भर्खरै :

राम्रो प्रतिफलको लागि राम्रै काम

साँच्चै २०७८ सालको मूल्याङ्कन गर्ने हो भने यो साल नेपालको राजनीतिक साल भएको छ भन्दा कसैलाई पनि कुनै आपत्ति होला जस्तो लाग्दैन । यसका बाछिटा अघिल्लो सालदेखिकै आउन लागेको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटनको सिफारिस गरे । राष्ट्रपतिले त्यो तत्कालै मानिन् । यसो अरू संसदीय दलका प्रमुख र अरू दलसँग सोधपुछ गर्ने कष्टसम्म पनि गरिनन् । तद्नुसार भटाभट अध्यादेशहरू आए जसमा संवैधानिक अङ्गका प्रमुखदेखि सदस्यहरू पनि भटाभट नियुक्त गरिए । संसद् नभएकोले संसदीय सुनवाइको विधि पु¥याउन परेन । सरकारले मनोमानीसँग आफ्ना मान्छे भर्ती ग¥यो । यसरी चरम विवादित मान्छेहरूको संवैधानिक नियुक्ति सदर भयो । यो नियुक्तिमा सरकारले नाङ्गो नाच नाच्यो । यही मौका पारेर सरकारले कैयाँै दृश्य अदृश्य ठेक्कापट्टा दियो । संसद् कायम भएको भए सरकारले त्यसरी नग्न नृत्य गर्न पाउँदैन थियो । अब प्रतिपक्ष तात्यो र सत्तापक्षले पनि यस्ता नितान्त पक्षपाती कामहरूको आँखा चिम्लेर समर्थन गरेन । फलतः नेपथ्यमा घर्षण सुरू भयो । संसद् विघटनविरूद्ध राजनीतिक पार्टी सर्वोच्च अदालत पुगे, संसद् पुनःस्थापना भयो । ओली सरकारलाई सरकार चलाउन असहज हुन लाग्यो । पुनः संसद् विघटनको सिफारिस गरी आम निर्वाचनको नयाँ मितिको घोषणा भयो । फेरि पुनःस्थापनाका मुद्दा प¥यो । संवैधानिक अदालतले पुनः संसद् पुनःस्थापनामात्र गरेन, एक साताभित्र शेरबहादुर देउवाको प्रधानमन्त्रीत्वमा नयाँ सरकार बनाउनु भन्ने अध्यादेश भयो ।
राजनीतिले राजनीति छोड्ने पो हो कि ङ्क
अब अर्को राजनीतिक दङ्गल प्रारम्भ भयो । अदालतले नै दुई कम्युनिस्ट पार्टीको एकीकरणलाई मान्यता दिएन । तब पार्टी विभाजन भए, एमाले र एकीकृत माओवादी पार्टी भए । यो निर्णयलाई दसै दिशाबाट तीव्र विरोध भयो । पार्टी फोर्ने, प्रधानमन्त्री छान्ने संसद्को सर्वोच्च अधिकार अदालतले अपहरण ग¥यो । राम्रो राम्रो सारै नै राम्रो भनिएको संविधानले प्रधानमन्त्री छान्ने अधिकार जोगाउन सकेन । यो राजनीति एकातिर स्पष्ट छ तर अर्कोतिर राजनीतिक पार्टीहरू पनि ऐन–कानुन पार्टीको विधानअनुसार सञ्चालन हुनुपर्ने भएकोले धेरै वटा राजनीतिक पार्टीहरूले पार्टीको महाधिवेशन नगरी भएन । मालेदेखि राप्रपा, एमाले र काङ्ग्रेसले यही मंसिर महिनामा आ–आफ्ना पार्टीका महाधिवेशन गरेर पार्टी वैध बनाए भने माओवादी केन्द्रको महाधिवेशन आउँदो पुस ११ देखि १३ गते काठमाडौँमा गर्दै छ । अरू केही पार्टीहरू पनि यथासक्य महाधिवेशन गर्दै छन् । नेपाली काङ्ग्रेसले समयमै १४ औँ महाधिवेशन गरेको भए पहिले नै भइसक्थ्यो । यो घचारो अहिले हुँदैनथ्यो । नेपाली काङ्ग्रेसको नेतृत्व छानेको मतदान हिजोमात्र भएकोले त्यो के के भए उल्लेख गर्न सम्भव भएन । अबको काङ्ग्रेस कसको काङ्ग्रेस भयो लेख्न सम्भव भएन । सरसरती हेर्दा सत्तालोलुप पार्टीहरू जनताका पार्टी भएनन् ठेकेदार, उद्योगी, व्यापारी र जसरी पनि कमाउनेहरूले कब्जा गर्ने होड चलेको छ । यस्ता कमाउ प्रवृत्तिको कब्जामा परेका राजनीतिक दलले जनताको के कस्तो सेवा गर्ने हुन् वा कमाउनेमात्र हुन् हेर्न बाँकी नै छ ।
खाए नखाएको हेर्ने संस्कार थियो 
नेपाली काङ्ग्रेसको राजनीतिक परिवर्तनमा निर्णायक भूमिका निर्वाह गर्न सक्ने पार्टी थियो । त्यो पार्टीको नेतृत्व धेरै वर्षसम्म विश्वेश्वरप्रसाद कोइरालाले गरे, सुवर्णशमशेरले गरे, गणेशमानजीले गरे, अर्को कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइरालाहरूले काङ्ग्रेस पार्टीलाई नेतृत्व दिएका थिए । फेरि अर्को पुस्तामा नेतृत्व स¥यो । सुशीलप्रसाद कोइराला, शेरबहादुर देउवा, विजय गच्छेदारको हातमा हस्तान्तरण भयो नेतृत्व । नेपाली काङ्ग्रेसमा महेन्द्रनारायण निधि, रामनारायण मिश्र, कुलबहादुर गुरूङहरू पनि नेपाली काङ्ग्रेसलाई हुर्काउने, हिडाउने, दौडाउनेमा थिए । सूर्यप्रसाद उपाध्याय, जगन्नाथ आचार्यहरू नेपाली काङ्ग्रेसलाई दुख्दा यिनीहरूलाई दुख्थ्यो । काङ्ग्रेस बलियो हुँदा यी नेता बलियो हुन्थे । भूमिपतिहरू प्रशस्त थिए काङ्ग्रेसमा । केही मान्छे आफ्नो जग्गा जमिन जोगाउन नेपाली काङ्ग्रेसमा लागेका थिए भने कैयौँ भूमिहीनहरू जग्गा पाउन काङ्ग्रेस भएका थिए । सुदूर पश्चिमका प्रायः धेरै जग्गा जमिनहरू जग्गा दिन होइन जग्गा जोगाउन नेपाली काङ्ग्रेस भएका थिए । तथापि राजनीतिमा एक प्रकारको आस्था थियो, निष्ठा थियो, विश्वास थियो । त्यतिबेला रमिते काङ्ग्रेस कम हुन्थे । आज काङ्ग्रेसमात्र होइन कम्युनिस्ट पार्टी समेतमा रमितेहरू धेरै हुन थाले । यो कुरा पार्टी नेतृत्वमा पुगेका प्रायः सबैलाई थाहा हुन्छ । हिजो दमन ढुङ्गानाहरूलाई राम्ररी थाहा छ र राजनीतिक चरित्र भएका कर्याकर्ताहरू र राजनीतिमा चरित्र नभएका कार्यकर्ताहरूमा कति ठूलो अन्तर छ । रोग नलागेका कार्यकर्ता भेट्टाउन धौ धौ हुन्थ्यो । कार्यकर्ता नेताहरूले खाए नखाएको हेर्ने भने नेताहरू कार्यकर्ताहरूको सुख–दुःख हेर्थे । तब न पार्टी थियो, नेतृत्व थियो । बिनाकार्यकर्ता नेतृत्व हुँदैनथ्यो । आज त्यो संस्कार छैन, भए कति छ थाहा छैन । जीवन्तताका यी कुरा जरूरी छ ।
पार्टी पार्टी नै हुनुप¥यो
अस्ति शुक्रबार दिउँसोसम्म नेपाली काङ्ग्रेसको सभापतिको लागि ६ जना उम्मेदवार थिए । युवराज न्यौपानेले अर्काे सभापतिका उम्मेदवार डा. शेखर कोइरालाको पक्षमा नाम फिर्ता लिएका छन् । को सभापतिमा निर्वाचित हुन्छ टुङ्गो छैन । तर, सभापति विजयी हुन खसेको जम्मा मतको ५० प्रतिशत मत प्राप्त गर्नु जरूरी छ । कुनै उम्मेदवारले ५० प्रतिशत मत पाएन भने सबभन्दा बढी मत प्राप्त गर्ने दुई प्रत्याशीबीच पुनः मतदान गर्नु जरूरी छ । यसर्थ नेपाली काङ्ग्रेसको सभापतिका पाँच उम्मेदवारमध्ये कसले बाजी मार्छ त्यो भन्न सकिँदैन । तर, जीत सजिलो छैन, जे हुँदा पनि नेपाली काङ्ग्रेस बलियो भयो भने अरु पार्टी बलियो पनि बलियो हुनैपर्छ । प्रत्यक्षतः नेपाली काङ्ग्रेसको सम्मेलन हो तर अरू पार्टी पनि हुँडलिएका छन् । प्रत्यक्ष देखिएको एउटा पार्टीको सम्मेलन तर परोक्षमा धेरै पार्टीको सम्मेलन हो भन्यो भने के पो अन्यथा होला र ? राजनीति पार्टीको हुनुपर्ने कुरा भएका छैनन्, नहुनुपर्ने कुरा भइरहेका छन् । पुस्तान्तरको ठूलो आवाज नउठेको होइन तर के हुने छलफल हुँदैन भए पनि नगण्य हुन्छ । काङ्ग्रेस, काङ्ग्रेस हुन निकै दरो हुनुपर्ने तर छैन । जब काङ्ग्रेस काङ्ग्रेस हुन्छ भन्ने देश बन्नेतिर लाग्ने वातावरण हुनुपर्छ । राजनीतिक पार्टीले नै राजनीति गर्ने हो यो तथ्य सबैलाई थाहा हुनुपर्ने हो । थाहा भए पनि थाहा नभए पनि नखरा गर्ने पनि बानी छ । राजनीति नखरा गर्ने मञ्च होइन । के राजनीतिक दलले साँच्चै राजनीति गर्ने वातावरण बनाउने गर्नुपर्छ । राजनीति सही हुन मान्छेहरूले सही राजनीति नै गर्नुपर्छ । तर, शासक पार्टीहरू सही राजनीति गर्नेतिर छैनन् । तसर्थ, राम्रो प्रतिफलको लागि राम्रै काम गर्नुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *