भर्खरै :

भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिताका नतिजा

खोखो
भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिताअन्तर्गत भक्तपुर नपा वडा नं. १० को आयोजनामा भएको महिला र पुरूष खोखो प्रतियोगिताका विजयी खेलाडीहरूलाई प्रमाणपत्र र मेडल वितरण गरियो ।
कार्यक्रममा नगर प्रमुख सुनिल प्रजापतिले प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने खेलाडीहरूलाई वडा नं. १० का वडाध्यक्ष लक्ष्मीप्रसाद ह्यौंमिखा, ६ नं. वडाका वडाध्यक्ष हरिराम सुवाल, वडा सदस्यद्वय जितेन्द्र मुनंकर्मी, ज्ञानकुमार मगजु र विद्यालक्ष्मी शाक्यले दोस्रो र तेस्रो स्थान हासिल गरेका खेलाडीहरूलाई प्रमाणपत्र तथा मेडल वितरण गर्नुभएको हो ।
शुक्रबार सम्पन्न खोखो प्रतियोगितामा छात्रतर्फ वागीश्वरी मावि प्रथम, विद्या आर्जन द्वितीय, सरस्वती विद्यागृह र वाइजल्यान्ड सेकेन्डरी तृतीय भए भने छात्रा खोखोतर्फ वागीश्वरी मावि प्रथम, वाइजल्यान्ड सेकेन्डरी द्वितीय, दत्तात्रय आ.वि. र तारा मावि तृतीय भए ।
बुद्धिचाल र कसिमला पाँय्
९ नं. वडा कार्यालयको आयोजनामा भइरहेको कसिमला पाँय् र बुद्धिचाल प्रतियोगिताको समापन कार्यक्रम शुक्रबार भयो ।
कार्यक्रममा उपप्रमुख रजनी जोशीले विद्यार्थीहरूले शिक्षाको साथसाथै खेलकुदलाई पर्नि निरन्तरता दिंदै भक्तपुरको पहिचानबारे प्रचारप्रसार गर्नुपर्ने बताउनुभयो ।
भनपाले शिक्षा, स्वास्थ्य, सरसफाइ र खेलकुद क्षेत्रमा गरिरहेको योगदान उदाहरणीय रहेको चर्चा गर्दै उहाँले विद्यालयले खेलकुदलगायत अतिरिक्त क्रियाकलापहरूलाई प्राथमिकतामा राख्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

कार्यक्रममा वडा नंं ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्व, वडा नंं १ का वडाध्यक्ष श्यामकृष्ण खत्री, कार्यपालिका सदस्य छोरीमैंया सुजखु, भक्तपुर बुद्धिचाल सङ्घका अध्यक्ष निराजन प्रजापतिलगायतले खेलकुदको महत्वमाथि चर्चा गर्नुभएको थियो ।
दत्तात्रयमा सम्पन्न उक्त प्रतियोगितामा छात्रतर्पm १६ वर्षमुनिको समूहमा प्रभात इङ्गलिश स्कूलका स्वर्णिम दुवाल प्रथम, मेधा माविका सुदेन तुईतुई द्वितीय, प्रभात ई. स्कूलकै प्रनिश लाखे तृतीय र ख्वप्रिङ ई. स्कूलका तेन्जिङ तामाङले सान्न्वना स्थान हासिल गरे ।
छात्रतर्पm १२ वर्षमुनिको समूहको बुद्धिचाल प्रतियोगितामा नवीन आधारभूत विद्यालयका मनिक खायमली प्रथम, वागीश्वरी माविका मेरिक प्रजापति द्वितीय, नविन आविकै रविन माक तृतीय र प्रभात इङ्गलिश स्कूलका स्वप्निल आगन्जाले सान्त्वना स्थान हासिल गरे ।
छात्रातर्फ १६ वर्षमुनिको समूहमा मेधा माविका अंशुदिन प्रजापति प्रथम, जेन्यूइन से. स्कूलका समर हाडा द्वितीय, ख्वप्रिङ ई. स्कूलका स्नेहा प्रजापति तृतीय तथा जेन्यूइन स्कूलका राजश्री हाडाले सान्त्वना स्थान हासिल गरे । १३ वर्षमुनिको समूहमा वागीश्वरी माविका कृपा प्रजापति प्रथम, वाइजल्यान्ड स्कूलका सनरी ङाखुसी तृतीय र वागीश्वरी माविका यमुना तिवारीले सान्त्वना स्थान हासिल गरे ।
बुद्धिचाल प्रतियोगिताको समग्र परिणाममा वागीश्वरी माविले १ स्वर्ण, १ रजत र १ कास्य पदक प्राप्त गरी प्रथम स्थान, मेधा माविले १ स्वर्ण र १ रजत गरी द्वितीय स्थान, प्रभात ई. स्कूलले १ स्वर्ण १ कास्य र १ सान्त्वना प्राप्त गरी तृतीय स्थान तथा नविन आवि १ स्वर्ण र एक कास्य प्राप्त गरी सान्त्वना स्थान प्राप्त गर्न सफल भए ।
भनपा–९ कै आयोजनामा सम्पन्न कसिमला पाँय् खेलको छात्रतर्पm कक्षा ८–१० को समूहमा ख्वप्रिङ ई. स्कूलका नोरिक प्रजापति प्रथम, जेसिस ई. स्कूलका रोजल शिल्पकारले द्वितीय, प्रभात ई. स्कूलका रिकेश दुवालले तृतीय तथा गोल्डेन गेट ई. स्कूलका प्रशान्त शिल्पकार सान्त्वना स्थान प्राप्त गर्न सफल भए ।

छात्रतर्पmकै कक्षा ७ का विद्यार्थीहरूको समूहमा हिमालयन ग्लोरीका आर्यन दुगुजु प्रथम, श्री ब्रह्मायणी आविका राज तामाङ द्वितीय, ज्ञानतारा आविका श्रीजल आचार्य तृतीय र श्री ब्रह्मायणी आविका अबिन हमालले सान्त्वना स्थान प्राप्त गर्न सफल भए ।
कसिमला पाँय्को छात्रातर्पmको कक्षा ८–१० को समूहमा सामुदायिक ई. स्कूलका आकृति खुसु प्रथम, वागीश्वरी माविका कृषा पैmजु द्वितीय र ख्वप्रिङ ई. स्कूलका आयुषा तुकंबन्जार र सन्जिना तमखु तृतीय भए । कक्षा ७ का विद्यार्थीहरूको समूहमा ज्ञानविजय आविका बासना गुरूङ प्रथम, ज्ञान विजय आविकै सपना विक द्वितीय, सिद्धि शारदा आविका संगिता तामाङ तृतीय र सन्तति आविका मनिता शर्मा सान्त्वना हुन सफल भए ।
कसिमला पाँय्को समग्र परिणाम हेर्दा ज्ञान विजय आधारभूत विद्यालयले १ स्वर्ण, १ रजत गरी प्रथम स्थान, ख्वप्रिङ ई. स्कूलले १ स्वर्ण, १ कास्य र १ सान्त्वना प्राप्त गरी द्वितीय स्थान, सामुदायिक ई. स्कूल र हिमालयन ग्लोरीले १–१ स्वर्ण प्राप्त गरी संयुक्त रूपमा तृतीय भए ।
ब्याडमिन्टन
भनपा वडा नं. ८ को आयोजनामा भएको छात्र र छात्रातर्पmको ब्याडमिन्टन प्रतियोगिताका विजयी खेलाडीहरूलाई शुक्रबार प्रमाणपत्र र मेडल वितरण गरियो ।
समापन कार्यक्रममा उपप्रमुख रजनी जोशी, वडा नं. ८ का वडाध्यक्ष महेन्द्र खायमली, भक्तपुर ब्याडमिन्टन सङ्घका अध्यक्ष राजेन्द्र प्रजापति र ८ नं. वडा खेलकुद समितिका पूजा दुवालले बोल्नुभएको थियो ।
कक्षा ९–१० (१६ वर्षमुनि) को प्रतियोगिताको छात्रतर्फ वागीश्वरी माविका रोजन गोरा प्रथम, वागीश्वरीकै सिविक ज्याख्व द्वितीय, लिशा सेकेन्डरी स्कूलका श्रीयास रन्जितकार र कशिर नखेत्रु संयुक्तरूपमा तृतीय भए भने १६ वर्षमुनिकै छात्रातर्फको खेलमा द राइजिङ स्कूलका रञ्जु तामाङ प्रथम, द राइजिङकै सविरा बुढाथोकी द्वितीय तथा मेधा माविका रूजा जति र सेक्रेड हार्टका सिरू भुजू संयुक्तरूपमा तृतीय भए ।
कक्षा ६–८ (१२ वर्षमुनि) को प्रतियोगिताको छात्रतर्फ लिशा सेकेन्डरी स्कूलका सुदिप थिमी प्रथम, वागीश्वरी माविका निकेश भेले द्वितीय तथा क्रियटिभ स्कूलका सुदिप गोसाई र समाज सुधार स्कूलका अनिस सुनुवार तृतीय हुन सफल भए । १२ वर्षमुनिकै छात्रातर्पmको खेलमा हिमालयन ग्लोरी ई. स्कूलका सृष्टी ग्वाछा प्रथम, लिशा स्कूलका तेजस्वी मानन्धर द्वितीय तथा क्रियटिभ ई. स्कूलका कृषा पैmजु र सामुदायिक ई. स्कूलका प्राची लामा संयुक्त रूपमा तृतीय भए ।
विद्यालय टीमतर्पmको परिणामअनुसार वागीश्वरी मावि १ स्वर्ण, २ रजत प्राप्त गरी प्रथम, लिशा ई. स्कूल १ स्वर्ण, १ रजत, २ कास्य प्राप्त गरी द्वितीय, द राइजिङ स्कूल १ स्वर्ण र १ रजत तथा हिमालयन ग्लोरी १ स्वर्ण पदक प्राप्त गरी संयुक्तरूपमा तृतीय भए ।
ज्याबलिङ थ्रो, सटपुट र एथलेटिक्सको नतिजा
भनपा वडा नं. ७ को आयोजनामा भएको सटपुट प्रतियोगितामा छात्रतर्फ वाइजल्यान्ड सेकेन्डरी स्कूलका रवि बडी प्रथम, वागीश्वरी माविका अलोन राई द्वितीय, समाज सुधारका अमन माझी तृतीय र गणेश माविका सुदिप तामाङ चौथो भए ।
छात्रातर्फको सटपुट खेलमा गणेश माविका निशा ब्लोन पहिलो, प्रभात माविका मुना तामाङ दोस्रो र वागीश्वरी माविका सृष्टिका राई तेस्रो भए ।

ज्याबलिङ थ्रो छात्रतर्फ भएको खेलमा वागीश्वरी माविका सुजन प्रजापति पहिलो, समाज सुधार माविका अमन माझी दोस्रो र वागीश्वरी माविका अविराज राईले तेस्रो भए ।
ज्याबलिङ थ्रो छात्रातर्फको खेलमा गणेश माविका निशा ब्लोन पहिलो, वागीश्वरी माविका खेमकुमारी खत्री दोस्रो र माउन्ट भ्यालीका कृषा किबानायो तेस्रो भए ।
शुक्रबार भएको ६० मिटर दौड महिलातर्फ वाइजल्यान्डका आयुषा मचामसी पहिलो, वागीश्वरी माविका सेलिना गिरी दोस्रो र वागीश्वरी माविकै रोसनी दास तेस्रो भए ।
१५०० मिटर महिलातर्फ प्रभात माविका वर्षा थुसा पहिलो, गणेश माविका निशा ब्लोन दोस्रो र जागृति माविका अनिता शाह तेस्रो भए ।
४०० मिटर पुरूष दौडमा जागृति माविका विशाल तामाङ पहिलो, गणेश माविका मुन्ताज महसत दोस्रो र प्रभात माविका रोनिस लासिवा तेस्रो भए ।
१५०० मिटर दौडमा वागीश्वरी माविका अविशेक राई पहिलो, तारा माविका पासङ लामा दोस्रो, जेसिसका रोजित बखुन्छे र जागृतिका सन्देश राई तेस्रो भए ।
पुरूषतर्फ ६० मिटर दौडमा गणेश माविका रोहित तामाङ पहिलो, प्रभात माविका कृजल दुवाल दोस्रो, माउन्ट भ्याली स्कूलका सम्राट ज्याख्व र भीम आदर्श स्कूलका अमिर मन्सुरी तेस्रो भए ।
४०० मिटर छात्रातर्फको दौडमा जेसिस माविका ब्रिटिसा शिल्पकार पहिलो, प्रभातका रोजी श्रेष्ठ दोस्रो, ज्ञान विजय आधारभूत विद्यालयका रास्ना गुरूङ र नविन आविका सरिना ध्वजू तृतीय भए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *