भर्खरै :

रक्तपातपूर्ण बन्दुकले बङ्ग्याएको अमेरिकी लोकतन्त्र

वाशिङ्टन, १० डिसेम्बर (सीआरआई) । अमेरिकी केन्टकी राज्यका काङ्ग्रेस सदस्य थोमस मेसीले ट्विटरमा क्रिसमस मनाउँदै परिवारको फोटो पोस्ट गरे । उक्त फोटोमा पुरुष पनि महिला पनि सबै उमेरका मानिसले मुस्कुराउँदै बन्दुक बोकेका छन् । फोटोका साथमा सान्ता क्लज, कृपया मलाई गोली दिनुहोस् भन्ने पाठ पनि छ । केही दिनअघि मात्रै अमेरिकी मिसिगन राज्यको एक विद्यालयमा फेरि गोलीकाण्डको घटना भएको छ । उच्च माध्यमिक विद्यालयको १५ वर्षीय विद्यार्थीले ४ जना विद्यार्थीलाई गोली हानी हत्या गरेको थियो । उसको हातमा रहेको बन्दुक भर्खरै आमाबुबाले दिएको क्रिसमस उपहार थियो ।
अमेरिकाले मानव अधिकारको संरक्षणलाई अमेरिकी लोकतन्त्र फैलाउने एक बहाना बनाउँछ । तर, अमेरिकी जनताको सबैभन्दा आधारभूत जीवन अधिकारको रक्षा गर्न गाह्रो छ । अमेरिकी राजनीतिज्ञले गोलीकाण्ड पीडित परिवारको घाउमा अझै बढी नुन छर्केको छ । अमेरिकी लोकतन्त्रले मानवअधिकारको रक्षा गर्छ कि भङ्ग गर्छ ? तथ्याङ्कअनुसार, अमेरिकासँग विश्वमा सबैभन्दा कमजोर बन्दुक कानुन र सबैभन्दा बढी बन्दुकहरू छन् । लगभग ३९ करोड ३० लाख बन्दुकहरू छन् । अरू उच्च आय देशका जनताभन्दा अमेरिकीहरूमा गोलीकाण्डको शिकार हुने सम्भावना २४ गुणा बढी हुन्छ ।
अमेरिकामा बन्दुकको नियन्त्रण गर्न किन गाह«ो छ त ? अमेरिकी संविधानको दोस्रो संशोधनमा बन्दुक अधिकारसम्बन्धी नियम अस्पष्ट भएको हुनाले बन्दुक समर्थकले उसलाई कानुनी आधार बनाएको छ । बन्दुकको नियन्त्रणमा सङ्घीय सरकार र राज्य सरकारको अडान फरक–फरक भएर समस्या देखिएको छ । साथै बन्दुक नियन्त्रण समस्यामा पैसा राजनीतिले पनि प्रभाव पारिरहेको छ । राष्ट्रिय राइफल सङ्घ अमेरिकाको सबैभन्दा ठूलो बन्दुक मालिक सङ्गठन र बलियो समूह हो । उसले राष्ट्रपतिको निर्वाचन, काङ्ग्रेसको निर्वाचन र सर्वोच्च अदालतका न्यायाधीशको गठनमा महत्वपूर्ण प्रभाव पारेको छ । तथाकथित लोकतान्त्रिक शिखर सम्मेलनमा अमेरिकी राजनीतिज्ञहरूले आधारभूत जीवन अधिकारबारे यस मामिलाबारे छलफल गर्ने कि ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *