भर्खरै :

नीलबाराहीको २३ औँ साधारण सभा

भक्तपुर, २५ मङ्सिर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले मध्यपुरको बोडेस्थित नीलबाराही बचत तथा ऋण सहकारी संस्थाको २३ औँ वार्षिक साधारणसभाको उद्घाटन एक कार्यक्रमबीच गर्नुभयो ।
अध्यक्ष बिजुक्छेँले सहकारी संस्थाहरूले कृषि उत्पादनमा जोड दिनुपर्ने आवश्यकता औँल्याउँदै फलफुल र तरकारीमा आत्मनिर्भर हुन नसक्दा देशको अर्थतन्त्र परनिर्भर भइरहेको हो भन्नुभयो । समाज राम्रो बनाउन राम्रो राजनीति आवश्यक छ भन्दै उहाँले पुँजीवादी व्यवस्थाले समाजको सेवा गर्न नसकेको हुँदा समाजवादी व्यवस्था अपरिहार्य छ भन्नुभयो ।
ज्येष्ठ नागरिकको सेवाका लागि नयाँ पुस्तालाई विभिन्न विषयमा तालिम दिनुपर्ने आवश्यकता औँल्याउँदै अध्यक्ष बिजुक्छँेले पुँजीवादी सरकारले नागरिकको सेवा र सुरक्षामा ध्यान दिँदैन भन्नुभयो । उहाँले भन्नुभयो, “जनताको सांस्कृतिक स्तर उठाउनका लागि सहकारी संस्थाले स्वदेशी र विदेशी भाषाको तालिम दिनुपर्छ । कुटिर उद्योग सञ्चालन गर्न सहकारीबीच छलफल आवश्यक छ ।”
अध्यक्ष बिजुक्छँेले सहकारी संस्थाले लेखा तालिमबाहेक अर्थशास्त्र, राजनीतिशास्त्र, समाजशास्त्र आदि विषयमा विविध तालिम सञ्चालन गरी समाजलाई शिक्षित गर्नुपर्छ भन्नुभयो ।
भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी सङ्घ लि.का कोषाध्यक्ष कान्छाभक्त घजूले समुदायमा आधारित सहकारी संस्थाले सामाजिक क्षेत्रमा काम गर्नुपर्छ भन्दै संरक्षित पुँजी कोष फिर्ता र शेयर बोनस कोषको १५ प्रतिशत लाभांश दिनु सकारात्मक हो भन्नुभयो ।
संस्थाका अध्यक्ष ज्ञानकृष्ण बुढाको सभापतित्वमा भएको साधारणसभामा कोपिला साकोसका विक्रम वैद्य, सिद्धिकाली साकोसका वीरकृष्ण प्रजापति, कलश साकोसका कृष्णभक्त पां, थिवोदिन साकोसका पे्रमजन थापा श्रेष्ठ, महालक्ष्मी साकोसका द्रव्य जयना, धर्मपुर साकोसका दिलकृष्ण बाटाले शुभकामना मन्तव्य दिनुभएको थियो । द्योमा जगत वृद्धाश्रमका अध्यक्ष पे्रमचन्द्र अदुवाले पनि बोल्नुभएको सो साधारणसभामा संस्थाका सदस्य हरिकृष्ण भासिक, अमर दली श्रेष्ठले संस्थाको गतिविधिबारे प्रकाश पार्नुभयो ।
सोही दिन सम्पन्न बन्द सत्रले सचिव केदार खड्काद्वारा प्रस्तुत प्रगति प्रतिवेदन, कोषाध्यक्ष सुरेन्द्र थाद्वारा प्रस्तुत आर्थिक प्रतिवेदन, प्रकाश नोकू श्रेष्ठद्वारा प्रस्तुत लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन पारित ग¥यो । आगामी चार वर्षका लागि केदार खड्काको अध्यक्षतामा सञ्चालक समिति चयन ग¥यो । त्यस्तै प्रकाश नोकू श्रेष्ठको संयोजकत्वमा लेखा सुपरिवेक्षण समिति चयन गरियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *