ख्वप इन्जिनियरिङमा अन्तर–विभाग फुटसल सुरु
- चैत्र १४, २०८२
कसिमला पाँय् र बुद्धिचाल
भक्तपुर, २२ मङ्सिर । भक्तपुर नगरपालिकाका वडा नं. ९ को आयोजनामा भएको भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिताअन्तर्गत कसिमला पाँय् र बुद्धिचाल प्रतियोगिताको बुधबार दत्तात्रय परिसरमा सुरु भयो ।
कार्यक्रम उद्घाटन गर्दै नगर प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरपालिकाले यहाँका लोपोन्मुख स्थानीय मौलिक खेललाई जीवन्तता दिन विभिन्न खेलहरूको तालिम सञ्चालन तथा प्रतियोगिता गर्दै आइरहेको बताउनुभयो ।

“भनपाले प्रत्येक वर्ष अन्तरनगर प्रतियोगिता आयोजना गरी विद्यार्थीहरूलाई उत्साहित गर्दै आइरहेको छ । भक्तपुरको मौलिक परम्परा र संस्कृतिलाई जीवन्तता दिन र नयाँ पुस्तालाई सीप हस्तान्तरण गर्न विविध गतिविधि गर्दै आइरहेको छ”, नगर प्रमुख प्रजापतिले भन्नुभयो ।
भनपा वडा नं. ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्वले विद्यालय तहबाट उत्कृष्ट खेलाडी तयार गर्ने उद्देश्यले नगरपालिकाले खेलकुद प्रतियोगितामा जोड दिँदै आएको बताउनुभयो ।
कार्यक्रममा भक्तपुर जिल्ला बुद्धिचाल सङ्घका निराजन प्रजापति, कसिमला पाँय्का तर्फबाट रोशनराज तुर्इ तुई , भनपा वडा नं. ९ खेलकुद समितिका अध्यक्ष बाबुकाजी मानन्धरले खेलबारे जानकारी गराउनुभएको थियो ।
टेबुलटेनिस
भक्तपुर नगरपालिकाद्वारा आयोजित भक्तपुर नगरव्यापी विद्यालयस्तरीय टेबल टेनिस प्रतियोगिताका सम्पूर्ण खेलहरू २ वडा समिति र २ वडा खेलकुद समितिको समन्वयमा बासु माविको कभर्ड हलमा सम्पन्न भयो ।
प्रतियोगितामा विजयी खेलाडीहरूलाई प्रमाणपत्र तथा मेडल वितरण कार्यक्रम भक्तपुर नपा वडा नं ७ का वडा अध्यक्ष एवम् युवा तथा खेलकुद समितिका सदस्य उकेश कवांको प्रमुख आतिथ्यमा सम्पन्न भयो ।

