जनतालाई उत्पादन बढाउन उत्साहित गरेमा देशको अर्थतन्त्र चलायमान हुने
- श्रावण १, २०८३
भक्तपुर नगरपालिकाले सिद्धपोखरीमा चलाएको डुङ्गा अहिले त्यहीँको व्यायाम पार्कमा थन्किएको देख्दा दुःख लाग्यो । निकै तामझामसहित सुरु गरिएको जलबिहार लकडाउनको समयमा बन्द भयो । तर, लकडाउन खुलेर अहिले सबै क्षेत्र सुचारु छ । जलबिहार फेरि सुरु भएन । डुङ्गालाई व्यायामपार्कमा डोरीले बाँधेर कैदी बनाइएको छ । डुङ्गा चलाउँदा सिद्धपोखरीमा विशेषतः शनिबार र अन्य बिदाको दिन पर्यटकहरूको सङ्ख्या बढेको थियो । उपत्यकाका विभिन्न ठाउँबाट त्यहाँ आउने मानिसहरू धेरै थिए । तर, अहिले बन्द हुँदा पर्यटकहरू कम हुनु स्वाभाविक हो ।
सिद्धपोखरीमा माछा हेर्न र माछालाई भुजिया खुवाउने मानिसहरू पनि धेरै हुन्थे । तर, सिद्धपोखरीमा माछा, अझ विभिन्न थरी र रङका माछा पालन बढाउन सके त्यो ठाउँको आकर्षण अझ बढ्ने थियो । तर, त्यतातिर नपाको खासै ध्यान गएको पाइएन ।
नगरपालिकाले त्यसरी नै प्रचारप्रसारसहित सुरु गरेका व्यायामपार्कहरू पनि अहिले बेवास्तामा परेका छन् । कतिपय व्यायाम पार्कका व्यायामका सामान काम नै नलाग्ने भएका छन् । अधिकांश सामानमा तेल राख्ने र बेलाबेला मर्मत नगरिँदा बिग्रने वा चलाउन गाह«ो भएको छ । कतिपय व्यायाम पार्कमा व्यायाम गर्ने मानिस नै छैन । कतिपय व्यायाम पार्कका सामानमा स–साना बच्चाहरू खेलिरहेको देख्दा कुनै दुर्घटना हुनसक्ने चिन्ता लाग्ने अवस्था छ ।
सिद्धपोखरीमा बनेको शौचालयलाई एउटा सञ्चारमाध्यमले ‘मन्दिर जस्तो शौचालय’ भनी समाचार लेख्दा खुसी लागेको थियो । तर, शौचालय बन्द हुने भएकोले प्रातःकालीन भ्रमणमा आउने मानिसले त्यसको प्रयोग गर्न पाएका छैनन् ।
कुनै पनि काम सुरु गर्नुभन्दा निरन्तरता दिन गाह«ो हुन्छ । जनप्रतिनिधिहरूले राम्रो सोचाइबाट सुरु गरेका यस्ता काममा जिम्मेवार शाखा र नपाले स्याहार गर्नमा ध्यान नदिंदा कतिपय काम सस्तो लोकप्रियताको काम हुन गएको छ । यसबारे सम्बन्धित क्षेत्रले विचार गर्नुपर्ने सुझाव दिन चाहन्छु ।
Leave a Reply