यिङस्युमा वैशाख १२ को सम्झना
- बैशाख ११, २०८३
लोकतन्त्रमा प्रथमतः जनताको सर्वोच्चता हुन्छ । यसमा सहनशीलता, व्यावहारिकता, सहकार्य र सम्झौताका गुणहरू हुन्छन् । यसमा बहुमतले शासन गर्ने भए पनि अल्पमतको अधिकार सुरक्षित हुन्छ । आधारभूत मानव अधिकारको सुनिश्चितता, स्वतन्त्र र निष्पक्ष निर्वाचन, संवैधानिक सीमाभित्रको सरकार आदि लोकतन्त्रका थप विशेषता हुन् । अनि सरकारका तीन अङ्गहरू–व्यवस्थापिका, कार्यपालिका र न्यायपालिका शक्ति पृथकीकरणको सिद्धान्तका आधारमा चल्छन् । लोकतन्त्रको परिभाषा र विशेषता सुन्दा र पढ्दा कति आनन्ददायी कुराहरू छन् ङ्क
हालसम्मका सत्तासीन दलहरूले देशमा राजनीतिक संस्कार बसाउनै सकेनन् । उल्टो यहाँ, लोकतन्त्रको निरन्तर धज्जी उडाइँदै छ । पञ्चायती प्रजातन्त्र, बहुदलीय प्रजातन्त्र हुँदै १७ हजारको मृत्यु र अरबौँको भौतिक नोक्सानीपछि दुईदुईपटक संविधानसभाको चुनाव गरी गणतन्त्र र २०७२ को संविधान ल्याइयो । यसरी ल्याइएको संविधानलाई ‘विश्वकै उत्कृष्ट संविधान’ का रूपमा व्याख्या गरियो । गणतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षता र समानुपातिकतालाई ‘महान् जनयुद्ध’ पछि प्राप्त ठूलो उपलब्धिको रूपमा बुझियो÷बुझाइयो, पढियो÷पढाइयो । तर, अहिले आएर गणतन्त्रलाई नेतागणको अनावश्यक उपस्थिति, सङ्घीयतालाई शासकीय भाग पु¥याउन गरिएको भौगोलिक विखण्डन तथा जनतामाथि करको भारी थप्ने माध्यम र धर्मनिरपेक्षतालाई अनावश्यक विवाद उत्पन्न गराउने विषय महसुस गर्न थालिएको छ ।
हुन पनि पछिल्लो समयमा राजनीति ज्यादै सौखिन, सानदार र आकर्षक पेसाको रूपमा विकसित हुँदै गएर अति नै घृणित धन्दाको रूपमा परिणत भएको छ । दुईतिहाइ नजिकको कम्युनिस्ट सरकार हुँदा पनि सधैँको सत्तामुखी स्वार्थले देशै कलहमय भयो । अन्ततः संविधानको मर्म र जनताको म्यान्डेटलाई एकातिर हु¥याएर किचकाच पारियो । अहोरात्र भ्रष्टाचार सुन्न अभ्यस्त नेपाली कानले, सङ्घदेखि प्रदेशसम्म रातदिन सत्तामुखी क्रियाकलाप, त्यसैको चर्चा र निन्दा पनि सुन्नुप¥यो । कहिले यता, कहिले उता ताली बजाउँदा बजाउँदै हामी जनता सधैँ यता न उताको भइराखियो । यो देशको शासकीय प्रणालीबाट राजनीतिक सिद्धान्त, विचार, मूल्यमान्यता, आचरण निष्ठा, त्याग नभेटिने गरी बेपत्ता भए । सत्ताकेन्द्रित स्वार्थका लागि पार्टी, गुट, समूह र व्यक्तिव्यक्तिबीचको अहम्ले सीमा नाघ्दा निरन्तर भाँडभैलो भई नै रह्यो । स्वार्थका लागि संविधानलाई खेलौना ठान्ने अनि सत्ताका लागि मिल्ने, छुट्टिने, टाँस्सिने, चोइटिने कथित् सत्तासिकारी राजनीतिक दलको विकल्प नै पाउन सकेनन् नेपाली जनताले । यता देश भने वैदेशिक रोजगार, परनिर्भरता, आयातमुखी व्यापार र विदेशी ऋणमा चलेको छ । प्रत्येक जनताले सन्ताउन्न हजारको ग¥हौँ ऋण बोकेर जीवन धान्नुपरेको छ ।
लोकतन्त्रमा शक्ति पृथकीकरणको सिद्धान्तअनुसार व्यवस्थापिका, कार्यपालिका र न्यायपालिका अलग अलग हुन्छन् । तर, हामीकहाँ भने ती सबै एउटै स्वभाव र प्रवृत्तिका तिम्ल्याहा सन्तानजस्ता भएका छन् । त्यसमा पनि, सबैको भरोसा र आशाको केन्द्र न्यायालयलाई मानिन्छ । यसैले त कुनै पनि अदालतमा विचारधीन मुद्दाको विषयमा टीकाटिप्पणी गर्न नपाइने कानुनी व्यवस्था नै गरिएको छ । तर, यहाँ त संसद भङ्ग गरिएको विषयमा आउने फैसलालाई लिएर हाम्रा नेताहरूले सडकबाटै न्यायाधीश बनेर फैसलाको धम्की दिए । पछिल्लो समयमा ‘परमादेश’ बाट बनेको सरकारपछि त ‘सर्वोच्च’ नै सत्ता साझेदार बन्न खोजेको कुरो छताछुल्ल भएर न्यायालय नै विवादास्पद, दुर्गन्धित र रणभूमि बन्यो । प्रधानन्यायाधीश नै जोगिएर कार्यकक्षभित्र प्रवेश गर्नुपर्ने अवस्था आयो । यसअघि फैसला गरिएका विभिन्न ३६ मुद्दा र दसवटा गम्भीर आरोपका कुरा पनि आए । तर, यसअघि देउवाकै प्रधानमन्त्रीत्वकालमा आफूहरूले भनेजस्तो नहुँदा प्रधानन्यायाधीश सुशीला कार्कीलाई महाअभियोग लगाइएकोमा अहिले यस्तो अवस्था सिर्जना हुँदा पनि त्यसबारे सोचिएन । यस्तो हुनुमा, शीर्षस्थ नेताहरू स्वयम्कै पोल खोलिएला भन्ने डर भएको कुरा प्रस्टै हुन्छ ।
प्रधानन्यायाधीशविनाको फुलकोर्टको बैठक बस्यो । नेपाल बार, सहकर्मी न्यायाधीशसमेतले उहाँलाई निःशेष गरे । सबै पेसाकर्मी, बुद्धिजीवी, नागरिक समाज प्रधानन्यायाधीशको विपक्षमा भएर सडकबाटै राजीनामा मागियो । तर, उहाँ आफ्नो अडानमा रहनुभयो । यसका पछाडि दह्रो राजनीतिक आधार नै त रहेको होला ङ्क
यसरी यो देशमा राम्रा र आशावादी कुराहरू हराएका छन् । कसका कमजोरी र बदमासी कति भन्ने कुराको मात्र दिनदिनै हिसाबकिताब हुन थालेको छ । चोखा र भरपर्दा कोही पनि देखिएनन्† न त कुनै राजनीतिक दल, न त कुनै पनि सरकारका अङ्ग र तिनका संयन्त्र, न त कोही कथित् राजनेता ङ्क सबै कर्तव्यविहीन ङ्क सबै धन र डनका पक्षपाती ङ्क सबै ‘ताक परे तिवारी नत्र गोतामे’ को पारामा चल्ने ङ्क सबै, परिस्थितिअनुसार पार्टी÷गुट÷समूह फेरिफेरि जनतालाई भ्रम छर्दै रजगज गर्न चाहने ङ्क सबै अहंतावादी ङ्क सबै विदेशी दलाल ङ्क मितव्ययी, देशप्रेमी र विकासप्रेमी बन्नुपर्नेमा फजुलखर्ची, विलासी, भ्रष्टाचारप्रेमी र भिडभाडप्रेमी ङ्क यस्तै एउटा भिडमा आफूहरू चोर रहेको कुराको ‘अनुमोदन’ र जो चोर उसैको ठूलो स्वर भन्ने उखान पनि चरितार्थ भएको छ ।
देशमा देखिएको यस्ता क्रियाकलापजन्य अवस्थालाई लोकतन्त्र–गणतन्त्र होइन, निरङ्कुशतन्त्र, स्वार्थतन्त्र र अराजकतन्त्र भनिन्छ । यो प्यारो र प्रकृतिको वरदान प्राप्त देशका जनताले सुखी र शान्त भएर बस्न पाउने दिन कहिले आउला ?
Leave a Reply