भर्खरै :

तेक्वान्डोमा भक्तपुरको सफलता

काठमाडौँ, ७ पुस । जैसीदेवल युथ क्लवद्वारा आयोजित बाग्मती प्रदेशस्तरीय आमन्त्रित दोस्रो मेयर कप तेक्वान्डो खेल प्रतियोगितामा भक्तपुर नगरपालिकाबाट भाग लिएका २८–३१ तौल समूहका राजन तामाङ, ३५–३८ तौल समूहका जेनिफर दुवाल, ३८–४२ तौल समूहमा अनिस तामाङले द्वितीय स्थान हासिल गर्न सफल भए । त्यस्तै ४२–४६ किलो तौल समूहमा राजेश कार्की तृतीय भए । विजयी खेलाडीहरूलाई राष्ट्रिय खेलकुद विकास समितिका प्रशिक्षक संगीना वैद्यले पुस ५ गते दशरथ रंगशालाको कभर्ड हलमा प्रमाणपत्र र मेडल प्रदान गर्नुभएको थियो । प्रतियोगितामा ११ वटा नगरपालिकाका खेलाडीहरूले भाग लिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *