भर्खरै :

महामारीबीच प्रगाढ बनेको नेपाल–चीन सम्बन्ध

काठमाडौँ, ८ पुस । कोभिड–१९ महामारीबीच पनि नेपाल र चीनबीचको सन् २०२१ मा सहकार्य सुचारु रह्यो । सन् २०२१ मा दुई देशले कोभिड–१९ को खोप, पूर्वाधार निर्माण, लगानी र व्यापारलगायत क्षेत्रमा उल्लेखनीय प्रगति गरेको छ ।
महामारीबाट प्रभावित बनेको नेपालको पर्यटन क्षेत्र सकेसम्म चाँडो चिनियाँ पर्यटकहरू नेपाल आएको हेर्न आतुर छ ।
खोपका सहज आपूर्ति
सन् २०२१ को मार्च २९ मा चीनले सहयोग गरेको ८ लाख साइनोफार्म कोभिड–१९ को पहिलो खेप खोप नेपाल आएदेखि हालसम्म नेपालले १ करोड ३८ लाख चिनियाँ खोप प्राप्त गरिसकेको छ । तीमध्ये केही अनुदानमा प्राप्त गरिएको छ भने केही खरिद गरिएको नेपालको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
चीनले सहयोग गरेको थप ३० लाख चिनियाँ खोप अझै आउने क्रममा छ । एसियाली विकास बैङ्कको ऋण सहयोगमा कोभ्याक्समार्फत नेपालले खरिद गरेको ५९ लाख चिनियाँ खोप नेपालमा आइसकेको छ ।
नेपालको राष्ट्रिय खोप कार्यक्रमका प्रमुख सागर दाहालले नेपालमा हालसम्म प्राप्त ३ करोड ५४ लाख कोभिड–१९ को खोपमध्ये सबभन्दा बढी चिनियाँ खोप नै भएको बताएका छन् ।
“विशेषतः नेपाललाई कोभिड–१९ को दोस्रो लहरबाट जोगाउन चिनियाँ खोपको भूमिका महत्वपूर्ण छ किनभने हामीले छोटो समयावधिमै ठूलो परिमाण चिनियाँ खोप प्राप्त ग¥यौँ”, दाहालले भने ।
खोपका साथै महामारीको दोस्रो लहरले उचाइ लिइरहेको समयमा नेपालले चीनबाट अक्सिजन सिलिन्डर, अक्सिजन कन्सट्रेटर र अन्य स्वास्थ्य सामग्री प्राप्त गरेको थियो ।
“खोप अभियान र स्वास्थ्य सामग्रीमा चीनको सहायताबिना नेपाललाई महामारीको दोस्रो लहरबाट बाहिर निस्कन गाह«ो हुने थियो”, वरिष्ठ अर्थशास्त्री गोविन्द नेपालले भने, “विपद्तिर अघि बढिरहेको नेपालको अर्थतन्त्रलाई जोगाउन चीनको सहायताले महत्वपूर्ण भूमिका खेल्यो ।”
विमानस्थल निर्माण
कोरोना भाइरसको सङ्क्रमण बढेसँगै पूर्वाधारमा नेपाल र चीनबीचको सहकार्य पनि प्रभावित हुनबाट अछुटो रहेन । चीनको सहायतामा पोखरामा बन्दै गरेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सन् २०२१ को जुलाईमा सम्पन्न हुनुपर्ने थियो । तर, नेपाल सरकारले भाइरस नियन्त्रणको लागि लागु गरिएको लकडाउनको कारण विमानस्थल निर्माणको म्याद थप गरियो । लकडाउनको कारण विमानस्थल निर्माणको लागि आवश्यक पर्ने सामग्री आपूर्ति प्रभावित भएको र कामदारहरू पनि काममा लाग्न नसक्ने अवस्थाको कारण विमानस्थलको निर्माणको समयसीमा थप गरिएको हो ।
“परियोजना सम्पन्न गर्न केही समय विलम्ब हुने भए पनि भौतिक पूर्वाधार निर्माणको काम लगभग सम्पन्न भइसकेको छ र अहिले राडार जडानको काम भइरहेको छ”, नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता देवचन्द्र कर्णले जानकारी दिए, “अर्को वर्ष विमानस्थल निर्माणको काम सम्पन्न हुनेछ । पोखरा विमानस्थल नेपाल र चीनबीच दुईपक्षीय आर्थिक सहकार्यको कोशेढुङ्गा बन्नेछ ।”
कोभिड–१९ कै कारण सीमा वारपार रेलमार्ग परियोजनाको प्रस्तावित विस्तृत सम्भाव्यता अध्ययन पनि प्रभावित बनेको नेपालका रेलमार्ग विभागका प्रवक्ता अमन चित्रकारले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *