नयाँ प्यालेस्टिनी नेताका लागि इजरायली जेलमा रहेका नेता बरघोटीको चर्चा
- बैशाख ११, २०८३
भक्तपुर, २६ मङ्सिर । भक्तपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामलाल श्रेष्ठलाई बिदाइ गरिएको छ ।
भक्तपुर नगरपालिकाका नगर प्रमुख सुनिल प्रजापतिले धनगढी उपमहानगरपालिकामा उपसचिव पदबाट सहसचिव पदमा प्रथम श्रेणीमा बढुवा भई सरुवा हुनुभएका प्रमुख प्रशासकीय अधिकृत रामलाल श्रेष्ठलाई बिदाइ तथा बधाईज्ञापन गर्नुभएको हो ।
सोही क्रममा नगर प्रमुख प्रजापतिले भक्तपुरमा १ वर्ष ४ महिनाको कार्यकाल बिताउनुभएका श्रेष्ठलाई इमानदार कर्मचारीको रूपमा चित्रण गर्दै क्षमतावान कर्मचारीले आफू सेवा निवृत्त भइसकेपछि पनि देश र जनताको सेवा गर्नुपर्ने विचार व्यक्त गर्नुभयो ।
भ्रष्टाचार र अनियमित काम गर्ने कर्मचारीहरूप्रति नकारात्मक धारणा हुने उल्लेख गर्दै प्रमुख प्रजापतिले समयको परिपालनामा जनप्रतिनिधि र कर्मचारीहरूले विशेष ध्यान पु¥याउनुपर्ने बताउनुभयो ।
सङ्कटको समयमा व्यक्तिको सही मूल्याङ्कन हुने चर्चा गर्दै उहाँले ख्वप अस्पतालमा अक्सिजन प्लान्ट निर्माणको क्रममा जनताबाट पाएको आर्थिक र भौतिक सहयोगका कारण भक्तपुरका जनता र जनप्रतिनिधि एकताबद्ध छन् भन्ने बलियो आधार पुष्टि भएको बताउनुभयो ।
नगरपालिकाका उपप्रमुख रजनी जोशीले प्रमुख प्रशासकीय अधिकृत रामलाल श्रेष्ठ भक्तपुर नपाका कर्मचारीहरूका कुशल प्रशासक र मार्गदर्शकको रूपमा रहन सफल भएको बताउनुभयो ।
भक्तपुर नपाका प्रमुख प्रशासकीय अधिकृत रामलाल श्रेष्ठले भक्तपुर नगरपालिकाको बसाइ सुखद, सफल र प्रेरणादायी भएको उल्लेख गर्दै देशकै नमुना नगरपालिकामा बसी काम गर्न पाउनुमा गौरवान्वित महसुस भएको बताउनुभयो ।
भक्तपुर नगरपालिका देशको ७५३ वटा नगरपालिकाभन्दा कार्यशैलीगत हिसाबबाट फरक र पृथक भएको चर्चा गर्दै उहाँले भक्तपुर नपाले स्वायत्तताको अभ्यास गर्दै समाजवादी दर्शनअनुसार गरेको कामबाट आफू प्रभावित भएको बताउनुभयो ।
कर्मचारीहरूले आफ्नो दक्षता अभिवृद्धि गर्न निरन्तर अध्ययनमा जोड दिनुपर्ने उहाँले बताउनुभयो ।
भक्तपुर नपा वडा नं. ७ का वडाध्यक्ष उकेश कवांले भक्तपुर नपाको उद्देश्य पूरा गर्ने काममा श्रेष्ठले खेलेको भूमिका सकारात्मक भएको बताउनुभयो ।
कार्यक्रममा भनपा ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्व, नेपाल नगरपालिका कर्मचारी एशोसियसन भक्तपुरका अध्यक्ष गौतमप्रसाद लासिवा र भक्तपुर नपाका प्रशासकीय अधिकृत दामोदर सुवालले श्रेष्ठको कार्यशैलीबाट नगरपालिको विकासमा पुगेको भूमिकाबारे प्रस्ट पार्नुभएको थियो ।
भक्तपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामलाल श्रेष्ठ २०७७ साल साउन २८ गते सुनवल नगरपालिकाबाट भक्तपुर नगरपालिकामा सरुवा भई आउनुभएको थियो ।
Leave a Reply