आणविक निरीक्षणमा इरानको अडान
- असार ९, २०८३
(हाम्रो अमेरिकाका लागि बोलिभारियाली मोर्चा – जनताको व्यापार सम्झौता (अल्बा – टीसीपी) को बीसौँ शिखर सम्मेलन क्युवाको राजधानी हवानामा मङ्गलबार ४४ बुँदे घोषणा पारित गर्दै सम्पन्न भयो । शिखर सम्मेलनमा क्युवाली राष्ट्रपति मिग्वेल डायज कानेल बर्मुडेज, भेनेजुयलाका राष्ट्रपति निकोलस माडुरो, निकारागुआका राष्ट्रपति ड्यानियल ओर्टेगा, बोलिभियाका राष्ट्रपति लुइस आर्सेलगायत क्षेत्रीय नौ वटा देशका राष्ट्रप्रमुख तथा सरकार प्रमुखहरूको उपस्थिति थियो ।
क्षेत्रीय सम्मेलनले क्षेत्रीय एकतामा जोड दिँदै साम्राज्यवादी हस्तक्षेप एवम् नवउदारवादको विरोधमा समाजवादी र समाजवादउन्मुख जनपक्षीय साझेदारी तथा सहयोगमा वृद्धि गर्दै जाने निर्णय गरेको छ । अल्बाको स्थापना तत्कालीन क्युवाली राष्ट्रपति फिडेल क्यास्ट्रो र भेनेजुयाली राष्ट्रपति ह्युगो चाभेजको पहलमा सन् २००४ मा भएको थियो । स्थापनाकालदेखि अल्बा–टीसीपीले ल्याटिन अमेरिकामा शान्तिको रक्षा र ल्याटिन अमेरिका तथा क्यारिबियाली देशहरूको एकताको रक्षा गर्दै आएको छ । बीसौँ शिखर सम्मेलनले ल्याटिन अमेरिका र क्यारिबियाली क्षेत्रको लागि वैकल्पिक प्रभुत्ववादविरोधी र सहभागितामूलक राजनीतिक सङ्गठनको रूपमा विकास गर्दै जाने निर्णय लिएको छ ।
अल्बा – टीसीपीका सदस्य राष्ट्रहरूले संयुक्त राष्ट्र सङ्घको बडापत्रका सिद्धान्तहरूको रक्षाको लागि अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो उपस्थिति बलियो बनाउँदै जाने योजना पनि निर्माण गरेका छन् ।
क्युवाको राजधानी हवानामा मङ्गलबार सम्पन्न अमेरिकाका लागि बोलिभारियाली मोर्चा – जनताको व्यापार सम्झौता (अल्बा – टीसीपी) को बीसौँ शिखर सम्मेलनबाट पारित घोषणा पत्र – सं.)
१) अल्बा – टीसीपीका हामी सदस्य देशहरूले यस घोषणापत्रमा हस्ताक्षर गरेर ऐक्यबद्धता, सामाजिक न्याय, आपसी सहयोग र आर्थिक साझेदारीका सिद्धान्तहरूमा आधारित राजनीतिक सम्झौताको संयन्त्रलाई बलियो बनाउने आफ्नो कटिबद्धतालाई नवीकरण गरेका छौँ ।
२) अल्बा – टीसीपीलाई मार्गनिर्देश गर्ने सिद्धान्तका कमान्डरहरू चाभेज र फिडेलले डिसेम्बर १४, २००४ मा जारी गर्नुभएको संयुक्त घोषणाअनुसारको अमेरिकी जनतामाझ हाम्रो व्यापक ऐक्यबद्धता भएकोमा हामी पुनः जोड दिन्छौँ ।
३) ल्याटिन अमेरिका र क्यारिबियाली क्षेत्रको इमानदारीपूर्ण एकतामा हामी पुनः जोड दिन्छौँ ।
४) बहुध्रुवीयतावाद, संयुक्त राष्ट्र सङ्घको बडापत्र र अन्तर्राष्ट्रिय कानुनले निर्दिष्ट उद्देश्य एवम् सिद्धान्तमा आधारित पारदर्शी, प्रजातान्त्रिक र समतामूलक अन्तर्राष्ट्रिय व्यवस्थाको पक्षमा हामी वकालत गर्दर्छौँ ।
५) विगत दुई वर्षको अवधिमा संयुक्त राष्ट्र सङ्घ सुरक्षा परिषद्को अस्थायी सदस्यको रूपमा सेन्ट भिन्सेन्ट र ग्रेनेडाइन्सले खेलेको उल्लेखनीय भूमिकाको हामी उच्च मूल्याङ्कन गर्दर्छौँ ।
६) ल्याटिन अमेरिका र क्यारिबियालाई शान्ति क्षेत्र घोषणा गर्ने ल्याटिन अमेरिकी र क्यारिबियाली राज्यहरूको समुदाय – सेलाक (ऋभ्ीब्ऋ) को दोस्रो शिखर सम्मेलन (हवाना, डिसेम्बर २०१४) को घोषणाप्रति पूर्ण समर्थन गर्दै त्यसको वैधतालाई हामी नवीकरण गर्दर्छौँ ।
७) हाम्रोसामु रहेका चुनौतीको सामना गर्नका लागि विविधतामा एकताको सिद्धान्तमा आधारित तथा राजनीतिक सम्झौता, सरसहयोग र क्षेत्रीय संवादको सुहाउँदो संयन्त्रको रूपमा ल्याटिन अमेरिकी र क्यारिबियाली राज्यहरूको समुदाय – सेलाक (ऋभ्ीब्ऋ) को निरन्तरता र सशक्तीकरणमा हामी जोड दिन्छौँ ।
८) शान्ति, स्थिरता, न्याय, प्रजातन्त्र र मानवअधिकारको सम्मान रहेको वातावरणमा हरेक राज्यको आफ्नै राजनीतिक, आर्थिक, सामाजिक एवम् सांस्कृतिक प्रणाली निर्माण गर्ने अधिकारलाई हामी पुनः जोड दिन्छौँ ।
९) त्यस्तो बृहत् संयन्त्रको स्थापनातिर अघि बढ्नुपर्ने आवश्यकतामा हामी जोड दिन्छौँ, त्यसले विकासशील देशहरूलाई ऋणबाट मुक्त गरोस्, विश्वव्यापी स्तरमा बाह्य ऋण मिनाहा गरोस् वा पुनः वित्तीयकरण गरोस्, बृहत दृष्टिकोणका साथ आर्थिक रूपान्तरण गरोस् र अन्तर्राष्ट्रिय वित्तीय सङ्गठनहरूको प्रजातान्त्रिक रूपान्तरणमा सकारात्मक भूमिका निर्वाह गरोस् ।
१०) यस मोर्चाका सदस्य राष्ट्रहरूविरुद्ध थोपरिएका एकपक्षीय प्रतिबन्धका कारबाहीहरूको घोषणा र कार्यान्वयनप्रतिको कडा विरोधमा हामी पुनः जोड दिन्छौँ ।
११) संरा अमेरिकी सरकारले ६ दशकदेखि क्युवाविरुद्ध थोपर्दै आएको नरसंहारकारी तथा अवैध आर्थिक, व्यापारिक एवम् वित्तीय नाकाबन्दीप्रतिको घोर निन्दालाई हामी पुनः दोहो¥याउँदछौँ । साथै, महामारीको स्थितिमा अवसरवादी ढङ्गले नाकाबन्दीलाई थप कडा पार्ने कदमको कडा विरोध गर्दर्छाैँ ।
१२) अन्तर्राष्ट्रिय कानुन र संयुक्त राष्ट्र सङ्घको बडापत्रका प्रावधान उल्लङ्घन हुने गरी र भेनेजुयली जनतामाथि सामूहिक दण्ड थोपरिने गरी संरा अमेरिकी सरकारले भेनेजुयलाका जनता र सरकारविरुद्ध लगाएका एकपक्षीय प्रतिबन्धका कारबाहीहरूको हामी पुनः कडा निन्दा गर्दर्छौँ ।
१३) आधारहीनरूपमा र स्वेच्छाचारी ढङ्गले गणतन्त्र क्युवालाई आतङ्कवाद प्रयोजन गर्ने राष्ट्रको सूचीमा राख्ने अमेरिकी राज्य विभागको वाहियात र अन्यायपूर्ण कदमप्रति हामी कडा असहमति जाहेर गर्छौँ ।
१४) अल्बा सदस्य राष्ट्रहरूको आन्तरिक मामिलामा अमेरिकी राज्य सङ्गठन–ओएएसका महासचिवले गर्दै आएका हस्तक्षेपकारी कदमहरूको हामी कडा विरोध गर्दर्छौँ ।
१५) यस क्षेत्रका प्रगतिशील सरकार र नेताहरूविरुद्ध भइरहेका गैरपरम्परागत हमला र युद्ध रणनीतिहरूको हामी कडा निन्दा गर्दर्छौँ ।
१६) सबैको मानव अधिकारको रक्षा गर्ने प्रतिबद्धतामा हामी जोड दिन्छौँ । साथै मानव अधिकारको विषयलाई राजनीतिकरण गर्ने तथा हस्तक्षेपकारी उद्देश्यका लागि दुरुपयोग गर्ने कदमको हामी निन्दा गर्दर्छौँ ।
१७) सबै किसिमका आतङ्कवाद र विध्वंसप्रति अल्बा – टीसीपीको कडा निन्दामा हामी पुनः जोड दिन्छौँ ।
१८) कोभिड–१९ महामारीको क्रममा परिवारका सदस्य गुमाएका यस क्षेत्र र विश्वका सबैमा हामी हार्दिक समवेदना व्यक्त गर्छौँ ।
१९) कोभिड–१९ महामारीविरुद्धको लडाइँमा अल्बा – टीसीपी राष्ट्रहरूबीच अनुभव र सफल अभ्यास आदानप्रदान तथा महामारी रोकथामका उपायहरूको निरन्तरतामा हामी जोड दिन्छौँ ।
२०) क्युवाले कोभिडविरुद्धको उच्च प्रभावकारी प्रमाणित भएका तीन थरी खोप तयार पारिसकेको र थप दुई थरी खोपले पनि यस क्षेत्रको महामारीविरुद्धको लडाइँमा योगदान गर्ने गरी प्राप्त गरेको उपलब्धिको हामी उच्च मूल्याङ्कन गर्छौँ । त्यस्तै, क्युवाको हेनरी रीभ कन्टिजेन्टको मानवतावादी र सच्चा सेवाको तथा कोभिड–१९ महामारीविरुद्धको लडाइँमा विभिन्न देशमा पु¥याएको उल्लेखनीय योगदानको हामी प्रशंसा गर्दर्छौँ ।
२१) हामी कोन्भियासा एअरलाइन्सको माध्यमले मानवतावादी हवाई सेतु स्थापना र सञ्चालन गर्न सकेकोमा यस मोर्चाका सदस्य एवम् संलग्न सबै देशप्रति बधाईज्ञापन गर्छौँ । त्यसले खोप, चिकित्सा सामग्री, अरू नागरिककासाथै चिकित्सा जनशक्तिको आदानप्रदानमा सहजता थपेको छ र महामारीविरुद्धको लडाइँमा ठूलो मद्दत मिलेको छ ।
२२) खोपको विकास, उपचार र चिकित्सा सामग्रीहरूको आपूर्तिमा ‘बाङ्को डेल अल्बा’ (अल्बा बैङ्क) ले अल्बा राष्ट्रका जनताको फाइदाका लागि गरेको कामको हामी स्वागत गर्छौँ । साथै, हामी नयाँ सदस्यको रूपमा जून २०२१ मा ग्रेनाडाको प्रवेशलाई स्वागत गर्छौँ ।
२३) क्यारिबियाली देशका स्थानीय जनताको नरसंहार, दासताको विभत्सता र आन्ध्र्र वारपार दास व्यापारका लागि जिम्मेवार देशहरूबाट क्यारिबियाली देशहरूले उठाइरहेको क्षतिपूर्तिको मागमा हाम्रो पूर्ण समर्थन रहेकोमा हामी पुनः जोड दिन्छौँ ।
२४) क्यारिबियाली देशहरूले न्यायोचित, विशेष र भिन्न व्यवहार पाउनुपर्ने क्यारिबियाली देशहरूको अधिकारमा पुनः समर्थन जाहेर गर्दर्छाैँ ।
२५) भगिनी क्यारिबियाली राष्ट्रहरूविरुद्ध उनीहरूलाई असहयोगी क्षेत्र ठानेर धनी देशहरूले गरेको निषेधात्मक व्यवहारको हामी कडा विरोध गर्दर्छाैँ ।
२६) बहुराष्ट्रिय राज्य बोलिभिया, त्यहाँका राष्ट्रपति लुइस अल्बर्टो आर्से काटाकोराप्रति हामी पूर्ण समर्थन जाहेर गर्छौँ र अन्तर्राष्ट्रिय समुदायसँग त्यस देशमा दक्षिणपन्थी एवम् प्रतिक्रियावादीहरूले गरिरहेको अस्थिरता मच्चाउने दुष्प्रयासबारे सजग हुन आह्वान गर्दछौँ ।
२७) भेनेजुयलामा राजनीतिक र सामाजिक सहअस्तित्वका लागि गरिएको वार्ता तथा व्यापक सम्झौताको प्रक्रियाको प्रगतिका लागि भेनेजुयला सरकार र जनताप्रति हामी बधाई ज्ञापन गर्दछौँ ।
२८) नोभेम्बर २१, २०२१ का दिन सम्पन्न प्रादेशिक र नगरपालिका निर्वाचनमा भेनेजुयलाको एकीकृत समाजवादी पार्टी र बृहत् देशभक्त मोर्चाको अत्यधिक बहुमतका साथ विजयको लागि हामी भेनेजुयाली जनतालाई बधाई ज्ञापन गर्दछौँ ।
२९) हालै सम्पन्न निर्वाचनमा सान्डिनिस्टा राष्ट्रिय मुक्ति मोर्चाको सानदार विजयका लागि निकारागुआली जनता, सान्डिनिस्टा सरकार र राष्ट्रपति ड्यानियल ओर्टेगाप्रति हामी हार्दिक बधाई ज्ञापन गर्दछौँ ।
३०) होन्डुरसमा नोभेम्बर २८ का दिन सम्पन्न सफल निर्वाचन र त्यसको ऐतिहासिक परिणामका लागि होन्डुरसका जनतालाई हामी हार्दिक बधाई ज्ञापन गर्दछौँ । उक्त निर्वाचनमा वामपन्थी उम्मेदवार कामरेड जियोमारा क्यास्ट्रो त्यस देशको पहिलो महिला राष्ट्रपतिका रूपमा विजयी हुनुभएको छ ।
३१) जुलाई २६, २०२१ मा सम्पन्न सेन्ट लुसियाको शान्तिपूर्ण र प्रजातान्त्रिक तवरको सफल निर्वाचन एवम् त्यहाँ प्रधानमन्त्री फिलिप जे पियरेको नेतृत्वमा रहेको सेन्ट लुसिया लेबोर पार्टी (एसएलपी) को विजयका लागि हामी त्यहाँका जनता र सरकारलाई बधाई ज्ञापन गर्दछौँ ।
३२) हामी अल्बा – टीसीपीमा सेन्ट लुसियाको पुनरागमनको स्वागत गर्दछौँ ।
३३) सेन्ट भिन्सेन्ट एन्ड ग्रेनेडाइन्समा ‘ला सोफ्री’ ज्वालामुखी विस्फोटनबाट निम्तिएको विपत्ति सामनामा यस मोर्चाका सदस्य राष्ट्रहरूले पु¥याएको सहयोगको हामी उच्च मूल्याङ्कन गर्दछौँ ।
३४) हाइटीका राष्ट्रपति जोभेनेल मोइसेको जुलाई ७, २०२१ का दिन पोर्ट–ओ–प्रिन्समा भएको हत्याको कडा शब्दमा निन्दालाई हामी पुनः दोहो¥याउँछौँ ।
३५) विश्व जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसङ्घीय सम्मेलन ‘कोप’ २६ ले विकासशील राष्ट्रहरूको अपेक्षाअनुसारको परिणाम दिन नसकेको हामी ठहर गर्दछौँ ।
३६) जलवायु परिवर्तन मानव जातिकै लागि मुख्य खतरामध्ये एक भएकोमा हामी जोड दिन्छौँ । त्यसबाट यस ग्रहमा असर परेका क्षेत्रमध्ये ल्याटिन अमेरिका र क्यारिबिया पनि सबैभन्दा जोखिममा परेको क्षेत्र रहेकोमा हामी सहमत छौँ ।
३७) जलवायु परिवर्तनविरुद्धको लडाइँमा बालबालिकाको सकारात्मक भूमिका र युवाहरूको मूल्यवान् एवम् अन्वेषणात्मक कार्यको महत्वमा हामी जोड दिन्छौँ तथा वातावरण सन्तुलन र समाधानको प्रतिकार्यमा नयाँ पुस्ताको सहभागितामा जोड दिन्छौँ ।
३८) आमा पृथ्वीको अउल्लङ्घनीय अधिकार र उसको मानव जातिसितको अन्तरसम्बन्ध तथा प्रकृतिसितको सामञ्जस्यलाई मान्यता एवम् बढावा दिने प्रतिबद्धतामा हामी पुनः जोड दिन्छौँ ।
३९) ल्याटिन अमेरिकी र क्यारिबियाली संस्कृति तथा यस क्षेत्रका मानिसको पहिचानको रक्षा एवम् प्रवद्र्धनको निम्ति हामी प्रतिबद्धता व्यक्त गर्दछौँ ।
४०) अनियमित आप्रवासलाई अपराधीकरण गर्ने कार्य, सबै किसिमका जातीवाद, वर्णभेद, जनताप्रतिको विद्वेष, घृणाको अभिव्यक्ति र अरू त्यसैसम्बन्धी भेदभाव तथा आप्रवासीविरुद्धको असहिष्णुताको हामी कडा विरोध गर्दछौँ ।
४१) हामी आप्रवासीहरूको मानव अधिकारको रक्षाको प्रतिबद्धता व्यक्त गर्दछौँ । साथै, आप्रवासीसम्बन्धी सुशासनलाई प्रभावकारी र बलियो बनाउने बृहत् क्षेत्रीय प्रयासलाई बढावा दिन्छौँ ।
४२) आपसी आदर र आन्तरिक मामिलामा अहस्तक्षेपको सिद्धान्तको आधारमा अल्बा–टीसीपीको अरू अन्तर्राष्ट्रिय सङ्गठनहरू तथा क्षेत्रबाहिरका देशहरू र अन्य एकताका संयन्त्रहरूसितको सहयोगात्मक सम्बन्ध विकासमा हामी जोड दिन्छौँ ।
४३) अल्बा–टीसीपीलाई र शान्ति, प्रजातन्त्र, स्थिरता एवम् हाम्रो अमेरिकाका जनताको हितको लागि यसले गरिरहेको कामलाई अझ बढी सशक्त बनाउनमा हामी जोड दिन्छौँ ।
४४) अल्बा–टीसीपी २०२२ महामारीपछिको कार्य योजनालाई हामी स्वीकृत गर्छौँ र यस मोर्चालाई थप बलियो बनाउन अल्बा–टीसीपीको कार्यकारी सचिवालयलाई त्यसको कार्यान्वयन, सरसल्लाह र परिमार्जनको अधिकार हस्तान्तरण गर्दर्छाैँ ।
हवाना, डिसेम्बर १४, २०२१
अनुवाद ः प्रकाश
Leave a Reply