विल्हेम वेट्लिङबारे सङ्क्षिप्त जीवनी
- श्रावण १, २०८३
प्रिय सम्पादकज्यू,
श्रमिक, साप्ताहिक, काठमाडौँ ।
भारतीय जनता पार्टीका पूर्वअध्यक्ष, अहिले मोदी सरकारको तेस्रो वरियताका मन्त्री अर्थात् रक्षामन्त्री राजनाथ सिंहले मंसिर महिनाको अन्ततिर भारतको देहरादुनस्थित गुनियाल गाउँमा बनाउन लागिएको सैन्य धामको भूमिपूजाको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा ‘नेपाल र भारतबीचको सम्बन्ध बिगार्न केही शक्ति लागिरहेको’ टिप्पणी गरे (नेपाल समाचारपत्र – १ पुस २०७८) ।
‘नेपाल – भारत सम्बन्ध बिगार्न केही शक्ति सक्रिय’ शीर्षकको त्यस समाचारमा मन्त्री सिंहको भनाइलाई भारतीय सञ्चारमाध्यमहरूले यसरी उल्लेख गरे – “सरकारी प्रतिनिधिको हैसियतले म तपाईँहरूलाई भन्न चाहन्छु, चाहे जे सुकै होस्, हामीले शिरै झुकाउन किन नपरोस् तर छिमेकी नेपालसँगको सम्बन्ध कहिल्यै टुट्न दिन्नौँ, सम्बन्ध बिग्रन कहिल्यै दिन्नौँ ।”
भारतीय समाचार एजेन्सीहरूका अनुसार मन्त्री सिंहले चीनको नाम नलिएरै केही शक्ति भारत र नेपालबीचको सम्बन्ध बिगार्न लागिपरेको बताएका थिए ।
मानसरोवर जानका लागि लिपुलेकको बाटो भएर पनि मिल्ने जिकिर गर्दै सिंहले तिब्बतको सम्बन्धमा भने फरक धारणा व्यक्त गरेको समाचारमा बताइएको छ । भारतीय सञ्चारमाध्यमले जनाएअनुसार रक्षामन्त्री सिंहले भने – “तिब्बतसँग भारतको भावनात्मक सम्बन्ध छ तर आज स्थिति परिवर्तन भइसकेको छ ।”
पश्चिमेली साम्राज्यवादी शक्तिहरूले एसियामा आ–आफ्ना उपनिवेशहरू कायम गर्न एसियाली छिमेकी देशहरूलाई स–साना मतभेदमा भिड्न लगाउँथे र आखिरमा दुवै छिमेकीहरूलाई कमजोर बनाएर एसियाली देशहरूलाई एक – एक गरेर उपनिवेश बनाए ।
बेलायती उपनिवेशमा भारतको स्वतन्त्रता आन्दोलनका नेताहरू समेत बेलायती संस्कृतिबाट प्रभावित थिए र स्वतन्त्रतापछि पनि भारतीय नेताहरूलाई हिन्दू र मुुसलमान, ठूलो जात र सानो जात, एक धर्म र अर्काे धर्मको नाममा जुधाइएको थियो, भारतलाई भारतीयहरूबाटै क्षति पु¥याइएको थियो । त्यस्तै, छिमेकी देशहरूलाई पनि तिनै पश्चिमी उपनिवेशवादीहरूले सीमाको किचलो, भाषा, धर्म, जात र स्वार्थ देखाउँदै भिडाएका थिए । भारतका दर्जनौँ – दर्जन राज्यहरूलाई बेलायती, फ्रान्सेली, डच आदि पश्चिमी उपनिवेशवादीहरूले आपसमा झगडा गराउँदै भारतमा २ सय वर्षसम्म शासन गरे । बेलायती साम्राज्यवादले भारत र नेपाल, भारत र चीन, भारत र पाकिस्तान, भारत र बर्मा, भारत र श्रीलङ्का, भारत र बङ्कलादेशको माझमा झगडाको बिउ छर्दै आपसमा मनमुटाव चालु राख्ने जालझेल ग¥यो ।
भारतीय स्वतन्त्रताको ७० वर्षपछि पनि पश्चिमी साम्राज्यवादीहरूले भारतीय जनता र छिमेकी देशहरूलाई मिल्न दिएका छैनन् । चाणक्यको ‘छिमेकी देश शत्रु हुन्छ’ भन्ने भनाइलाई अघि सार्दै एसियाली देशहरूलाई लडाउँदै छन् ।
नेपालभन्दा भारत क्षेत्रफल र जनसङ्ख्याको हिसाबमा ठूलो छ तर भारतले सुस्ता, लिम्पियाधुरा, कालापानी र लिपुलेकलगायत ७०–७१ ठाउँमा नेपाली भूमी दाबी गर्दै कब्जा गरेको छ । नेपाल र नेपाली जनता त्यसको विरोध गर्छन्, महाकाली सन्धि र टनकपुर सम्झौतामा नेपालमाथिको थिचोमिचो यथावत छ । नेपाली जनताले आफूले पुस्तौँदेखि खेतीपाती गरिआएको खेतबारी र भूमिमाथि भारतीय सीमा प्रहरी र गुन्डाहरूले दलबलसहित सशस्त्र हमला गरी बारम्बार लुटपाट मच्चाउँछन् र नेपाली जनतालाई सताउँछन् ।
आफ्नो खेत, बारी, घर र गाउँमा विदेशी सीमा प्रहरीका जवान आएर नेपाली भूमिमा सीमास्तम्भ गाड्ने र तारबार लगाउने, भारतीय प्रहरी र गुन्डाहरू आई पुरानो नेपाल–भारत सीमा स्तम्भ उखेली अर्काे गाउँ र ठाउँमा गाड्ने गर्दै आएका छन्, भारतीय सीमा चौकी बनाएका छन्, भारतीयहरूले घर बनाएका छन् र पसल राखेका छन् । त्यस्ता गतिविधिको विरोध गर्न र आफ्नो खेत, बारी, घर र भूमिको सुरक्षाको निम्ति सङ्घर्ष गर्न अरू कुनै देशले नेपाली जनतालाई भड्काउनु आवश्यक छैन । बरु भारत सरकारले छिमेकीहरूसँग बल देखाएर सीमा मिच्ने र बल प्रयोग गरी दुःख दिने काम रोक्नु आवश्यक छ ।
– एक नेपाली नागरिक
Leave a Reply