कार्यक्रममा अतिथि कवांले नेपालमा खेलकुद विश्वविद्यालय स्थापना भए खेलकुद स्तर योभन्दा अझ विकास हुने चर्चा गर्दै “भक्तपुरको खेलकुद विकास र पूर्वाधार विकासको निम्ति राज्यको कुनै सहयोग प्राप्त भएन” भन्नुभयो । उहाँले भक्तपुर नपाले आफ्नै पहलमा विभिन्न खेलकुद प्रशिक्षण सञ्चालन गरिरहेकोेले भक्तपुरमा खेलकुद विकास यो स्तरसम्म पु¥याउन मद्दत पुगेको हो भन्नुभयो ।
२ नं वडाका वडाध्यक्ष हरिप्रसाद बासुकलाले नेपाल मजदुर किसान पार्टीको निर्देशानुसार भक्तपुर नगरपालिकामा विजयी जनप्रतिनिधिहरूले खेलकुद, शिक्षा, स्वास्थ्यलाई प्राथमिकता दिई १०० बेड क्षमतायुक्त ख्वप अस्पताल सञ्चालन गर्न अगाडि बढिरहेको जानकारी दिनुभयो । उहाँले अन्तरविद्यालय खेलकुद प्रतियोगिताले भक्तपुरको खेल स्तर अझ उकास्नेछ भन्नुभयो ।
कार्यक्रममा भक्तपुर जिल्ला टेबलटेनिस सङ्घका अध्यक्ष प्रेम खर्बुजा, २ वडा खेलकुद समितिका अध्यक्ष गणेशप्रसाद सुवाल, सचिव राजकुमार लघु, प्रतियोगिताका निर्णायक इन्द्रभक्त पञ्चलगायतले खेलकुद प्रतियोगिताको महत्वमाथि प्रकाश पार्नुभयो ।
प्राप्त परिणाम अनुसार गर्ल्स टीम इभेन्ट्समा प्रभात ई. स्कूल प्रथम , प्रोक्सीमा एकडेमी दोश्रो र माउन्ट भ्याली र जेन्यूइन सेकेन्डरी स्कूल संयुक्तरूपमा तेश्रो स्थान प्राप्त गर्न सफल भयो । ब्वाइज टीम इभेन्ट्समा प्रोक्सीमा एकेडेमी प्रथम, द राइजिङ्ग ई. स्कूल दोश्रो, जेन्यूइन सेकेन्डरी स्कूल र गोल्डेन गेट ई.स्कूलले संयुक्त रूपमा तेश्रो स्थान प्राप्त गरेका थिए ।
ब्वाइज १६ वर्षमुनि करण कपाली (विद्या आर्जन) प्रथम, न्युनिस सुवाल (द राइजिङ्ग ई.स्कूल) दोश्रो उज्ज्वल न्हुछे (प्रोक्सीमा एकेडेमी) र क्रियसन सुवाल (जेन्यूइन सेकेन्डरी स्कूल) संयुक्तरूपमा तेश्रो भएका थिए ।
ब्वाइज १२ वर्षमुनिमा विशाल कवां (प्रोक्सीमा एकडेमी) प्रथम, रुकेश कवां (माउन्ट भ्याली ई. स्कूल) दोश्रो तथा बासु माविका सुयौढ दुवाल र माउन्ट भ्याली ई. स्कुलका शोहन गोर्खाली संयुक्तरूपमा तेश्रो भएका थिए ।
गल्र्स १६ वर्षमुनिका मर्मदा खाइतु (प्रोक्सीमा एकेडेमी) प्रथम, प्रभात ई.स्कुलका शौरभि कोजु दोश्रो तथा प्रभात ई.स्कुलकै सेफिना कोजु र प्रोक्सीमा एकेडेमीका प्रज्ञा भेले संयुक्त रूपमा तेश्रो भएका थिए ।
गल्र्स १२ मुनितर्फ प्रभात ई.स्कूलका क्रमशः प्रदिपा सुवाल प्रथम र क्यारिना सुवाल दोश्रो भए । जेन्यूइन सेकेन्डरी स्कूलका वेन्डी सुवाल र माउन्ट भ्यालीका आशिका कासिछ्वा संयुक्तरूपमा तेश्रो भएका थिए ।
मिक्स डबलतर्फ विशाल र नर्मदाको जोडी प्रोक्सीमा एकेडेमी प्रथम, प्रज्ज्वल र प्रदीपाका जोडी प्रभात स्कूल दोश्रो र संयुक्तरूपमा सिर्जल र क्यारिनाको जोडी प्रभात स्कूल र सफल र सिरस्तीकाको जोडी प्रोक्सीमा एकेडेमी संयुक्तरूपमा तेश्रो भएका थिए ।
अन्तिम परिणामअनुसार प्रोक्सीमा एकडेमीले ४ स्वर्ण ,१ रजत र २ काँस्य गरी ७ पदकका साथ समूहमा प्रथम भई प्रथम ट्रफी प्राप्त गर्नेछन् ।
प्रभात ई. स्कूलले २ स्वर्ण, ३ रजत र २ काँस्य पदक गरी ७ पदक प्राप्त गरी दोश्रो ट्रफी प्राप्त गर्नेछन् ।
समूहमा प्रथम, दोश्रो र तेश्रो स्थान प्राप्त गर्ने विद्यालयहरूलाई २०७८ मङ्सिर २४ गते दिउँसो १ः०० बजे सहिद स्मृति खेल मैदानमा हुने समापन तथा पुरस्कार वितरण कार्यक्रममा पुरस्कृत गर्ने आयोजक समितिले जनाएको छ ।
भलिबल
नगरव्यापी विद्यालयस्तरीय भलिबल प्रतियोगिताअन्तर्गत सहिद स्मृति खेल मैदानमा भइरहेको भलिबल खेलको छात्रतर्पmको सेमिफाइनल खेलमा सैनिक आवासीय माविले वागीश्वरी माविलाई ३५–१४ र २५–११ ले विजय हासिल गरेको छ भने श्री पद्म माविले शारदा माविलाई २५–१३ र २५–२३ ले विजय हासिल गरी फाइनल खेलमा प्रवेश गरेको छ ।

भलिबल खेलको छात्रातर्पmको सेमिफाइनलमा डेमोस ई. स्कूलले बासु माविलाई २५–०६ र २५–१९ ले विजय हासिल गरेको छ भने वागीश्वरी माविले श्री पद्म माविलाई २५–२२ र २५–१९ ले विजय हासिल गरी फाइनल खेलमा प्रवेश गरेको छ ।
छात्र र छात्रातर्पmको फाइनल खेल र मेडल वितरण बिहीबार हुने आयोजक समितिले जनाएको छ ।
तस्बिर : भक्तपुर नगरपालिका
Leave a Reply