भर्खरै :

एमसीसीको विरोधमा प्रस्तुतीकरण प्रतियोगिता

भक्तपुर, २५ मंसिर । नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घको स्थापना दिवसको अवसरमा शुक्रबार नेक्राविसङ्घ आठौँं मा.वि. जिल्ला सम्मेलन तयारी समितिको आयोजनामा देशघाती एमसीसी विषयमा अन्तरविद्यालय प्रस्तुतिकरण प्रतियोगिता सम्पन्न भयो ।
प्रतियोगितामा नेपाल क्रान्तिकारी शिक्षक सङ्घका केन्द्रीय अध्यक्ष ज्ञानसागर प्रजापतिले प्रविधिको युगमा नयाँ पुस्ताले प्रविधिको सदुपयोग गरी कार्यक्रम गरेकोमा खुसी व्यक्त गर्दै निरन्तरताको शुभकामना व्यक्त गर्नुभयो ।
उहाँले भन्नुभयो, “एमसीसी सम्झौताको कारण देशको सार्वभौमिकतामाथि नै आँच आउने भएकोले यसलाई खारेज गर्नुपर्छ ।”
सहयोगको नाममा केही संरचना बनाइदिएका देशले आफूहरूले सहयोग गरेको सहर भनी यहाँको नियमविपरीत जान खोज्दा त्यसलाई नियन्त्रण गर्न गा¥हो भएको अनुभव सुनाउँदै उहाँले सित्तैमा दिएको कुनै पनि सहयोग लिँदा र त्यसले भविष्यमा पार्ने असरबारे सचेत हुनुपर्ने बताउनुभयो ।
नेक्राविसङ्घका केन्द्रीय संयोजक प्रकाश गुरूङले विद्यार्थी शैक्षिक क्षेत्रसँगसँगै विविध अतिरिक्र क्रियाकलापमा सक्रिय हुनुपर्ने आवश्यकता औल्याउँदै प्र्रत्येक विद्यार्थी पाठ्यक्रममात्र सीमित हुन नहुने धारणा राख्नुभयो ।
देशघाती एमसीसी सम्झौता विरुद्ध विद्यार्थीले आफू अध्ययरत स्कूल र क्याम्पसमा छलफल चलाई बढीभन्दा बढी जनतालाई सचेत पार्नु अहिलेको आवश्यकता हो, उहाँले भन्नुभयो ।
प्रतियोगितामा वागीश्वरी माविका सुस्मिता दरनाल र सञ्जिवनी खड्काको समूह प्रथम, त्यस्तै वागीश्वरी माविकै उत्तरा कार्की र सुदिप खत्रीको समूह द्वितीय, मोर्डन ई स्कूलका विनायक खड्का र सयोज खड्का तृतीय भए ।
विजयी प्रतियोगिहरूलाई अतिथि प्रजापतिले मेडल, प्रमाण–पत्र र पुरस्कार तथा सहभागीलाई धन्यवाद–पत्र वितरण गर्नुभएको थियो ।
पुरस्कार वितरण कार्यक्रममा आयोजक समितिका संयोजक रीतिष्णा दुवाल, नेक्राविसङ्घ २३ औँ भक्तपुर जिल्ला सम्मेलन तयारी समितिका सदस्य सविता त्वानाबासु, विशाल शाह, राज श्रेष्ठ, सानिया देसेमरूलगायतले बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *