नयाँ प्यालेस्टिनी नेताका लागि इजरायली जेलमा रहेका नेता बरघोटीको चर्चा
- बैशाख ११, २०८३
मिन्क, २८ नोभेम्बर । सिरियाका ३४ वर्षका अनास कनान र ३६ वर्षका मौएन अल–हादीलाई मानव तस्करहरूले बेलारुसबाट सजिलै जर्मनी जान सकिने बताएका थिए । जर्मनी जान उनीहरू दुवैले टर्कीमा दलाललाई ३ हजार युरोको दरले बुझाएका थिए ।
तर, मानव तस्करहरूले उनीहरूलाई लगेको बेलारुसबाट पोल्यान्ड जाने नाका भने बन्द छ । दुई साताभन्दा लामो समय बेलारुस–पोल्यान्ड सीमा क्षेत्रको कठ्याङ्ग्रिदो चिसो जङ्गलमा बिताएपछि तस्करहरूले उनीहरूलाई दिउँसै एउटा पोल्यान्डको गाउँमा पु¥याए । पोल्यान्डका प्रहरीले उनीहरूलाई त्यहाँ नियन्त्रणमा लिए र बेलारुसतिर नै फर्काए ।
“हाम्रो पैसा त हावाजस्तै कता बिलायो, बिलायो”, पोल्यान्डको ओर्ला सहरमा बसेका अल हादीले भने । उनी बल्लबल्ल अझ पोल्यान्डको सीमा पार गर्न सफल भएका छन् । तर, चिसोले उनीहरूको खुट्टा सुनिएकोले उनीहरू हिँड्न सकेका छैनन् ।
कनान अल–हादीका बाल्यकालदेखिका साथी हुन् । कनानले भने, “सबै झूट रहेछ । उनीहरूले हामीलाई कालको बाटोमा लिएर गए । अनि अन्तिममा गएर हामीलाई नै हाम्रो मृत्युको दोषी ठह¥याइरहेका छन् । जे भए पनि मर ।” उनीहरू आफ्नो पैसा फिर्ता पाउन चाहन्छन् ।
केही बेरपछि पोल्यान्डबाट पश्चिमतर्फ नजाने र पोल्यान्डमै शरणको निम्ति आग्रह गरेका दुई जना सिरियालीहरूलाई पोल्यान्डका सीमा सुरक्षा बलले नियन्त्रणमा लिएर शिविरतिर लिएर गए ।
“धेरै मानिसले बल्ल आफू ठगिएको चाल पाए । आफूलाई दिइएका वाचा सबै झुट भएको उनीहरू चाल पाउँदै छन्”, रोटी र नुन दिने पोलिस स्वयम्सेवी संस्थाका कार्यकर्ता मेरिसिया ज्लाकेविचले भनिन् ।
अघि जान गाह«ो छ, तर फर्किने बाटो पनि छैन
सिरिया, इराक, अफगानिस्तान र अन्यत्रका हजारौँ हजार शरणार्थीहरू यतिबेला बेलारुसको सीमामा फसेका छन् । उनीहरू सबै युरोपेली सङ्घको भूमिमा जान चाहन्छन् । उनीहरू यसरी सीमा क्षेत्रमा बस्दै आएको महिनौं बितिसकेको छ ।
पोल्यान्डले सीमा क्षेत्रमा दुई हजारभन्दा बढी आफ्नो सुरक्षाकर्मी, सेना र प्रहरी परिचालन गरेको छ । बेलारुसको सरकारले पनि शरणार्थीहरूलाई उनीहरू आएको देशमै फर्काउन सीमा क्षेत्रबाट राजधानी मिन्कतिर लगेको छ ।
पोल्यान्डका एक जना सिपाहीँका अनुसार कडा सुरक्षा व्यवस्थाले शरणार्थीहरूले अझ बढी दुःख पाएका छन् । उनीहरूले बेलारुसीहरूको सहायतामा सीमामा राखिएका अवरोध भत्काएर जान बल गरिरहेका छन् । बेलारुसीहरूले शरणार्थीहरूलाई ती अवरोध हटाउन मद्दत गरिरहेका छन् ।
शरणार्थीहरू फसेको क्षेत्रको तापक्रम ओरालो लागेको छ । उनीहरू पक्राउ पर्ने सम्भावना बढ्दो छ । त्यसकारण, उनीहरूले सीमा क्षेत्र पार गर्ने सम्भावना पनि न्यून बन्दै गएको छ ।
“विकास, शिक्षा वा रोजगारीको कुरा गर्दा यी मानिसहरूले फर्किनुको कुनै अर्थ देखेका छैनन् । उनीहरूसामु कुनै विकल्प नै छैन”, उनले भने ।
“उनीहरूका परिवार ऋणमा डुबेको छ । उनीहरूले आफ्ना घर र सम्पत्ति बेचिसकेका छन् । उनीहरू अब के गर्न फर्किएलान्”, अभियन्ता ज्लाकेविचले भनिन् ।
Leave a Reply