नयाँ प्यालेस्टिनी नेताका लागि इजरायली जेलमा रहेका नेता बरघोटीको चर्चा
- बैशाख ११, २०८३
सन् १९७० को दशकमा चीन र अफ्रिकामा कम्युनिस्टविरोधी, प्रतिक्रियावादी र शासकहरूको गठबन्धन अगाडि बढेको थियो र ती गठबन्धनले विश्वमा प्रतिक्रान्तिकारी रणनीति लियो, अतिराष्ट्रवादी नीति अघि सार्यो । आर्थिक र सामाजिकरूपमा अत्यन्तै पिछडिएका देशहरूलाई सार्वभौमिकता र सुरक्षाको धम्की दिइयो । अफ्रिकी जनता स्वतन्त्र हुन नपाउँदै पुनः साम्राज्यवादीहरू अफ्रिकी महादेशमा नाटोको माध्यमबाट अझ बलियो बने र अफ्रिकी देशहरूलाई विखण्डित बनाउने काम जारी रह्यो । त्यतिमात्र होइन अफ्रिकी समाजवादी देशहरू या कम्युनिस्ट पार्टीहरूसँगको गठबन्धन तोड्न उद्धत रह्यो ।
तर अफ्रिकामा अन्तर्राष्ट्रिय प्रतिक्रियावाद र साम्राज्यवादविरोधी आन्दोलन रोकिएन । आफ्रिकी महादेशका जनताले नवउदारवादी, साम्राज्यवादी र विस्तारवादीहरूलाई अझ नजिकबाट चिने । आप्mनो महादेशको स्वतन्त्रताका निम्ति अझ सङ्गठित बने । सार्वभौमिकताका निम्ति बलियो बनेर उभिए । अफ्रिकी जनताले आप्mनो मुक्तिको बाटो आप्mनै दममा खोज्न र हिँड्न छोडेनन् । यद्यपि, वास्तविकता के हो भने अफ्रिकी महादेशभित्रै पनि विभिन्न देशको फरक–फरक अवस्था थियो । भियतनामी र अफ्रिकी क्रान्तिको एक आपसमा अत्यन्त नजिकसँग जोडियो । का. होले बलियो बनाउनुभएको सो भियतनाम–अफ्रिका सम्बन्धका लागि अफ्रिकी जनता अनुग्रहित छन् । भियतनाम– अफ्रिका बीचको सहकार्य विभिन्न क्षेत्रमा विकसित भयो । कूटनीति, आर्थिक, राजनीतिक, सांस्कृतिक, वैज्ञानिक र प्राविधिक क्षेत्रमा सहकार्य बलियो बन्यो । लडाकू ऐक्यबद्धतामार्फत अफ्रिकी देशहरूमा रुसी क्रान्तिको आभा छर्नु, समाजवादी क्रान्तिको बिऊ छर्नु का. होको अतुलनीय योगदानको रूपमा स्मरण गरिन्छ ।
यसरी यस पुस्तक ‘हो चि मिन्ह र अफ्रिका’ ले हो चि मिन्हको सङ्घर्षमय जीवनका अध्यायहरूसँगै भियतनामी क्रान्तिको विश्वमा प्रभाव, भियतनाम र अफ्रिकी महादेशहबीचको क्रान्तिकारी सम्बन्ध र सहकार्य उजिल्याउँछ । सम्पूर्ण औपनिवेशिक देशहरूमा साम्राज्यवादी देशहरूको बर्बर शोषण र अन्यायका पाशविक दृश्यहरूलाई मार्मिक ढङ्गले प्रस्तुत गरिएको छ ।
यस पुस्तकभित्र का. होले देखेको अफ्रिका, नेतृत्व गरेको स्वतन्त्रता आन्दोलनको शब्ददृश्य प्रस्तुत छ । एक सच्चा माक्र्सवादी र लेनिनवादी भई अन्तर्राष्ट्रिय जगतका कामदार जनताको दुःख, पीडा बाँच्ने सरल नेता होले अफ्रिकासँग सम्बन्धित सन् १९२२–१९२५ सम्मका औपनिवेशिक र राष्ट्रिय सवालमा केन्द्रित रही लेख्नुभएका लेखहरू सङ्कलित छन् । हो चि मिन्हबारे केही अफ्रिकी व्यक्तित्वले लेखेका प्रकाशित लेखहरू सङ्ग्रहित छन् । यी सम्पूर्ण लेखहरूले हो चि मिन्हको उँचो व्यक्तित्वका साथै विश्व उपनिवेशवादविरोधी आन्दोलनको इतिहास उजागर गर्छ ।

औपनिवेशिक सवालमा केही विचारहरू शीर्षकको लेखमा फ्रान्सेली पार्टीले सामना गरेका थुप्रै समस्याहरूलाई सतहमा ल्याइएको छ । अत्यन्त ठूलो आकारको उपनिवेश फ्रान्सले खडा गरेको थियो । एसियामा ४५ लाख वर्ग किलोमिटर, अफ्रिकामा ३५ लाख ४१ हजार वर्ग किलोमिटर, अमेरिकामा १० लाख ८० हजार वर्ग किमी र ओसिनियामा २१ लाख ६० हजार वर्ग किमीमा उपनिवेश लागु ग¥यो, जुन फ्रान्सको भूभागभन्दा ८ गुणाले बढी हो, ४ करोड ८० लाख जनतामाथि उपनिवेशवादी शासन लागु ग¥यो । ती जनता फरक भाषा, संस्कृतिका थिए । करिब २० वटा फरक भाषा थिए । ती जनताको एउटै साझा समस्या भनेको गरिबी थियो ।
फ्रान्सेली उपनिवेशले मातृभूमिका सर्वहारावर्गको शक्तिलाई नजरअन्दाज ग¥यो । सम्पूर्ण औपनिवेशिक देशहरूमा कामदार वर्गीय जनता नै स्वतन्त्रता आन्दोलनको शक्ति साबित भयो । उपनिवेशवादीहरूले आदिवासी जनतालाई बेवास्ता ग¥यो । हिन्द–चिनी र नयाँ डाहोमीमा चलेको वर्गसङ्घर्ष, औद्योगिक क्षेत्रमा सुरु भएको मजदुर आन्दोलन उपनिवेशविरुद्ध केन्द्रित बन्यो । फ्रान्सेली शासकहरूले आदिवासी जनतालाई पशु या कुकुरभन्दा तलको दर्जामा राखेर शासन चलाए । अत्यन्त खतरनाक शारिरीक श्रम गराए, शोषणका सम्पूर्ण पराकाष्ठा नाघे । औपनिवेशिक देशहरूमा स्थानिय आदिवासी र फ्रान्सेली मजदुरबीच पूर्वाग्रह सुरु भएको थियो । फ्रान्सेली कामदारले आदिवासीलाई कमजोर, निम्न र उपेक्षित मानव जातिको व्यवहार गथ्र्यो भने आदिवासी जनताले सम्पूर्ण फ्रान्सेली नै दुष्ट शोषक ठान्थ्यो । शोषित वर्गबीचको यस्तो शङ्का र पूर्वाग्रहबाट साम्राज्यवादी र उपनिवेशवादीहरूले नै फाइदा लुटे, कामदारवर्गबीच फुट गराए । फ्रान्सेली उपनिवेशले क्रुर दमनको सम्पूर्ण सिमाना पार ग¥यो । तर आप्mनो साम्राज्यको कुरूपता, आपराधिक शोषणलाई लुकाउन औपनिवेशिक पुँजीवादले सधँैभरी ‘भ्रातृत्व र समानताको’ ब्यानर बोक्यो, नारा लगायो । आदिवासी जनता भोक, गरिबी र रोगको सिकार बनिरहँदा, नयाँ पुस्ता शिक्षा र स्वास्थ्यबाट बञ्चित हुन परेको त्यो समयमा समानताको नारा ठूलो व्यङ्ग्य बन्यो ।
फ्रान्सेली प्रशासनको अमानवीय अत्याचारले पराकाष्ठा नाच्दै गर्दा तिनीहरू सभ्यता र सभ्य हुनुको गौरव गाउँदै थिए । एकजना फ्रान्सेली प्रशासकले नेग्रो महिलाको जानेन्द्रियमा उम्लेको रबर खन्याएको घटनाले फ्रान्सेली शासकको सभ्यताको पर्दाफास हुन्छ । त्यतिमात्र होइन ती महिलालाई टाउकोमा ठूलो ढुङ्गा बोक्न लगाई टन्टलापुर घाममा नमरेसम्म हिँडाइएको थियो । फ्रान्सेली शासकहरूले यी र यस्ता थुप्रै अमानवीय र निर्दयी दुव्र्यवहारका घटना पुस्तकमा मार्मिक ढङ्गले प्रस्तुत गरिएको छ । बा रियामा भन्सारका हाकिमलाई बार्दलीबाट डिस्टर्ब ग¥यो भन्दै एक अनामोली महिलालाई मृत्यु नहुञ्जेल नुन बोक्न लगाइएको थियो । अर्की नुन बोक्ने अनामोली महिलाले आप्mनो ज्याला माग्दा हाकिमले हातपात गरेको र तल्लो पेटमा खुट्टाले हानेर ती महिलाको पेटबाट रगत बगेर अचेत बनेको घटना पढ्दामात्र पनि मुटु कमाउने खालका छन् । त्यसरी अत्याचार गर्ने हाकिमहरूलाई फ्रान्सेली मालिकले पुरस्कार दिन्थ्यो । ती कसरी सभ्य कहलिन सक्छन् ? पुस्तकले प्रश्न तेर्साएको छ ।

पुस्तकमा एक Smoked Man को चर्चा छ । नोनागेरियाली ड्याडी किमेन्गो अर्थात स्मोक भ्यान क्रान्तिकारी आर्मीमा लामो समय अनुभव प्राप्त गरेका र कालो गणतन्त्रका संस्थापक हुन् । उनले आप्mनो सुझबुझ, बौद्धिक क्षमता देशवासी काला जातिका दाजुभाइहरूलाई सामाजिक राजनीतिक रूपमा जागरुक बनाउने र सदियौँदेखि बाँधिएको दासताको सिक्री चुँडाल्ने आन्दोलनमा सरिक बनाउन मेहेनत गरे । राष्ट्रियता र जातीयताका पूर्वाग्रहहरू मेटेर फरक–फरक रङ्गका कामदार जनतालाई एकताबद्ध गर्ने सङ्घर्षमा होमिए । उनका प्रयत्न सफलतामा टुङ्गिए । अत्यन्त पीडा सहेर बिऊ रोपे र खुसीको फसल काट्ने निकै थोरै मानिसहरूमध्ये उनी एक हुन् । उनी प्रभावशाली व्यक्तित्व र स्पष्ट वक्ता थिए । उनको मन्तब्यको अंश– “हामी फ्रान्सेली उपनिवेशबाट शोषित छौँ । यहाँ हुनेखाने र हुँदामात्र खाने वर्ग छन् । जसले हामीबाट सबै खोसे तीनले हाम्रो निम्ति केही गर्ने छैनन् । गरिब जनता धनीको फाइदाका निम्ति मर्न पर्ने बाध्यता छ । तिनीहरूबीचको झगडामा अचानो हामी बन्छौँ, हाम्रो रगत बग्छ । त्यसैलाई हामीले रगत – कर मान्यौँ । हामीले कमाएको र जोहो गरेको सम्पूर्ण खाना तीनले खोस्छन् या तीनलाई बुझाउनुपर्ने बाध्यता छ । यसलाई हामीले ‘मुद्रा कर’ भन्यौँ ।” जसले ती करहरू तिर्न अस्वीकार गरे तीनलाई भयानक जङ्गल पठाइयो, गुफाहरूमा जीवनलाई तान्दै बसे । २०० भन्दा बढी मानिसहरू एउटै गुफामा, खाना, पानी छैन, बाहिर निस्किए बारुद र बन्दुकको फेला परिन्छ । अत्यधिक सङ्ख्याले गुफाभित्र उकुसमुकुसको स्थिति पैदा भयो, प्रकाश देख्न नपाएर, भोक सहन नसकेर बच्चाहरू, महिलाहरू रुन, कराउन थाले । कहाँ भाग्ने, कता जाने कुनै बाटो फ्रान्सेली शासकले छोडेनन् । मानिसहरूले धमाधम प्राण त्याग्न थाले । अँध्यारो र कालो धुवाँले आक्रमण गरेको त्यो गुफा साँचो नर्क बनिसकेको थियो । त्यतिबेला उनी गुफा भित्रै थिए । सास फेर्न कठिन हुँदै थियो, सबै अचेत अवस्थामा पुगिसकेका थिए उनले खतरा मोलेरै गुफा बाहिर निस्कने अठोट गरे र निक्लिए । सो गुफालाई ‘सहिदहरूको गुफा’ पनि भनिन्छ । गाउँ– गाउँमा भौतारिए । अन्ततः एक गोरा कम्युनिस्ट विचारक ब्यूरेको छत्रछायामा पुगे र अन्तिम घडीसम्म भ्रातृत्व, स्वतन्त्रता र साम्यवादको उद्देश्य प्राप्तिका निम्ति लडिरहे । स्वास अँठ्याउने धुँवामा बुद्धि प्रयोग गरी लामो समय बसी खतराको सामना गर्दै गुफाबाट निस्किने बहादुरलाई का. होले सम्झनुभएको छ । यस्ता थुप्रै शासनाका कथाहरू पुस्तकमा छापिएका छन् ।
अम्डोनी र बेन बेल्खिरको शहादत कथा पुस्तकले प्रस्तुत गरेको छ । न्याय, कानुनको शासन र सभ्यता रक्षा गर्ने युद्धमा दसौं लाख ट्युनिसियाली पैदल सेना परिचालन गरिएको थियो । तीमध्ये ६० प्रतिशतले फर्कन पाएनन् । ट्युनिसियाली लडाकूहरूलाई फूलको वर्षा गरी अभिनन्दन गरिन्थ्यो । भ्रातृत्वको सम्बन्ध रगत र गौरवसँग जोडिएको थियो तर पछि ट्युनिसियालीहरूमाथि फ्रान्सेली शासक निर्मम बन्दै गयो । फ्रान्सेली शासकका निम्ति काम गर्ने अम्डोमी र बेन–बेल्खिरलाई अङ्गुर चोरीको आरोपमा निर्ममतापूर्वक अचेत हुने गरी पिटिएका घटना छ जसले आदिवासी, फ्रान्सेली साम्राज्यका निम्ति रगत बगाए तीमाथि लठ्ठी बर्साइन्छ । यसरी पिटिएका र पिट्दै पिट्दै प्राण त्यागेका जनताको पीडा, आँसु र दुःखलाई पुस्तकले प्रस्तुत गरेको छ ।
सेनीगेयाली उद्गमका बक्सर सिकीबारे पुस्तकमा चर्चा छ । उनले सन् १९२० मा विश्वव्यापी मध्यम–तौलअन्तर्गतको प्रतियोगितामा जीत हासिल गरेका थिए । साथै प्रख्यात फ्रान्सेली बक्सर कार्पेन्टियरलाई हराएका थिए । सिकी सेनेगलका भए पनि फ्रान्सले आप्mनो देशको सन्तान भन्दै जीतलाई आप्mनो नाममा पा¥यो । पछि सिकीलाई आपूm काला जातिको भएकै कारण बक्सिङबाट टाढा राखिएका, अवसर खोसिएका घटनाहरू पनि छन् । एकजना गोरो बक्सरलाई हराएका सिकीलाई त्यस समाजले कहित्यै माफ गर्दैनथ्यो र गरेन । जातीय अहङ्कार हाबी भएको त्यो औपनिवेशिक युगका काला जातिका प्रतिभाहरूले त्यसै मर्नुपर्ने, आत्मसमर्पण गर्नुपर्ने अवस्था सिर्जना गरिन्थ्यो । सिकीको सन्दर्भमा पनि त्यही भयो । उनको प्रतिभा सुरुमा उपनिवेशवादी देशले प्रयोग ग¥यो पछि उनैलाई सिध्याउन षड्यन्त्रहरू रचिए । हिन्दचिनीदेखि पश्चिम अफ्रिका विषुपवृत्तीय अफ्रिका, क्यामरुन, माडागास्कर, मार्टिनीक ग्वाडेलुप, थिनी, नयाँ क्यालेडोनिया, नयाँ हेब्रिड्स, ओसिनिया, भारतमा फ्रान्सको बन्दोबस्त, सोमालिल्याण्ड लगायत थुप्रै देशको फ्रायाङ्क अर्थात् पैसाले फ्रान्सेली उपनिवेशको समृद्धि सम्भव भएको हो । का. होले फ्रान्सेली सरकारको साम्राज्यवादी नीति र फ्रान्सेली पुँजीवादी समाजको संस्कारको विरोध गर्न साङ्केतिक भाषा पनि उपयोग गर्नुभएको थियो । उहाँले उपनिवेशवादी देशहरू बेल्जियमलाई Flemish Monkey र फ्रान्सलाई गालिक भाले लेख्नुभएको छ । साथै, अत्यधिक नाफा लिने व्यवसायी मालिकहरूलाई भल्चर र शोषकहरूलाई कागको संज्ञा दिनुभएको छ ।
पुस्तकमा पेरिस सम्मेलनको चर्चा छ । प्रथम विश्व युद्धपश्चात् आयोजित पेरिस सम्मेलनमा विजयी देशहरूले हारेका देशहरूलाई शान्ति सम्झौतामा हस्ताक्षर गराउन आयोजना गरिएको थियो । त्यो एउटा नयाँ शक्ति सम्बन्ध स्थापनाको अभ्यास थियो । सम्पूर्ण साम्राज्यवादी देशबीच एकता कायम राख्ने र सोभियत सङ्घको समाजवादलाई कमजोर बनाउने उद्देश्य सो सम्मेलनले बोकेको थियो । पेरिस सम्मेलन १९१९ जनवरी १८ बाट सुरु भई सन् १९२० जनवरी २१ मा टुङ्गिएको थियो । उक्त सम्झौतामा विश्व युद्ध हारेका देशहरू जर्मनी, अष्ट्रिया, बुल्गेरिया, हङ्गेरी र सुल्टानको टर्कीले हस्ताक्षर गरेका थिए । पेरिस सम्मेलनलाई शान्ति सम्मेलन पनि भनिन्छ जुन जर्मनीसँग सन् १९१९ जून २८ मा भर्सिलिज दरबारमा भएको थियो । यो सम्झौतालाई भर्सिलिज सम्झौता पनि भनिन्छ । युरोपमा जर्मनीको प्रभुत्व रहिरहने डरले फ्रान्सले जर्मनीबाट रुअर छुट्याएको थियो । सन् १९२३ बाट फ्रान्स र बेल्जियमले रुअरमाथि आधिपत्य जमाउन सुरु ग¥यो । यसरी फ्रान्स झन्झन् विशाल साम्राज्यको रूपमा अगाडि बढ्दै गयो ।
Leave a Reply