भर्खरै :

फ्रान्सले सबै वयस्कहरूलाई कारोनाविरूद्धको अतिरिक्त खोप दिने

फ्रान्सले कोरोना भाइरस (कोभिड–१९) विरूद्धको ‘अतिरिक्त खोप’ यस सप्ताहन्तबाट सबै वयस्कलाई उपलब्ध गराउने बिहीबार घोषणा गरेको छ ।
कोभिड–१९ विरूद्धको ‘अतिरिक्त खोप’ यस सप्ताहन्तबाट सबै वयस्कलाई उपलब्ध गराउने र कोभिड सङ्क्रमणको नयाँ लहरको सामना गर्ने फ्रान्सेली स्वास्थ्य मन्त्री ओलिभियर भेरानले बताउनुभएको हो ।
अहिलेसम्म कोभिडविरूद्धको खोपको अतिरिक्त मात्रा ६५ वर्ष नाघेका स्वास्थ्यकर्मी तथा स्वास्थ्य समस्या भएका मानिसहरूको लागि मात्र उपलब्ध गराइएको थियो ।
भेरानले बताएअनुसार जनवरी १५ देखि १८ वर्ष नाघेका मानिसहरूले जुन रेस्टुराँ, बार, व्यायामशाला र अन्य सार्वजनिक स्थलहरूमा प्रवेश गर्नका लागि वैध कोभिड पास राख्नु वा खोपको मात्राको प्रमाण देखाउनुपर्ने प्रावधान राखिनेछ । उहाँले सङ्क्रमणको पाचौँ लहर विरूद्धको लडाइँलाई सफल पार्न कर्फ्यू वा लकडाउनको उपाय अवलम्बन गन नसकिने सङ्केत गर्नुभयो । उहाँले यस ग्रीष्म ऋतुमा अघिल्लो लहरभन्दा ‘अझ शक्तिशाली र लामो’ हुनसक्ने बताउनुभयो ।
भाइरस फैलिनदेखि लड्न केही युरोपेली देशहरूले प्रयोग गर्ने भेरानले बताउनुभयो, “सबैभन्दा बढी प्रतिबन्धात्मक उपायहरू प्रयोग नगरिकन हामी यो लहर पार गर्नसक्छौँ ।”
राष्ट्रपति इम्यानुएल म्याक्रोँले थप्नुभयो, “कोभिड नियन्त्रणको लागि प्रतिबन्धात्मक उपाय अवलम्बन गर्नुभन्दा सरकारले मानिसहरूलाई रोग प्रतिरोध क्षमतामा वृद्धि गर्न दबाब दिइरहने र मास्क लगाउनेसम्बन्धी नियमहरूलाई सुदृढ बनाउने योजना बनाएको छ । हालैका महिनाहरूमा खोप अभियानलाई सशक्त बनाएपछि नियन्त्रणका प्रतिबन्धात्मक उपायलाई रोकिएको थियो ।”
“शुक्रबारदेखि फेरि सबै बन्द सार्वजनिक स्थानमा मास्क प्रयोग गरी प्रवेश गर्न सकिने छ भने कोभिड पास भएकालाई मात्र प्रवेशको लागि पहुँच योग्य स्थानहरूलाई छुट्याइने छ”, भेरानले भन्नुभयो ।
स्थानीय अधिकारीहरूले क्रिसमस बजारजस्ता कुनै–कुनै बाहिरी कार्यक्रमहरूमा पनि कोभिड पास भएकालाई मात्र प्रवेशका लागि पहुँच योग्य स्थानका रूपमा व्यवस्था गरिनेछ ।
हालैका दिनहरूमा फ्रान्समा दैनिक कोभिड सङ्क्रमितको नयाँ सङ्ख्या बढेको छ । बुधबार सात महिना यता सबैभन्दा बढी ३२ हजार ५९१ पुगेको थियो । तर अस्पतालमा भएका गम्भीर घटनाहरूको सङ्ख्या अझै पनि व्यवस्थापन गर्न सकिने अवस्थामा भएको सरकारी अधिकारीहरूले बताएका छन् ।

तपाईलाई यो खबर कस्तो लाग्यो?

Leave a Reply

Your email address will not be published. Required fields are marked *