रोबोटले तोड्यो म्याराथनमा मानव कीर्तिमान
- बैशाख ६, २०८३
डिसेम्बर १५ मा रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र चीनका राष्ट्रपति सी चिनफिङबीच भएको श्रव्यदृश्य बैठकमा दुई नेताबीच बहुपक्षवादको प्रवद्र्धनको लागि सहकार्य गर्ने र मस्कोका जायज सुरक्षा मागलाई समर्थन गर्ने सहमति भएको छ । आगामी वर्ष सन् २०२२ मा हुने बेइजिङ शीत्कालीन ओलम्पिकमा दुई नेताहरू भेट्ने पनि बैठकमा तय भएको छ ।
“हामी दृढतापूर्वक एक अर्काका चासोका विषयलाई समर्थन गर्दै दुवैको प्रतिष्ठाको रक्षाको लागि प्रतिबद्धता व्यक्त गर्दछौँ”, बैठकमा सीले भने । “केही अन्तर्राष्ट्रिय शक्तिले चीन र रुसका आन्तरिक मामिलामा हस्तक्षेप गरिरहेका छन्, अन्तर्राष्ट्रिय कानुन र अन्तर्राष्ट्रिय सम्बन्धका स्थापित मान्यताको नराम्ररी खेदो खनिरहेका छन्”, उनले भने ।
वैदेशिक हस्तक्षेपविरुद्धको कुरा गर्ने योभन्दा उपयुक्त समय अर्को हुन सक्दैनथ्यो । रुसको कुरा गर्ने हो भने अहिले नाटो पूर्वतिर अघि बढ्न खोजिरहेको छ । रुसको चारैतिर हातहतियार थुपारिएको छ । रुसले सार्वभौम लक्ष्मणरेखा भन्दै आएको क्षेत्रबारे संरा अमेरिकासँग उसले भरपर्दो सम्झौता गर्न चाहेको छ । पुटिनले गरेको लिखित सुरक्षा सुनिश्चितताको मागलाई सीले समर्थन गरेका छन् । यो दुवै देशका साझा सुरक्षा चासोसँग सम्बन्धित विषय हुन् । उनीहरूले दिन खोजेको सन्देश प्रष्ट छः एकअर्काका सुरक्षा चासो जोगाउने विषयमा चीन र रुसलाई पश्चिमा देशहरूले न्यूनाङ्कन गर्न सक्दैन ।
सी र पुटिन दुवैले आपसी व्यापारको निम्ति उपयुक्त पूर्वाधार बनाउने र वित्तीयरूपमा स्वाधीन रहने कुरा पनि सही दिशातिरको पाइला हो । रुसले हमला वा उत्तेजना फैलाउन लागेको कल्पना गरेर रुसविरुद्ध एकपक्षीय नाकाबन्दी लगाउने पश्चिमा शक्तिहरूका धम्की खोक्रो छ ।
तर, बुधबारको बैठकमा दुई देशका नेताबीचको बैठकमा देखिएको समझदारीले रुस र चीनबीच विभाजन ल्याउने विदेशी शक्तिको प्रयास निष्फल बनाउने देखिएको छ । बरु दुई नेताले दुई पक्षीय सम्बन्धको दिगो विकास प्रबद्र्धन गर्ने चाहनाले पश्चिमा शक्तिहरूले तेर्साउन खोजेको आर्थिक धम्की पनि निष्फल हुने देखिएको छ ।
श्रव्यदृश्य बैठकले रुस वा चीन दुवै गुटगत राजनीति वा प्रजातन्त्रको नाममा गुट बनाएर अरूसँग प्रतिस्पर्धा गर्ने कुराको प्रवद्र्धन गर्न महत्वपूर्ण भूमिका खेलेको छ । “कुनै पनि देश प्रजातान्त्रिक हो वा होइन र प्रजातन्त्रको उचित प्रयोग कसरी गर्ने भन्ने कुराको निर्धारण त्यही देशका जनताबाट हुनुपर्छ”, सीले बैठकमा भने । रुसले पनि गुटगत राजनीतिलाई ‘ज्यादै प्रत्युत्पादक’ हुनेमा सहमति जनाएको छ ।
सन् २०२२ को शीतकालीन ओलम्पिकमा संरा अमेरिकाले आफ्नो प्रतिनिधि नपठाउने निर्णयको प्रभाव फितलो बन्दै गएको छ । अर्को वर्ष हुने बेइजिङ ओलम्पिकमा रुसका राष्ट्रपति पुटिन आफै सहभागी बन्ने वचन दिएका छन् । फ्रान्स पनि संरा अमेरिकी चीनविरोधी कदमको विपक्षमा उभिने निर्णय गरेको छ ।
पुटिनले खेलकुद र सिङ्गो ओलम्पिकलाई राजनीतिकरण गर्ने कदमको विरोधमा एकै ठाउँमा उभिने घोषणा गर्नु सही अडान हो । पुटिनले बैठकमा रुस र चीनबीचको सम्बन्धले अन्तर्राष्ट्रिय खेलकुदमा सहकार्यमा जोड दिनुका साथै खेलकुदमा राजनीतिकरणका कुनै पनि प्रयासलाई अस्वीकार गरेको छ । यसले संरा अमेरिका र उसका पिछलग्गु देशहरूले खेलकुदमा गर्न खोजेको खराब नीतिलाई असफल बनाएको छ ।
बैठकमा सी र पुटिनले एक आपसको आन्तरिक मामिलामा अहस्तक्षेपले सहकार्यलाई दरिलो बनाउने आधार भएको प्रष्ट पारे । “एक अर्काको आन्तरिक मामिलामा अहस्तक्षेपजस्ता सिद्धान्तमा आधारित भएर हामीले सहकार्यको नयाँ ढाँचा बनाएका छौँ”, बैठकमा पुटिनले भने ।
दुवै देशले आर्थिक र व्यापार, अन्तरीक्ष, उर्जा र प्रविधिमा सहकार्य अघि बढाउने निधो गर्नुले रणनीतिक साझेदारीसम्मको यात्रामा दुवै देश जान तयार रहेको देखाएको छ ।
संवेदनशीलता र सार्वभौम हितमा आधारित सबै परिस्थितिमा बलियो सम्बन्ध अझ प्रगतिको बाटोमा अघि बढिरहेको बुधबारको बैठकले देखाएको छ ।
(लेखक संरा अमेरिकाको मेरिल्याण्ड विश्वविद्यालयका विद्यार्थी तथा इस्लामाबाद नीति अध्ययन प्रतिष्ठानका अध्ययता हुनुहुन्छ)
स्रोत : सीजीटीएन
नेपाली अनुवाद : सुमन
Leave a Reply