नयाँ प्यालेस्टिनी नेताका लागि इजरायली जेलमा रहेका नेता बरघोटीको चर्चा
- बैशाख ११, २०८३
भक्तपुर, १३ मंसिर । निर्वाचन आयोगले मंसिर १७ गतेदेखि फोटोसहितको मतदाता नामावली सङ्कलन प्रयोजनको निम्ति प्रत्येक स्थानीय तहमा १५ दिन स्थानीय तहमा कर्मचारी टोली खटाउने कार्यक्रम सार्वजनिक ग¥यो । उक्त कार्यक्रमअनुसार भक्तपुर जिल्लाको मध्यपुर थिमि, सूर्यविनायक र चाँगुनारायण नगरपालिका कार्यालयमा मतदाता नामावली सङ्कलन टोली खटाइएको तर जिल्लाभरिकै साझा जिल्ला प्रशासन कार्यालय र जिल्ला निर्वाचन कार्यालय, भक्तपुरलाई नै भक्तपुर नगरपालिकाको मतदाता नामावली सङ्कलन स्थल तोकिएकोमा जनताको गुनासो भयो ।
नेपाल मजदुर किसान पार्टी भक्तपुर जिल्ला समितिका अध्यक्ष न्हुछेभक्त फोजूको नेतृत्वमा सोमबार गएको जिल्ला पार्टी प्रतिनिधिहरूको टोलीले भक्तपुर नगरपालिकाको कार्यालयमा पनि अलग मतदाता नामावली सङ्कलन टोली खटाउने व्यवस्था गर्न जिल्ला निर्वाचन कार्यालय भक्तपुरमा अनुरोधसहित पत्र दर्ता ग¥यो ।
निवेदनपत्र बुझ्दै जिल्ला निर्वाचन कार्यालय भक्तपुरका प्रमुख कृष्णबहादुर कुँवरले जनताको मागअनुसार आएको उक्त प्रस्ताव राम्रो र उपयुक्त भएकोले निवेदनमा उल्लेखित मागबमोजिम व्यवस्था गर्न आफूले आवश्यक पहल गर्ने बताउनुभयो ।
उक्त अनुरोधपत्रको बोधार्थ जिल्ला प्रशासन कार्यालय भक्तपुर र भक्तपुर नगरपालिकामा दर्ता गरिएको छ । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति र जिल्ला प्रशासन कार्यालय भक्तपुरका सहायक प्रमुख जिल्ला अधिकारी सीता परियारले भक्तपुर नगरपालिकाको कार्यालयमा पनि अलग मतदाता नामावली सङ्कलन टोली खटाउने व्यवस्थाका निम्ति आवश्यक पहल गर्ने जानकारी दिनुभयो ।
Leave a Reply