भर्खरै :

प्रजग कोरियाली राजदुत रोहित निवासमा

भक्तपुर, साउन १ गते । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष का. नारायणमान बिजुक्छें (रोहित) सँग प्रजातान्त्रिक जनगणतन्त्र कोरियाका राजदूत किम योङ हकले आइतबार भेटघाट गर्नुभयो ।
भेटमा अध्यक्ष का. रोहितले प्रजग कोरियाको मुख्य संघर्ष संरा अमेरिकासँग चलिरहेको विचार राख्नुहँुदै पश्चिमा संचार माध्यमले झुठा प्रचार–प्रसार गरिरहेकै कारण नेपालीहरुमा पनि प्रजग कोरियाबारे केही भ्रम छन् तर ती भ्रम चिर्न एक असल मित्रकोे नाताले नेमकिपा प्रयासरत छ भन्नुभयो ।
उहाँले ज्ञान, विज्ञान तथा प्रविधिको क्षेत्रमा प्रजग कोरियाले गरेको प्रगति तथा नयाँ–नयाँ सफलताबाट विश्वका न्यायप्रेमी जनता उत्साहित छन् भन्नुहुँदै का. किम इल सङ जस्ता योद्धालाई मूल नायक बनाएर साहित्य रचना भए साम्राज्यवाद विरोधी भावना फैलाउन थप बल मिल्ने बताउनु भयो ।
नेपालका लागि प्रजग कोरियाका महामहिम राजदूत किम योङ हकले अर्थतन्त्र र आणविक क्षेत्रमा विकास गर्दै जाने नयाँ नीतिका साथ अगाडि बढिरहेको प्रजग कोरियालाई साम्राज्यवादीहरुका कठोर नाकावन्दी तथा सैनिक धम्कीले पगाल्न नसक्ने बताउनु भयो । लिवियाको गल्तीबाट प्रजग कोरियाले पाठ सिकेको बताउनु हुँदै संरा अमेरिकाले आफ्नो आणविक अस्त्र नास पारेपछि मात्र कोरियाले पनि नास गर्नेछ भन्नुभयो ।
आफ्नै खुट्टामा उभिएको प्रजग कोरियाले आफ्नो प्रतिरक्षाको लागि मात्र नभई विश्व शान्ति स्थापना गर्न तथा विश्वलाई साम्राज्यवादी हैकमबाट मुक्त गर्न संघर्षरत रहेको विचार व्यक्त गर्नुभयो । उहाँले प्रजग कोरियालाई विश्व समुदायबाट एक्ल्याउन खोज्नेहरु आपैm एक्लिने र साम्राज्यवादीहरुको कडा नाकाबन्दी परास्त गर्न वीर कोरियाली जनताले सफलता प्राप्त गर्ने विश्वास व्यक्त गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *