भर्खरै :

अझै सकिएको छैन कोरोनाको जोखिम

जेनेभा, २५ नोभेम्बर । विश्व स्वास्थ्य सङ्गठनले कोभिड–१९ खोपको कारण प्रभावशाली डेल्टा भेरियन्टको सङ्क्रमण झन्डै चालीस प्रतिशतले घटे पनि मानिसहरूले खोपको कारण भ्रमपूर्ण सुरक्षाको अनुभूति गर्न नहुने बताएको छ ।
विश्व स्वास्थ्य सङ्गठनका महानिर्देशक टेड्रोस अधानम घिब्रिएससले खोप लगाइसकेका धेरै मानिसलाई अब कुनै पनि खालको सुरक्षा नियमको पालना गर्न नपर्ने भ्रम हुनसक्ने बताएका छन् ।
पूर्ण मात्रा खोप लगाइसकेको व्यक्तिले पनि भाइरसबाट आफू सङ्क्रमित नहुन र अरूलाई सङ्क्रमण नगर्न सुरक्षा नियमको पालना गर्नुपर्ने भन्दै महानिर्देशक टेड्रोसले थप सङ्क्रामक डेल्टा भेरियन्ट रहिरहनुको अर्थ हामीले नियन्त्रणका लागि चालेका कदमभन्दा सङ्क्रमण तेजिलो भएको प्रस्ट हुने बताए ।
“खोपले महामारी समाप्त भयो र अब कुनै पनि सुरक्षा सावधानी अपनाउनु पर्दैन भन्ने भ्रमपूर्ण सुरक्षा अनुभूतिप्रति हामी चिन्तित छौँ”, उनले भने ।
“खोपले जीवन रक्षा गर्नसक्छ । तर, त्यसले सङ्क्रमणलाई पूर्णतः रोक्दैन । तथ्याङ्कअनुसार डेल्टा भेरियन्ट देखापर्नुअघि खोपले झन्डै ६० प्रतिशतले सङ्क्रमण फैलिनबाट रोकेको
बाँकी पृष्ठ ८
अझै…
थियो भने डेल्टा देखापरेपछि खोपले सङ्क्रमण फैलिन ४० प्रतिशतले मात्र रोकिएको छ”, उनले भने ।
निकै सङ्क्रामक डेल्टा भेरियन्ट अहिले पनि संसारमा प्रभावशाली छ । त्यसले भाइरसका अन्य प्रजातिलाई डेल्टा भेरिएन्टले पराजित गरेको छ ।
“खोप लगाउनुको अर्थ गम्भीररूपमा बिरामी हुने वा मृत्यु हुने सम्भावना न्यून हुनुमात्र हो । तर, भाइरसबाट आफू सङ्क्रमित हुने वा अरूलाई सङ्क्रमण फैलाउने जोखिम भने रहिरहन्छ”, टेड्रोसले भने ।
“सुरक्षा नियमको पालना गर्नु भनेको मुखमा मास्क लगाउने, आपसी दुरी कायम गर्नु, भीडभाडमा नजानु र मानिसहरूसँग हावा चल्ने भेन्टिलेसनको राम्रो व्यवस्था भएको कोठामा मात्र भेट्नु हो”, उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *