मध्यपूर्व सङ्कट गहिरिँदै
- जेष्ठ २८, २०८३
(आगामी डिसेम्बर ९ र १० मा संरा अमेरिकी राष्ट्रपति जो बाइडेनको अग्रसरतामा कथित ‘प्रजातन्त्र सम्मेलन’ को आयोजना गरिएको थियो । सो सम्मेलनमा पूर्वाग्रहवश रुस र चीनजस्ता देशहरू आमन्त्रित छैनन् । बरु संरा अमेरिकाले नै स्वीकार्दै आएको चीनको अविभाज्य भाग थाइवानलाई आमन्त्रण गरिएको छ । यसबाट संरा अमेरिकाले प्रजातन्त्रको नाममा संसारलाई अझ विभाजित र विशेषतः चीनको सन्दर्भमा आन्तरिक मामिलामा हस्तक्षेपसमेत गर्न उद्यत्त रहेको देखिएको छ । यसै पृष्ठभूमिमा चीनको विदेश मन्त्रालयले प्रजातन्त्र र अमेरिकी प्रजातन्त्रको अवस्थाबारे आलेख सार्वजनिक गरेको छ । यसमा प्रजातन्त्र, प्रजातन्त्रको नाममा संरा अमेरिकाले गरिरहेका गतिविधि र संरा अमेरिकाकै प्रजातन्त्रको क्षयीकरणबारे विश्लेषण गरिएको छ । प्रस्तुत छ, सो आलेखको नेपाली अनुवाद–सम्पादक)
भूमिका
प्रजातन्त्र सबै मानव जातिको साझा मूल्य हो । त्यो सबै राष्ट्रको अधिकार हो, केही देशको विशेषाधिकार होइन । प्रजातन्त्रले विविध रूप लिन्छ र त्यसको कुनै एकै आकारको निश्चित ढाँचा छैन । संसारका विविध राजनीतिक व्यवस्थालाई एउटै फित्ताले नाप्नु वा विभिन्न राजनीतिक सभ्यतालाई एकै कोणबाट नाप्न पूर्णतः अप्रजातान्त्रिक हुनेछ । कुनै पनि देशको राजनीतिक व्यवस्था त्यही देशका जनताले स्वतन्त्ररूपमा गर्नुपर्छ ।
संरा अमेरिकाको प्रजातान्त्रिक प्रणाली त्यहीँको आफ्नै अभ्यासमा आधारित छ । त्यो प्रणाली विशिष्ट छ र संसारभर त्यो लागु गर्न सकिन्न । संरा अमेरिकाको त्यो प्रणाली आफैमा पूर्ण पनि होइन । तथापि, आफ्नो प्रजातान्त्रिक प्रणालीका संरचनागत कमजोरी र व्यवहारिक समस्याबीच वर्षौंदेखि संरा अमेरिकाले त्यो प्रणालीलाई ‘प्रजातन्त्रको नमुना’ दाबी गर्दै आएको छ । संरा अमेरिकाले ‘प्रजातन्त्र’ को मुखुण्डो लगाएर अरू देशका आन्तरिक मामिलामा लगातार हस्तक्षेप गर्नुका साथै युद्ध थोपरेको छ । जसले क्षेत्रीय अस्थिरता र मानवीय सङ्कट निम्त्याएको छ ।
तथ्य र विज्ञहरूको मतका आधारमा तयार पारिएको यो आलेखको मूल लक्ष्य संरा अमेरिकाको प्रजातन्त्रका कमी कमजोरी र दुरूपयोग उजागर गर्नुका साथै त्यस्तो प्रजातन्त्र निर्यात गर्दा पु¥याएको हानि प्रकाशमा ल्याउनु हो । संरा अमेरिकाले आफ्नै प्रजातान्त्रिक प्रणाली र अभ्यासमा सुधार गर्ने र अरू देशहरूसँगको अन्तरक्रिया गर्ने तरिकामा परिवर्तन गर्ने आशा गरिन्छ । त्यसो गर्नु अमेरिकी जनताको मात्र नभई अन्य देशका जनताको पनि हितमा छ । यदि कुनै पनि देशले कसैलाई प्रजातन्त्रको स्तरबारे अह«ोटपह«ोट नगरे, आफ्नो राजनीतिक प्रणाली अरूका थाप्लामा नथोपरे वा अरूलाई दबाउन प्रजातन्त्रलाई हतियारको रूपमा प्रयोग नगरे सबै देश विविधताबीच बाँच्न र प्रगति गर्नसक्छन् । तब हाम्रो संसार अझ उत्तम ठाउँ बन्ने छ ।
के हो प्रजातन्त्र ?
प्रजातन्त्र अर्थात् डेमोक्रेसी शब्द प्राचीन ग्रीक भाषाबाट आएको शब्द हो । त्यसको अर्थ ‘जनताको शासन’ वा ‘जनताको सार्वभौमिकता’ हो । शासन प्रणालीको रूपमा बितेका २५ सय वर्षभन्दा अघिदेखि विविध रूपमा प्रजातन्त्रको अभ्यास हुँदै आएको छ । जस्तै प्राचीन एथेन्सका नागरिकहरू प्रत्यक्ष प्रजातन्त्रको अभ्यास गर्थे भने आधुनिक समयमा प्रतिनिधिमूलक सरकारको अभ्यास भइरहेको छ । प्रजातन्त्र भनेको मानव जातिको राजनीतिक अग्रगतिको परिणति हो ।
प्रजातन्त्र भनेको सजावट वा प्रचारबाजीको विषय होइन । बरु जनताले सामना गरिरहेका समस्याको समाधान गर्न प्रयोग गरिने यो माध्यम हो । कुनै पनि देश प्रजातान्त्रिक हो वा होइन भन्ने कुराको मूल्याङ्कन गर्न त्यो देश त्यहींकै जनताले चलाएका छन् वा छैनन् भन्ने कुरा हेर्न जरुरी छ । मताधिकारका साथै जनताले विस्तृत सहभागिताको अधिकार पाएका छन् वा छैनन् भन्ने कुरा हेर्न जरुरी छ । चुनावताका कस्ता वाचा गरिन्छन् र पछि ती वाचामध्ये कति पूरा गरिए भन्ने कुरा हेर्न आवश्यक हुन्छ । त्यो देशको कुन प्रणाली र कानुनले कस्तो राजनीतिक प्रक्रिया र नियम बनाएको छ, हेर्न आवश्यक छ । सबभन्दा महत्वपूर्ण कुरा त ती प्रणाली र कानुन वास्तवमै कार्यान्वयनमा छ वा छैन, हेर्न जरुरी छ । शक्तिको अभ्यास गर्ने नियम र पद्धति प्रजातान्त्रिक छ वा छैन, हेर्न जरुरी छ । महत्वपूर्ण कुरा त त्यस्तो शक्ति वास्तवमै जनताको अनुगमन र नियन्त्रणमा राखिएको छ वा छैन, हेर्न आवश्यक छ ।
गतिशील प्रजातन्त्रमा सम्पूर्ण संस्थागत पद्धति हुन जरुरी छ । त्यस्ता सबै पद्धतिमा जनताको पूर्ण सहभागिता हुनुपर्छ । ती पद्धतिले प्रक्रिया र परिमाण दुवै आधारमा प्रजातन्त्र सुनिश्चित गर्नुपर्छ । त्यसमा दुवै प्रक्रियागत र मौलिक प्रजातन्त्र निहित हुनुपर्छ । दुवै प्रत्यक्ष र अप्रत्यक्ष प्रजातन्त्र निहित हुनुपर्छ । त्यो पद्धतिले जनताको प्रजातन्त्र र राज्यको चाहना दुवै सुनिश्चित गर्नुपर्छ । यदि चुनावको बेलामा मात्र जनतालाई सम्झने र मतदान गरिसकेपछि जनतालाई बिर्सने, यदि चुनावको बेलामा मात्र ठुलठुला वाचाबन्धन र आश्वासन दिने तर पछि केही पनि नगर्ने वा यदि जनतालाई मत चाहिँदासम्म रिझाउने अनि चुनाव सकेपछि उपेक्षा गर्ने हो भने त्यस्तो प्रजातन्त्र असल प्रजातन्त्र होइन ।
कुनै पनि देश प्रजातान्त्रिक हो वा होइन भन्ने कुराको मूल्याङ्कन र निक्र्योल त्यही देशका जनताले गर्नुपर्छ, कोही आफूलाई ठूलो ठान्ने अल्पसङ्ख्यक बाहिरियाबाट हुने होइन ।
संसारमा शतप्रतिशत पूर्ण कुनै प्रजातन्त्र छैन न त संसारका सबै देशको लागि एउटै राजनीतिक प्रणाली नै ठीक हुनसक्छ । कुनै पनि देशको आफ्नै इतिहासको आधारमा प्रजातन्त्रको स्थापना र विकास हुने गर्छ । त्यहाँको राष्ट्रिय परिवेशअनुसार प्रजातन्त्र फल्दै फुल्दै जान्छ । हरेक देशको प्रजातन्त्रको आफ्नै विशिष्ट मूल्य हुन्छ । अन्तर्राष्ट्रिय समुदायले समानता र आपसी सम्मानको आधारमा प्रजातन्त्रबारे संवाद र छलफल गर्नुपर्छ र मानव जातिको प्रगतिमा योगदान गर्न मिलेर काम गर्नुपर्छ ।
भिन्दै बसेको संरा अमेरिकी प्रजातन्त्र र उसका तीन थरी रोग
ऐतिहासिक हिसाबमा हेर्दा संरा अमेरिकामा प्रजातन्त्रको विकास एक कदम अघि बढेको छ । राजनीतिक पार्टी प्रणाली, प्रतिनिधित्वमूलक पद्धति, एक व्यक्ति एक मत, शक्ति पृथकीकरणले युरोपमा सामन्ती तानाशाही व्यवस्थालाई निषेध ग¥यो र सुधार गर्दै गयो । फ्रान्सका विख्यात लेखक एलेक्सी डु टोकुभेल्ला (Alexis Tocqueville) ले आफ्नो पुस्तक ‘अमेरिकामा प्रजातन्त्र’ (डेमोक्रेसी इन अमेरिका) मा यो कुराको चर्चा गरेका छन् । अमेरिकी स्वतन्त्रताको घोषणा (डिक्लेरेसन अफ इन्डिपेन्डेन्स), अधिकार पत्र (द बिल अफ राइट्स), उन्मूलनवादी आन्दोलन, नागरिक अधिकार आन्दोलन र सकारात्मक कदमले अमेरिकी प्रजातन्त्रको अग्रगति उजागर गर्छ । अब्राहम लिङ्कनको भनाइ ‘जनताले जनताको लागि जनताद्वारा गरिने शासन’ भन्ने सिद्धान्त संसारभर प्रसिद्ध छ ।
तथापि, वर्षौं वर्षदेखि संरा अमेरिकाको प्रजातन्त्र अलग बन्दै जानुका साथै क्रमशः क्षयीकरण हुँदै गएको छ । प्रजातन्त्रको मूल मर्म र त्यसको वास्तविक स्वरूपबाट त्यो क्रमशः स्खलित बन्दै गएको छ । पैसाको राजनीतिक, पहिचानको राजनीतिक, राजनीतिक दलहरूबीचको भैmझगडा, राजनीतिक ध्रुवीकरण, सामाजिक विभाजन, जातीय द्वन्द्व र धन–गरिबबीचको बढ्दो दुरीजस्ता समस्या अझ विकराल बन्दै गएको हो ।
संरा अमेरिकाले अरू देशका आन्तरिक मामिलामा हस्तक्षेप गर्ने बहानाको रूपमा प्रजातन्त्रको दुरूपयोग गर्ने, ती देशमा राजनीतिक अराजकता मच्चाउने र सामाजिक अस्थिरता फैलाउने गरेको छ । प्रजातन्त्रको नाममा विश्व शान्ति बिथोल्नुका साथै अरू देशमा स्थायित्व र सामाजिक सद्भावमा दखल पु¥याउने गरेको छ । त्यसैकारण संरा अमेरिका र अन्य देशका धेरै मानिस संरा अमेरिकामा अझै पनि प्रजातन्त्र छ र भनी आश्चर्यचकित पर्ने गरेका छन् । संसारले संरा अमेरिकी प्रजातन्त्रको वर्तमान अवस्थालाई गहनरूपमा नियाल्न जरुरी छ । त्यस्तै संरा अमेरिका आफैले पनि आत्मसमीक्षा गर्नु उपयुक्त हुन्छ ।
क) गहिरो समस्यामा अल्झेको व्यवस्था
संरा अमेरिकाले आफूलाई आफैलाई ‘चुचुरोको सहर’ र ‘प्रजातन्त्रको प्रकाश पुञ्ज’ भन्दै आएको छ । उसले आफ्नो स्थापनाकालमा प्रजातन्त्र र स्वतन्त्रताको रक्षा गर्न त्यो राजनीतिक प्रणाली बनाइएको दाबी गर्ने गरेको छ । तथापि, आजको संरा अमेरिकामा प्रजातन्त्रको अवधारणाले चमक गुमाउँदै गएको छ । आफ्नै शैलीको अमेरिकी प्रजातन्त्र आज पैसाको राजनीति, धनीमानीको शासन, राजनीतिक धु्रवीकरण र काम गर्न नसकेको पद्धतिको कारण गम्भीररूपमा थला परेको छ ।
१) अमेरिकी शैलीको प्रजातन्त्र ‘पैसाको राजनीतिक खेल’ बनेको छ
अमेरिकी शैलीको प्रजातन्त्र पैसाबाट चल्ने धनीमानीको खेल बनेको छ । जनताको प्रजातन्त्रबाट त्यो अमेरिकी प्रणाली आधारभूतरूपमा फरक छ ।
आजभन्दा एक सय वर्षअघि ओहायोका रिपब्लिकन दलका सांसद मार्क हानाले अमेरिकी राजनीतिबारे भनेका थिए,“राजनीतिमा दुई वटा कुरा महत्वपूर्ण छन् । पहिलो पैसा । दोस्रो के हो, मैले बिर्सेँ ।” त्यसयता एक सत्न्दा बढी वर्ष बितिसकेको छ । अमेरिकी राजनीतिमा आज पैसा भनेको मुद्रामात्र रहेन । बरु पैसा अपरिहार्य कुरा बन्दै गएको छ । उदाहरणको लागि सन् २०२० मा सम्पन्न संरा अमेरिकाको राष्ट्रपति चुनाव र संसदीय चुनावमा १४ अर्ब अमेरिकी डलर (१४ खर्बभन्दा बढी नेपाली रूपैँया) खर्च भयो । सन् २०१६ को चुनावको तुलनामा त्यो दोब्बर गुणा हो भने सन् २००८ को तुलनामा त्यो तेब्बर खर्च हो । वास्तवमा ती चुनाव संरा अमेरिकी इतिहासकै सबभन्दा महँगा चुनाव मानिन्छन् । राष्ट्रपति चुनावको खर्च पनि आकाशिएर ६ अर्ब ६० करोड अमेरिकी डलर खर्च भयो भने संसदीय चुनावमा अहिलेसम्मको सबभन्दा बढी ७ अर्ब अमेरिकी डलर खर्च भयो ।
पैसाको राजनीति अमेरिकाको चुनाव, संसद र सरकारका सबै प्रक्रियामा भित्रसम्म पसिसकेको यथार्थ अमेरिकी जनताले सामना गर्नुपरेको एउटा तथ्य हो । खासमा जनतासँग राजनीतिक सहभागिताका निश्चित अधिकारमात्र छन् । आर्थिक असमानताले राजनीतिक असमानता निम्त्याएको छ । मनग्य पैसा भएको मान्छेले मात्र अमेरिकी संविधानले दिएको प्रजातान्त्रिक अधिकार उपभोग गर्न पाउँछन् । पैसाको राजनीति अमेरिकी समाजको ‘हटाउनै नसकिने ट्युमर’ बन्दै गएको छ । संरा अमेरिकामा प्रजातन्त्र एउटा मजाकको विषय बन्दै छ ।
संरा अमेरिकाका एक जना सिनेटरले सही बोलेका छन्,“संसदले वाल स्ट्रिट (अमेरिकी व्यापारिक क्षेत्र) लाई नियमन गर्ने होइन । वाल स्ट्रिटले संसद्लाई नियमन गरेको छ ।” तथ्याङ्कअनुसार संरा अमेरिकी संसदीय चुनावका ९१ प्रतिशत विजेताहरू ठूलो आर्थिक सहयोग पाएका उम्मेदवारहरू हुन्छन् । ठूलठूला कम्पनी, धनीमानीहरूका साना समूह र विभिन्न स्वार्थ समूहहरूबाट प्राप्त चन्दा नै चुनावमा खर्च हुने पैसाको मूल स्रोत बनेको छ । अनि जनप्रतिनिधि कहलिएका मान्छेहरू चुनावमा जितेपछि प्रायशः चुनाव जित्न आफूलाई मद्दत गर्नेहरूकै स्वार्थ पूरा गर्नतिर लागेका हुन्छन् । उनीहरूले जनताको आवाज बोल्दैनन्, बरु निश्चित स्वार्थ समूहका मानिसहरूका कुरा बोलेका हुन्छन् ।
सन् २०२० मा बर्कलेस्थित क्यालिफोर्निया विश्वविद्यालयको सार्वजनिक नीतिका प्राध्यापक तथा पूर्वश्रममन्त्री रोबर्ट रिचले ‘भत्केको एउटा प्रणालीलाई हामीले कसरी बनायौँ’ (द सिस्टम, हु रिग्ड इड, हाउ वी फिक्सड इट) प्रकाशित गरे । उनको बुझाइमा बितेका चार दशकयता मुट्ठीभर अल्पमतले अमेरिकी राजनीतिक प्रणालीलाई अपहरण गरिएको छ । राजनीतिक दललाई दिइने चन्दा लगभग ‘कानुनी घुस’ बनेको छ । त्यस्तो चन्दा दिएर धनीले धेरै राजनीतिक आवरणमा लुक्ने मौका पाएका छन् । सन् २०१८ को मध्यावधि चुनावमा मुख्यतः अमेरिकी जनसङ्ख्याको सबभन्दा धनी ०.०१ प्रतिशतबाट प्राप्त ठूलो परिमाणको राजनीतिक चन्दाबाट चुनाव प्रचारको कुल खर्चको ४० प्रतिशतभन्दा बढी धान्यो । पैसाको राजनीतिक र दबाब समूहको राजनीतिले सर्वसाधारण जनताको आवाज ओझेल पारेको छ । खास जनताको आवाजलाई मुट्ठीभर स्वार्थसमूहले छायामा पारेको छ । धनीमानीले आफूसँग भएको शक्ति आफैलाई धनी बनाउन प्रयोग गर्छन् । अनि सर्वसाधारण अमेरिकी जनताको हितलाई पूर्णतः बेवास्ता गर्छन् ।
सन् २०२० को सेप्टेम्बर २३ मा ‘हाबर्ड ल टुडे’ लाई दिएको अन्तर्वार्तामा हाबर्ड कानुन विश्वविद्यालयका प्राध्यापक म्याथु स्टेपनसनले कुनै पनि कोणबाट संरा अमेरिका स्वच्छ सरकारको विश्व नेता होइन । अरू कतिपय देशमा भ्रष्टाचार मानिने दबाब दिने र चुनावमा पैसा खर्च गर्नेजस्ता निश्चित अभ्यासलाई संरा अमेरिकामा संविधानले नै रक्षा गरेको छ ।”
ख) नाममा ‘एक व्यक्ति एक मत’, व्यवहारमा ‘मुट्ठीभर धनीमानीको शासन’
संरा अमेरिका धनीमानी वर्गको प्रभुत्व चलाएको अलगै खालको देश हो । राजनीतिक बहुलवाद देखाउने दाँतमात्र हो । धनीमानी वर्गको सानो सङ्ख्याले राजनीतिक, सैनिक र आर्थिक क्षेत्रमा प्रभाव जमाएको छ । उनीहरूले नै राज्यका संरचना र नीति निर्माण प्रक्रिया तथा जनमतको परिचालनमा नियन्त्रण जमाएका छन् । व्यापारिक समुदायमा पनि उनीहरूकै प्रभाव छ । उनीहरूले नै सबै खालका सुखसुविधा उपभोग गरेका छन् । विशेषतः सन् १९६० दशकयता डेमोक्रेटिक र रिपब्लिकन दलहरूले पालैपालो शासन गरेर ‘बहुदलीय व्यवस्था’लाई नाममात्रको बनाएको छ । सर्वसाधारण मतदाताको लागि कुनै तेस्रो दल वा कुनै स्वतन्त्र उम्मेदवारलाई मतदान गर्नु भनेको मत खेर फाल्नुबाहेक केही हुने गरेको छैन । त्यसकारण, मतदाताहरूलाई डेमोक्रेटिक वा रिपब्लिकन उम्मेदवारमध्ये एक जना चुन्नुपर्ने बाध्यता छ ।
डेमोक्रेटिक–रिपब्लिकन दुश्मनीको बेला राजनीतिमा सर्वसाधारण जनताको सहभागितालाई ज्यादै साँघुरो घेरामा सीमित राखेको छ । सर्वसाधारण मतदातालाई मतको निम्ति मात्र सम्झिन्छ र मतदानपछि उनीहरूको कतै स्मरण गरिन्न । अधिकांश जनतालाई चुनावको समयमा दबुमा कलाकारहरूले अभिनय गरेजस्तो अभिनयमात्र गराइन्छ । त्यसले संरा अमेरिकी राजनीतिक अभ्यासमा ‘जनताले सरकार’ बनाउन असम्भवप्राय छ ।
मसेचुसेट इन्स्टिच्युट अफ टेक्नोलोजीका प्राध्यापक, राजनीतिक टिप्पणीकार र सामाजिक अभियन्ता नोम चोम्स्कीले संरा अमेरिकी व्यवस्थालाई ‘वास्तवमै अस्तित्वमा रहेको पुँजीवादी प्रजातन्त्र’ भनेका छन् । जहाँ जनताको धन र नीति निर्माणमा उनीहरूको भूमिकाबीच सापेक्षिक सम्बन्ध छ । धन र आम्दानी कम भएका ७० प्रतिशत तल्लो तहका जनताको जस्तोसुकै नीतिमा पनि कुनै प्रभाव छैन । उनीहरूलाई सजिलै मताधिकारबाट वञ्चित गरिएको हुन्छ ।
म्यासेचुसेट विश्वविद्यालयका प्राध्यापक प्रराय ला राजाले ‘द एटलान्टिक’ मा प्रकाशित एउटा लेखमा अमेरिकाको आजको शासन व्यवस्था रूपमा प्रजातान्त्रिक भए पनि वस्तुतः प्रजातान्त्रिक नभएको बताएका छन् । उम्मेदवारी दर्ता प्रक्रिया नै धनीमानी, चर्चित मान्छे (सेलिब्रिटी), सञ्चारमाध्यममा देखिने व्यक्ति र अभियन्ताहरूले प्रभाव पार्न सक्छन् । धेरै सुरुसुरुका मतदाताहरूले त गल्तीवश नै आफ्नो विचार र सोचात्न्दा भिन्न सोचाइ राख्ने उम्मेदवारलाई मतदान गर्छन् ।
ग) ‘विशेषाधिकारको शासन’ (भिटोक्रेसी) मा पुगेको नियन्त्रण र सन्तुलनको सिद्धान्त
अमेरिकी राजनीतिशास्त्री फ्रान्सिस फुकुयामाले आफ्नो पुस्तक ‘राजनीतिक व्यवस्था र राजनीतिक क्षयीकरण’ (पोलिटिकल अडर एन्ड पोलिटिकल डिके) मा संरा अमेरिकामा राजनीतिक पक्षघात अन्तरनिहित रहेको औँल्याएका छन् । संरा अमेरिकी राजनीतिक प्रणालीमा धेरै नियन्त्रण र सन्तुलन रहेको र त्यसले सामूहिक कामको लागत निकै बढेको, कतिपय अवस्थामा त असम्भवसमेत हुने गरेको छ । फुकुयामाले त्यस्तो व्यवस्थालाई ‘विशेषाधिकारको शासन’ (भिटोक्रेसी) बताएका छन् । सन् १९८० दशकयता संरा अमेरिकामा ‘भिटोक्रेसी’ गतिरोधको सूत्र बन्दै आएको छ ।
संरा अमेरिकी प्रजातान्त्रिक प्रक्रिया विभाजित र दिक्कलाग्दो गरी लम्बेतान छ । त्यसमा धेरै विशेषाधिकार प्रयोग गर्ने ठाउँ छन् । व्यक्तिगत विशेषाधिकार प्रयोगकर्ताहरूले सिङ्गो प्रणालीलाई नै अघि बढ्न रोक्न सक्छ । शक्ति दुरूपयोग रोक्ने मनसायले बनाइएको ‘नियन्त्रण र सन्तुलन’ को कार्यशैली अमेरिकी राजनीतिक अभ्यासमा भाँचकुँच गरिएको छ । राजनीतिक मुद्दामा दुई शासक दलहरूका मत विभाजित हुँदा राजनीतिक ध्रुवीकरण अझ बढिरहेको छ र उनीहरूबीच सहमतिको क्षेत्र उल्लेखनीयरूपमा खुम्चिएको छ । फलतः ‘सबभन्दा उदार रिपब्लिकन अहिले सबभन्दा अनुदार डेमोक्रेटिक’ अवस्था बनेको छ । वैरभाव र आपसमा निषेध सामान्य बन्दै गएको छ । ‘भिटोक्रेसी’ लाई अमेरिकी राजनीतिक संस्कृतिको रूपमा परिभाषित गरिँदै छ । ‘मैले सकिनँ भने तिमीलाई पनि गर्न दिन्नँ’ भन्ने आक्रामक मनस्थिति हाबी बनेको छ ।
वाशिङ्टन डीसीका राजनीतिक नेताहरू आफ्ना दलगत स्वार्थ सुरक्षा गर्ने दौडमा लागेका छन् । उनीहरूलाई राष्ट्रिय विकासबारे कुनै चासो र चिन्ता छैन । कुनैसँग भएको विशेषाधिकारले उसलाई एउटै शिविरमा बसेको अर्को नेताभन्दा बलियो देखाउने गरिन्छ । त्यसले त्यो नेतालाई बढी र चाँडै समर्थन प्राप्त गर्न सक्ने बनाउँछ । परिणामतः दुई वटा शासक दल विशेषाधिकारको लतमा नराम्ररी फसेका छन् । खराब कुरा त के हो भने त्यही कारण सरकारको प्रभावकारिता नराम्ररी कमजोर बनेको हुन्छ, कानुन र न्याय दबाइन्छ । विकास र प्रगतिको गति रोकिन्छ । सामाजिक विभाजन फराकिलो बन्दै जान्छ । आजको संरा अमेरिकामा मानिसहरू आफूलाई एक जना अमेरिकीको रूपमा भन्दा रिपब्लिकन र डेमोक्रेटको रूपमा चिनाउन मन पराउँछन् । पहिचान र साम्प्रदायको राजनीतिका नकारात्मक प्रभाव अमेरिकी समाजका अन्य क्षेत्रमा पनि पोखिएको छ । जसले ‘विशेषाधिकार शासन’ लाई थप बढावा दिएको छ ।
पिउ अनुसन्धान केन्द्रले सन् २०२१ को अक्टोबर महिनामा सार्वजनिक गरेको प्रतिवेदनअनुसार मत सर्वेक्षण गरिएका संसारका अन्य देशहरूको तुलनामा संरा अमेरिका राजनीतिकरूपमा विभाजित छ । संरा अमेरिकासहित जर्मनी र दक्षिण कोरियामा सो मत सर्वेक्षण गरिएको थियो । दसजनामध्ये नौ जना संरा अमेरिकी उत्तरदाता विभिन्न राजनीतिक दललाई समर्थन गर्ने मानिसहरूबीच द्वन्द्व भएको विश्वास गर्छन् । त्यस्तै सर्वेक्षणमा सहभागी झन्डै ६० प्रतिशत अमेरिकीहरू आफ्नो देशका नागरिक अहिले नीतिमा मात्र नभई सामान्य तथ्यहरूमा समेत मतभेद राख्ने गरेको विश्वास गर्छन् ।
क्युङ हि विश्वविद्यालयमा राजनीतिशास्त्रका प्राध्यापक जुङकुन सिओले संरा अमेरिकामा राजनीतिक ध्रुवीकरण सघन बन्दै गएको बताउँछन् । त्यसकारण, चुनावमार्फत अमेरिकी प्रजातन्त्रमा सुधार गर्ने प्रक्रियाले काम नगर्ने उनको भनाइ छ । लामा लामा भाषणमा अल्झिएको (फिलिबस्टर) अमेरिकी संसद्ले अमेरिकी समाजमा परिवर्तनको लागि प्रतिनिधिमूलक अङ्गको भूमिका खेल्न सकेको छैन ।
बाँकी भोलिको अङ्कमा
नेपाली अनुवादः सुशिला
Leave a Reply