रोबोटले तोड्यो म्याराथनमा मानव कीर्तिमान
- बैशाख ६, २०८३
न्यु योर्क, ११ डिसेम्बर (एएफपी) । अमेरिकाको दक्षिणपूर्वी राज्य केन्टकीमा आएको आँधीबेहरीका कारण कम्तीमा ५० जनाको मृत्यु भएको केन्टकीका गभर्नरले शनिबार पुष्टि गरेका छन् । स्थानीय समयअनुसार शनिबार बिहानै सुरू भएको आँधीले देशका विभिन्न भागमा तहसनहस बनाएको उनले सञ्चारकर्मीहरूलाई बताएका छन् ।
गभर्नर एण्डी बेशरले भने, “केन्टकीका धेरै काउन्टीहरू राज्यबाट ३०० किलोमिटरकाभन्दा बढी क्षेत्रमा फैलिएको आँधीबेहरीका कारण तहसनहस भएका छन् । थप विवरणहरू आउने क्रम जारी रहेकोले क्षतिको एकीन विवरण आउन अझै केही समय लाग्ने देखिएको छ ।” मिसौरी, अर्कान्सास, केन्टकी र टेनेसीमा आँधीको बढी प्रभाव परेको बताइएको छ ।.
सोही रात इलिनोइ राज्यस्थित अमेजन कम्पनीको गोदाममा हुरीबतास चल्दा करीब १०० जना कामदार कम्पनीको गोदामभित्र थुनिएका स्थानीय सञ्चार माध्यमले बताएका छन् ।
“करिब ५० भन्दा बढी व्यक्तिले ज्यान गुमाएका छन् । आँधीका कारण ज्यान गुमाउनेको सङ्ख्या ७० देखि १०० को बीचमा रहेका अपुष्ट खबरहरू प्राप्त भएका छन्”, बेशरले बताए ।
आँधीले पु¥याएको उक्त क्षतिलाई केन्टकीको इतिहासमा ‘गम्भीर तहसनहसको घटना’ भएको उनले बताए । आँधीका कारण मेफील्ड शहरमा एउटा मैनबत्ती कारखानाको छाना भत्किएको र ठूलो सङ्ख्यामा क्षति भएको गभर्नर बेशरले जानकारी दिए ।
मेफील्डबाट सामाजिक सञ्जालमा पोष्ट गरिएका तस्वीर तथा भिडियोहरूले आँधीले भवनहरू टुक्रा–टुक्रा पारेको देखाइएको छ । आँधीपछि सडकमा फलाम, रूख र इटाका टुक्राहरू छरिएका छन् । अमेरिकी समाचार च्यानलहरूमा सम्प्रेषित दृश्यचित्रहरूमा आँधीले धुलोको कालो मुस्लो जमिनबाट माथिसम्म उडाएको देखाइएको छ । बेशरले मध्यरातअघि नै आफूले केन्टुकीका कारण सङ्कट निम्त्याएको घोषणा गरेको बताउनुभयो । त्यस क्षेत्रमा विद्युत् विनाश जारी रहँदा मानिसहरूको ज्यान जोगाउन थुप्रै खोज तथा उद्धार अधिकारीहरू पठाइएको कुरा पनि उनले बताए ।
Leave a Reply