कङ्गोमा एक हजार जनाभन्दा बढीमा इबोला सङ्क्रमण पुष्टि : डब्ल्यूएचओ
- असार ११, २०८३
भक्तपुर, ८ पुस । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले नगरस्तरीय आधारभूत तह (कक्षा ५ र ८) को परीक्षा मर्यादित बनाउन बिहीबार शिक्षकहरूलाई शपथग्रहण गराउनुभएको छ । भक्तपुर नगरपालिकाअन्तर्गत आधारभूत तह उत्तीर्ण परीक्षा २०७८ समितिका अध्यक्ष प्रेमगोपाल कर्माचार्यसहित समितिका सदस्यहरूलाई पद तथा गोपनीयताको शपथग्रहण गराइएको हो ।
कार्यक्रममा सामूहिक परीक्षा समिति, संयुक्त मावि संयुक्त परीक्षा समिति, प्याब्सन, इसान, एन.प्याब्सनका प्रतिनिधिहरूले आधारभूत तहको परीक्षा गोप्य, शान्तिपूर्ण र मर्यादित ढङ्गले सम्पन्न गर्न शपथग्रहण लिनुभएको छ ।
उक्त अवसरमा नगर प्रमुख प्रजापतिले परीक्षा विद्यार्थीको सिकाइ मूल्याङ्कन गर्ने महत्वपूर्ण माध्यम भएको र यसलाई मर्यादित ढङ्गले सञ्चालन गर्नुपर्ने बताउँदै गुणस्तरीय शिक्षाका लागि गुणस्तरीय परीक्षा सञ्चालन महत्वपूर्ण भएको बताउनुभयो ।
भक्तपुर नगरपालिकाको नीति तथा कार्यक्रमबमोजिम यस वर्षदेखि कक्षा ५ को नगरस्तरीय वार्षिक परीक्षा सञ्चालन हुने र उक्त परीक्षाको व्यवस्थापन यसै समितिबाट गरिने भएको छ ।
शपथग्रहणपश्चात् बसेको नगर शिक्षा समिति र आधारभूत परीक्षा समितिको संयुक्त बैठकले कोभिड महामारीको कारण यस शैक्षिक वर्ष २०७८ मा शैक्षिक क्षति न्यून गर्न यस नगरपालिकाद्वारा प्रकाशित शैक्षिक क्यालेन्डरमा संशोधन गरी हिउँदे बिदा २०७८ माघ १ गतेदेखि ८ गतेसम्म दिने निर्णय गरेको छ ।
Leave a Reply