको उद्घाटन गरे ।
नयाँ सेवा बिहान ५ः०० भक्तपुरबाट शुरु हुने र राति ९ः०० बजे सम्म सुचारु हुने मिनिबस सेवा समितिका अध्यक्ष ज्ञानु महर्जनले बताए ।
समितिका अनुसार पहिलो रुट दुधपाटी, कमलबिनायक, जगाती, सूर्यबिनायक, कोटेश्वर,चाबहिल, नयाँ बसपार्क, बालाजु, स्वंयम्भु, कलंकी, कालीमाटी, त्रिपुरेश्वर, रत्नपार्क, माइतीघर हुँदै भक्तपुर सल्लाघारीबाट दुधपाटीबाट कमलबिनायक पुग्नेछ ।
साथै दोस्रो रुटअन्तर्गत कमलबिनायकबाट शुरु भई दुधपाटी, सल्लाघारी, कौशलटार, बानेश्वर, शहिदगेट, टेकु, कालीमाटी, कलंकी, स्वंयम्भु, नयाँ बसपार्क, चाबहिल, कोटेश्वर, सल्लाघारी, च्याम्हासिंहबाट कमलबिनायक पुग्ने बताइएको छ ।
मिनिबस सेवा समितिले भक्तपुर नगरका जुनसुकै स्थानबाट सल्लाघारीसम्म जाने सबै यात्रुलाई भाडा दर रु.१० तोकेको पनि समितिका अध्यक्ष महर्जनले बताए ।
अन्यत्र जान भने समितिको भाडादर साझा यातायात सरह रहेको बताइएको छ ।
साझाले काठमाण्डौका विभिन्न रुट हुँदै भक्तपुरमा पनि सेवा विस्तार गरे पछि विगतमा दुई यातायात समितिबीच द्वन्द्व भएको थियो । हाल प्रतिस्पर्धात्मक सेवा विस्तारमा खह«ो उत्रँदै मिनिबस समितिले सेवा बढाएको हो ।
‘अहिलेलाई २० वटाबाट शुरु गरेका छौं । पछि आवश्यकताअनुसार गाडी थप्दै जाने योजना छ ।’, महर्जनको भनाई छ ।
Leave a Reply