भर्खरै :

कीर्तिपुरमा नेपालभाषा साहित्य तःमुंज्या गठन

काठमाडौँ, २२ मंसिर । कीर्तिपुरका भाषा र जन साहित्यको विकासमा निरन्तर क्रियाशील रहेका साहित्यकार एवं साहित्यप्रेमीहरूको भेला बुधबार भयो । ।
नेपालभाषा साहित्य तःमुंज्या गठन गर्न भएको उक्त भेलामा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य, बाग्मती प्रदेश सभा सांसद एवं नेपालभाषा साहित्य तःमुंज्या ख्वपका सल्लाहकार सुरेन्द्रराज गोसाईले भाषा र साहित्यको विकास एवम् असल सामाजिक व्यवहारबाट राजनीति सही बाटोमा आउने धारणा राख्नुभयो ।
उहाँले भन्नुभयो, “नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेँले साहित्य राजनीतिको हतियार हो भन्नुभएको छ । राजनीतिविना भाषा, साहित्य र समाज रूपान्तरण हुनेछैन ।”
देश अस्थिर र भद्रगोल हुनुमा शासक दलहरू जिम्मेवार रहेको धारणा राख्दै केन्द्रीय सदस्य गोसाईले शासक पार्टीहरूले आफ्ना कार्यकर्ताहरूरूलाई देश र जनताको सेवामा राजनीति गर्न नसिकाएको उल्लेख गर्नुभयो ।
आ–आप्mनो भाषा कला, संस्कृति सम्पदाको संरक्षण गर्नु जरूरी रहेको चर्चा गर्दै उहाँले भन्नुभयो, “उपत्यकालाई सांस्कृतिक केन्द्र बनाउनु आवश्यक छ ।”
नेमकिपा कीर्तिपुरका अध्यक्ष नारायण महर्जनले साहित्य सम्मेलनको तयारीबारे जानकारी गर्दै पुस ४ गते पाँगामा हुने नेपालभाषा साहित्य तःमुँज्यामा सबै क्षेत्रबाट सहयोग मिल्ने आशा व्यक्त गर्नुभयो ।
नेपालभाषा साहित्य तःमुँज्या काठमाडौ महानगर समितिका अध्यक्ष कुलनारायण डंगोल, जनसाहित्य समाज टोखाका अध्यक्ष काशिलाल डंगोल, साहित्यकारहरू श्रीकृष्ण महर्जन, वासुदेव डंगोल, गुणदास महर्जन, रवीन्द्र डंगोल, जनसहित्य गोष्ठीका अध्यक्ष बुद्धिमान महर्जनलगायतले कार्यक्रममा बोल्नुभएको थियो ।
‘भाषा, कला र संस्कृति बचाऔं जन साहित्यबाट जनचेतना जगाऔँ’ भन्ने मुल नाराका साथ विगत ८ वर्षदेखि जनसाहित्य गोष्ठीको आयोजनामा हुँदै आएको साहित्य सम्मेलन अब नेपालभाषा साहित्य तःमुंज्याको आयोजनामा निरन्तरता दिइने भएको छ ।
भेलाले वासुदेव डंगोलको अध्यक्षतामा २१ सदस्यीय नेपालभाषा साहित्य तःमुंज्या गठन गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *