विदेशमा बस्ने छोराको कथा
- जेष्ठ २९, २०८३
भोक र रोगबाट पीडित भएर
पातलो जीर्ण शरीर लिएर
निधारभरि चाउरिएको अनुहार बोकेर
हुर्कँदै ढल्कँदै, समय बिताइरहेका अनुभवी मानव !
यो अत्यासलाग्दो पथमा
अपार महिमाले भरिपूर्ण योगदान दिएर
कलिलो हँसिलो संसारको न्वारान गरेर
सङ्घर्षमयी जीवन चक्रमा बाँचिरहेका ज्येष्ठ नागरिक
यो नवयुगको आकाशमा
प्रत्येक अग्रजहरूको अतीतको सेवा र तपस्या
यो ज्ञानभूमिको लागि एक पथ प्रदर्शक हो
आफ्नै शक्ति आफ्नै भक्तिले अघि बढिरहेका वृद्धजन
यो राष्ट्रको उपकारी, समाजसेवी, सत्यवादी हुन्
तर, तिम्रो आशा, तिम्रो भरोसा
अनि तिम्रो समानताको अधिकार
कहीँ हावाले उडाइदियो
कहीँ पानीले बगाइदियो ।
यस्तै असजिलो परस्थितिमा
कष्टपूर्ण जीवन भोगिरहेका
यो धरतीका ज्योति वृद्ध वृद्धाजनहरू ।
Leave a Reply