तीनमहिने चित्रकला तालिमको समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम
- कार्तिक १०, २०८२
भक्तपुर, २५ मङ्सिर । वागीश्वरी कलेजको नवौँ कलेज सभा शनिबार भयो । कलेज व्यवस्थापन समितिका अध्यक्ष सुनिल प्रजापतिको सभापतित्वमा भएको सभामा उहाँले पुनः काम गर्ने अवसर दिइएकोमा आभार व्यक्त गर्नुभयो ।
उहाँले आगामी दिन थप व्यवस्थित ढङ्गले काम गर्ने प्रतिबद्धताका साथ भक्तपुरको शैक्षिक प्रगतिलाई बौद्धिक जगतले मिहीनरूपमा हेरिरहेको हुँदा सोहीअनुरूप सचेत र सक्रिय हुनुपर्ने बताउनुभयो ।
कोरोना महामारीको बेला अक्सिजन अभाव हुँदा वागीश्वरी स्कूल र कलेजबाट सुरु भएको आर्थिक सहयोग सङ्कलन अन्ततः करोडौँ रकम सङ्कलन भई आज निःशुल्करूपमा जनताले अक्सिजन पाइरहेको चर्चा गर्दै उहाँले कलेजले पठनपाठनका अतिरिक्त जनताको थप सेवा गरेकोमा सहयोगी सबैप्रति हार्दिक आभार व्यक्त गर्नुभयो ।
शिक्षामा विदेशी लगानीप्रति सचेत हुनुपर्ने औँल्याउँदै उहाँले विदेशीसँग प्रतिस्पर्धा गर्नसक्ने जनशक्ति उत्पादन गर्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले भन्नुभयो, “सधैँ विदेशी र सरकारी मुख ताकिरहनुभन्दा आफ्नै बलबुत्तामा गरेको प्रगति बढी दिगो हुन्छ र त्यसमा अपनत्व भाव धेरै हुन्छ ।”
अनुसन्धानमा छुट्याइएको रु. २८ लाख बजेट खर्च गर्न आवश्यक प्रक्रिया अगाडि बढाउन सुझाव दिँदै उहाँले अनुसन्धान आजको आवश्यकता हो भन्नुभयो ।
नेमकिपाले शिक्षालाई पहिलो प्राथमिकता दिँदै आएको हुँदा आज बौद्धिक जगतमा यसलाई ‘ख्वप मोडेल’ भन्न थालेको चर्चा गर्दै त्यो मोडेलभित्र वागीश्वरी कलेज पनि पर्ने उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो, “सरकारी नीतिमा एउटै परिसरमा शैक्षिक संस्था सञ्चालन गर्न नहुने भन्ने छ तर हामी एउटै संस्थामा पनि बिहान, दिउँसो र बेलुकाको सीट सञ्चालन गरेर भवनलाई अधिकतम उपयोग गर्छाैँ । सरकार स–साना स्कूल मर्ज गर्न खोज्छ, हामी स–साना स्कूललाई सबल बनाउन खोज्छौँ । यही हाम्रो विशेषता हो ।”
वागीश्वरी स्कूलले सिद्धि शारदा प्रावि सबल बनाएजस्तै अब गणेश मावि भार्वाचोले उदय प्राविलाई सबल बनाउन जिम्मा दिएको पनि उहाँले जानकारी दिनुभयो ।
सभामा संविधान सभासद् अनुराधा थापामगरले कलेजले देशभक्त नागरिक तयार गर्न सकोस् भनी शुभेच्छा व्यक्त गर्नुभयो । बाग्मती प्रदेशसभा सदस्य सिर्जना सैंजूले विद्यार्थीलाई पाठ्यपुस्तकमा मात्र सीमित नगरी देशी र विदेशी समसामयिक विषयमा अद्यावधिक गरिराख्नुपर्ने विचार राख्दै राष्ट्रघाती एमसीसीविरुद्ध सम्पूर्ण विद्यार्थीलाई जागरुक बनाउनुपर्नेमा जोड दिनुभयो ।
भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले भक्तपुर शैक्षिक गन्तव्यको रूपमा विकास भइरहेको सन्दर्भमा वागीश्वरी कलेजको पनि महत्वपूर्ण योगदान रहेको बताउनुभयो । वडाध्यक्ष रवीन्द्र ज्याख्वले सामूहिक नेतृत्वबाटै कलेजको प्रगति सम्भव भएको बताउनुभयो ।
प्राचार्य धनकुमार श्रेष्ठले सभामा अनुमोदनका लागि कलेज व्यवस्थापन समिति साविकको कार्यकाल थप गर्ने, कलेज विधान पारित गर्ने, आगामी पाँच वर्षको रणनीतिक योजना पारित गर्ने र २०७८÷०७९ को बजेटका साथै ०७७÷०७८ को लेखा प्रतिवेदन अनुमोदन गर्ने प्रस्ताव पेश गर्नुभयो ।
प्रस्तावित चारओटै प्रस्तावहरू आवश्यक संशोधनसहित सभाले पारित गरेको छ ।
सभामा वागीश्वरी माविका प्रधानाध्यापक कृष्णप्रसाद धन्छा, संयोजक ज्ञानसागर प्रजापति, सभाका सदस्यहरू डा. राजुभाइ त्यात, डा. किशोर हाकुदुवाल, डा. बलराम दुवालले पनि विभिन्न सुझावहरू दिनुभएको थियो ।
Leave a Reply