रोबोटले तोड्यो म्याराथनमा मानव कीर्तिमान
- बैशाख ६, २०८३
पेइचिङ, १ डिसेम्बर (सीआरआई) । संयुक्त राष्ट्र सङ्घले २९ तारिख ‘प्यालेष्टाइन जनताप्रति समर्थित अन्तर्राष्ट्रिय दिवस’ सम्मेलनको आयोजना गरेको छ । चीनका राष्ट्राध्यक्ष सी चिनफिङले उक्त सम्मेलनलाई सन्देश पठाउनुभएको छ ।
राष्ट्राध्यक्ष सीका अनुसार, प्यालेष्टाइन मामिला मध्य–पूर्व क्षेत्रीय मामिलाको केन्द्र हो । प्यालेष्टाइन मामिलाको चौतर्फी, निष्पक्ष तथा दीर्घकालीन समाधान, प्यालेष्टाइन र इजरेलको शान्तिपूर्ण सहअस्तित्व, अरब र यहुदीको साझा विकास तथा क्षेत्रीय स्थिरताको लक्ष्यसँग विभिन्न देश तथा जनताको साझा अपेक्षा रहेको छ । प्यालेष्टाइन मामिलाको समाधान गर्न उचित सिद्धान्त तथा दिशाको पालना गर्नुपर्छ । अन्तर्राष्ट्रिय जगतले वस्तुनिष्ठ र निष्पक्षरूपमा सहिष्णुता र समझदारीको प्रस्ताव गरी म्याड्रिड शान्ति सम्मेलनको ३० औँ वार्षिकोत्सवमार्फत दुई पक्षबीचको ‘दुई देश योजना’ आधारित समान वार्ता पुनः सुरू गर्न सहयोग गर्नुपर्छ । त्यसका साथै कोभिड–१९ महामारीको प्रतिरोधमा प्यालेष्टाइन जनतालाई निरन्तररूपमा सहयोग दिएर प्यालेष्टाइनको अर्थतन्त्र तथा जनजीवन र मानवीय अवस्थाको सुधार गर्नुपर्छ । चीनले प्यालेष्टाइन मामिलामाथि उच्च महत्व दिँदै राष्ट्रिय वैधानिक अधिकार तथा हित पुनःप्राप्त गर्ने उचित कार्यलाई सुदृढताका साथ समर्थन गर्ने राष्ट्राध्यक्ष सीले प्रकट गर्नुभएको छ ।
Leave a Reply