रोबोटले तोड्यो म्याराथनमा मानव कीर्तिमान
- बैशाख ६, २०८३
संसारका दुई ठूला देशहरूबीचको सम्बन्ध सामान्य बन्ने दिशामा अघि बढिरहेको जब हामी अपेक्षा गर्छौँ, तब आत्मश्लाघी महादेश अमेरिकाले त्यस्तो केही कदम चाल्छ, जसले सम्बन्ध सुधारको ढोकालाई सधैँको लागि बन्द गरिदिन्छ । त्यही क्रममा उसको भित्री मनसाय पनि उजागर हुन्छ । प्रस्टतः जो बाइडेन संरा अमेरिकाका राष्ट्रपति बनेपछि ‘एक कदम अघि, एक कदम पछि’ को नीतिमा पाराङ्गत हासिल गरेको छ ।
विगतमा यस्ता धेरै तीतामीठा कुरा भइसकेर पनि संरा अमेरिकाले आगामी सन् २०२२ मा हुने पेइचिङ ओलम्पिकमा आफ्ना कोही पनि सरकारी अधिकारी नपठाउने घोषणा गर्नु आश्चर्यको विषय हो । शीतकालीन अन्तर्राष्ट्रिय विविध विधाका खेल कार्यक्रम आगामी सन् २०२२ को फेब्रुअरी ४ देखि २० सम्म हुँदै छ । हुन त त्यस्तो निर्णय गर्नु संरा अमेरिकाको आफ्नो खुसीको कुरा हो । तर, कम्तीमा उसले अलि उपयुक्त र सान्दर्भिक बहाना वा कारण देखाउन राम्रो हुने थियो । उही पुरानो लङ्गडो तर्क दिएर पत्याउला कसले ? यस्ता तर्कले संसारको बौद्धिक क्षेत्रको अपमानमात्र गरेको छैन, बरु चीनसँगको सम्बन्ध सुधारमा संरा अमेरिकाले व्यक्त गरेका प्रतिबद्धतामा पनि इमानदारीको अभाव देखाएको छ ।
चीनको मानवअधिकारको अवस्था, विशेषतः सिन्च्याङ उइगुर स्वशासित क्षेत्रमा मुसलमानहरूको कथित ‘संहार’ को आरोपमा शीतकालीन ओलम्पिकको ‘कूटनीतिक बहिष्कार’ गर्ने बाइडेनले नोभेम्बरमा दिएको धम्कीलाई उसले सही बनाइँदै छ । चीनको मानवअधिकारको अवस्थाबारे सबै दाबी स्वतन्त्र निकायहरूको निष्पक्ष अध्ययनले आधारहीन भएको पुष्टि भएपछि संरा अमेरिकाले चीनविरुद्ध प्रयोग गरेको मानवअधिकारको हतियारमा खिया परिसक्नुपर्ने हो ।
पानीमा डुब्दै गरेको मान्छेले परालको त्यान्द्रो भए पनि समातेजस्तै अहिले संरा अमेरिकाको अवस्था उस्तै भएको पर्यवेक्षकहरू भनिरहेका छन् । आफ्नो भूराजनीतिक पतनको क्रममा संरा अमेरिकाले ओलम्पिक बहिष्कार गर्न कुनै दोष कतैबाट फेला पार्ने अपेक्षा गरिएको थियो । कम्तीमा चीनले अर्को कुनै देशमाथि हस्तक्षेप गरेको भन्ने हचुवा फलाक्न सक्ने अपेक्षा गरिएको थियो ।
यो समय सन् १९८० को समय होइन । अघिल्लो वर्ष सन् १९७९ मा तत्कालीन सोभियत सङ्घले अफगानिस्तानमा कब्जा जमाएको विरोधमा मस्कोमा सन् १९८० मा आयोजित ग्रीष्मकालीन ओलम्पिक खेल ६५ वटा देशलाई बहिष्कार गराउन संरा अमेरिका सफल भएको थियो । त्यत्ति गर्दा पनि त्यत्तिबेला ८० वटा देशको सहभागितामा खेल महोत्सव सम्पन्न भएको थियो । त्यो घटनाबाट संरा अमेरिकाले नम्रताको कुनै पाठ सिक्न सक्थ्यो ।
पेइचिङ ओलम्पिक बहिष्कार गर्न संरा अमेरिकाले गरेको आह्वान मानेर केही देशहरूले उसलाई पक्कै पछ्याउनेछन् । तर, जब यो कदम पछाडिको भूराजनीतिक वास्तविकता देशहरूले थाहा पाउनेछन्, बहिष्कारको यो नीति असफल बन्नेछ । बीस वर्षअघि आतङ्कवादी नेतालाई समात्ने बहानामा अफगानिस्तानमाथि कब्जा जमाउँदै कमैले मात्र संरा अमेरिकाको विरोध गरेको थियो । महाशक्ति अमेरिका यो वर्ष अफगानिस्तानबाट झिटीगुन्टा कसेर फर्कियो । तर, अफगानिस्तानको सामाजिक–आर्थिक र राजनीतिक अवस्था ऊ त्यहाँ पुग्दा जस्तो थियो, त्यस्तै अवस्था बनाएर गयो ।
सौभाग्यवश, कूटनीतिक बहिष्कारले संरा अमेरिकी खेलाडीहरूलाई केही असर गर्नेछैन । निःसन्देह सरकारले जबरजस्ती नगर्दासम्म खेलाडीहरूले यस्तो राजनीतिक चालबाजीलाई समर्थन गर्ने छैनन् । उनीहरूले खेल अभ्यासमा सयौँ घण्टा व्यतीत गरिसकेका छन् । उनीहरूले धेरै पसिना बगाइसकेका छन् । खेलको निम्ति आफूलाई तयार गर्न उनीहरूले धेरै मिहिनेत गरिसकेका छन् । जात, सम्प्रदाय, रङ, धर्म, राजनीतिक आबद्धता र लिङ्गको आधारमा कुनै विभेद नगरिने यो खेल उत्सवको भावना र ओलम्पिकको कूटनीतिक बहिष्कारको नीति ठीक विपरीत छ ।
संरा अमेरिकी खेलाडीहरूको पक्षमा आफू रहेको बाइडेन सरकारको दाबी शतप्रतिशत पाखण्डपूर्ण छ । खेलकुद प्रतिस्पर्धामा आफ्नो देशका अधिकारीहरूको नैतिक समर्थन र हौसलाले पनि जीत हारमा ठूलो भूमिका खेलेको हुन्छ । तर, बहिष्कारले खेलमा अन्योल र हतास भावना व्याप्त हुन्छ । खेलकुद प्रतिस्पर्धा भनेको मानवीय खोजको उत्कर्ष हो ।
ओलम्पिकको बहिष्कारले चीनलाई खासै ठूलो प्रभाव पार्न सक्दैन । ओलम्पिक आयोजना गरेर चीनले कुनै नक्कली काम गरिरहेको होइन । अन्य धेरै प्रमुख विश्वव्यापी उपलब्धिमार्फत चीनले शक्ति र प्रभाव हासिल गरिसकेको छ । अन्तर्राष्ट्रिय ओलम्पिक समितिले पेइचिङलाई ओलम्पिकको लागि छनौट गर्ने काम सन् २०१५ मा भएको थियो । यो निर्णय लहडमा भएको थिएन । उचित अनुचितको हिसाब गरेर भएको थियो । संरा अमेरिकाको अहिलेको कदमको मूल कारण इष्र्या हुनसक्छ । चीनलाई एक्लो बनाउने उसका हरेक प्रयास असफल भइरहेका छन् । चीनलाई घुँडा टेकाउने उसको चाहना विफल भइरहेको छ ।
पेइचिङ ओलम्पिकलाई राजनीतीकरण गरेर संरा अमेरिकाले संसार कोभिड–१९ महामारीजस्तो गम्भीर समस्यासँग लडिरहेको आजको विषम समयमा संसारको नेतृत्व गर्ने नैतिक धरातल पनि गुमाएको छ । परिस्थिति मूल्याङ्कन गर्ने यो कमजोरीले हालैका वर्षमा संरा अमेरिकाले कुनै पनि विषयलाई कसरी हेरिरहेको छ भन्ने कुरा प्रस्ट पार्छ । नतिजाको पर्वाह नगरी उसले आफ्नो परिकल्पित शत्रुमाथि लगातार हानिरहेको छ । त्यही कारण संरा अमेरिका महामारीको चपेटामा परेको हो
संरा अमेरिकाले ओलम्पिक खेल उत्सवको ‘कूटनीतिक बहिष्कार’ गर्ने घोषणासँगै अन्तर्राष्ट्रिय ओलम्पिक समितिले सोमबार संरा अमेरिकाको निर्णयको आफूले ‘पूर्ण सम्मान गर्ने’ भन्दै कुनै पनि सरकारले गर्ने निर्णयलाई राजनीतिकरूपमा नहेर्ने बताएको छ । ओलम्पिकको जिम्मेवार निकायले खेल राजनीतिबाट अलग भएको भन्दै संयुक्त राष्ट्र सङ्घले हालै आफ्नो महासभाबाट पारित गरेको प्रस्ताव स्मरण गर्न आग्रह गरेको छ । महासभामा राष्ट्र सङ्घले सबै सदस्य देशहरूलाई अन्तर्राष्ट्रिय ओलम्पिक समिति र अन्तर्राष्ट्रिय पाराओलम्पिक समितिसँग सहकार्य गरी द्वन्द्वग्रस्त क्षेत्रमा द्वन्द्वको बेला र पछि पनि शान्ति, संवाद र मेलमिलाप प्रवद्र्धन गर्ने माध्यमको रूपमा खेलकुदलाई उपयोग गर्न आग्रह गरिएको छ । संरा अमेरिकाको अहिलेको कदम राष्ट्र सङ्घको यो भावनाभन्दा विपरीत भएको छ ।
(लेखक नैरोबीका प्राध्यापक हुनुहुन्छ ।)
स्रोतः सीजीटीएन
नेपाली अनुवादः सुमन
Leave a Reply