भर्खरै :

आज लक्ष्मीनरसिंह मन्दिरको शिलान्यास

भक्तपुर, २६ मङ्सिर । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा भक्तपुर नपा वडा नं. ४ मा अवस्थित लक्ष्मीनरसिंह मन्दिर पुनःनिर्माण निर्देशक समितिको बैठक आइतबार बस्यो ।
बैठकमा नगर प्रमुख प्रजापतिले विश्व सम्पदा सूचीमा सूचिकृत भक्तपुर नपा वडा नं. ४ गःहिटीस्थित प्राचीन सम्पदा लक्ष्मीनरसिंह मन्दिरको शिलान्यास मङ्सिर २७ गते सोमबार बिहान ८ः३० बजे नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) को प्रमुख आतिथ्यमा हुने जानकारी गराउनुभयो ।
बैठकले भक्तपुर नपा वडा नं. ४ गःहिटीस्थित प्राचीन सम्पदा लक्ष्मीनरसिंह मन्दिर पुनःनिर्माणको क्रममा प्रयोग भएका वा प्रयोग गरिने सामग्री तथा सांस्कृतिक एवम् ऐतिहासिक महत्वका सामग्रीहरूको व्यवस्थित अभिलेखीकरण गरी भक्तपुर नगरपालिका, जिल्ला प्रशासन कार्यालय भक्तपुर, महानगरीय प्रहरी परिसर भक्तपुर, गुठी संस्थान भक्तपुर र पुरातत्व विभागको कार्यालय भक्तपुरमा एक एक प्रति सुरक्षित राख्ने निर्णय ग¥यो ।
बैठकले लक्ष्मीनरसिंह मन्दिर पुनःनिर्माण कार्यको क्रममा आवश्यक सुरक्षा व्यवस्था थप प्रभावकारी बनाउन आवश्यक सुरक्षाको प्रबन्धको जिम्मेवारी जिल्ला प्रशासन कार्यालय भक्तपुर र महानगरीय प्रहरी परिसर भक्तपुरलाई दिने निर्णय गर्यो ।
मन्दिर पुनःनिर्माणको लागि स्वेच्छाले आर्थिक सहयोग, चन्दा, दान दातव्य दिन चाहने तथा श्रमदान गर्न सङ्घ संस्था, गुठी, टीम, क्लव तथा सर्वसाधारण जनतालाई सहयोगको लागि आह्वान गर्ने बैठकले निर्णय ग¥यो ।
बैठकमा लक्ष्मीनरसिंह मन्दिर पुनःनिर्माण उपभोक्ता समितिका अध्यक्ष शिवराम किजुले पुनःनिर्माणसम्बन्धी हालसम्मको कार्य प्रगति विवरण प्रस्तुत गर्नुभयो ।
प्रस्तुत प्रतिवेदनअनुसार हालसम्म उक्त मन्दिर पुनःनिर्माणको लागि रु. ९४ लाख ९० हजार ५३÷७३ खर्च भइसकेको र मन्दिर पुनःनिर्माण कार्य शुभारम्भदेखि हालसम्म रु. २ लाख ३९ हजार ७१ आर्थिक सहयोग उठेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *