रोबोटले तोड्यो म्याराथनमा मानव कीर्तिमान
- बैशाख ६, २०८३
रत्ननगर, २५ मङ्सिर । नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घको ५२ औँ स्थापना दिवसको अवसरमा नेक्राविसङ्घ चौथो जिल्ला सम्मेलन तयारी समिति चितवनको आयोजनामा जिल्ला भेला एवं प्रशिक्षण कार्यक्रम भयो ।
कार्यक्रममा नेमकिपा चितवन जिल्लाका उपाध्यक्ष राजकुमार श्रेष्ठले राजनैतिक सङ्घर्षबाहेक कामदार जनताको मुक्तिको बाटो अरू विकल्प नभएकोले युवा विद्यार्थीहरू समाजवादी राज्य व्यवस्था प्राप्त गर्नको निम्ति निरन्तर लाग्नुपर्ने बताउनुभयो । उहाँले पँुजीवादी विकृति विसङ्गतिलाई तोड्दै आदर्श समाज निर्माणतर्फ युवा – विद्यार्थी अघि बढ्नुपर्छ वैदेशिक हस्तक्षेपविरुद्ध डटेर सङ्घर्ष गर्नुपर्छ भन्नुभयो ।
कार्यक्रममा नेक्राविसङ्घका केन्द्रीय सदस्य खेमराज दाहालले नेक्राविसङ्घले स्थापना कालदेखि नै निःशुल्क, अनिवार्य र व्यवहारिक शिक्षाको निम्ति सङ्घर्ष गर्दै आएको बताउनुभयो । भारतीय विस्तारवादले नेपालको नवलपरासीको सुस्ता भूमि मिच्दै गर्दा, विद्यार्थी मोर्चामा देखिएका द्यौसीवादविरुद्ध र नेपाली भूमि सुरक्षा गर्ने सङ्घर्षको सिलसिलामा नेक्राविसङ्घको स्थापना भएको उहाँले प्रस्ट पार्नुभयो । शासक दलहरूले देशघाती एमसीसी सम्झौता पास गर्न लाग्दा पनि मौन बस्ने ठूला विद्यार्थी सङ्गठनहरूमा देशभक्ति भावना नभएको उहाँले बताउनुभयो ।
नेपाल क्रान्तिकारी युवा सङ्घ चितवनका अध्यक्ष ज्ञानेन्द्र चेपाङले समाज परिवर्तन गर्न युवा – विद्यार्थीहरू राजनैतिकरूपमा सचेत र सङ्गठित भएर लाग्नुपर्ने बताउनुभयो ।
नेक्राविसङ्घ चौथो जिल्ला सम्मेलन तयारी समितिका संयोजक अर्जुन चेपाङले माघ २२ र २३ गते हुन गइरहेको चितवन जिल्ला सम्मेलन सफल बनाउन आग्रह गर्नुभयो
Leave a Reply