स्थानीय पाठ्यक्रम अध्यापनको लागि शिक्षकको व्यवस्था कहिले ?
- असार ९, २०८३
पूर्वाञ्चल विश्वविद्यालयको काठमाडौँ मेडिकल कलेजमा चिकित्सा शिक्षाअन्तर्गत एमबीबीएस अध्ययन गर्न पूरा कोर्सको ४० लाख २३ हजार २५० रुपियाँ लिने गरी हामी विद्यार्थीहरू भर्ना भएका थियौँ । हामीले पहिलो किस्ता १३ लाख रुपियाँ भुक्तानी ग¥यौँ ।
चिकित्सा शिक्षा आयोगले भर्ना, शिक्षण, ल्याब, पुस्तकालय, सामुदायिक तालिम वा परीक्षा शुल्कसमेत समावेश भनिएकोले कलेजबाट विद्यार्थीसँग थप शुल्क नलिन सबै सरोकारवालामा ध्यानाकर्षण गरायौँ ।
काठमाडौँ मेडिकल कलेज पब्लिक लिमिटेडले अर्को करारनामा बनाएर छात्रावास, दर्ता शुल्क, सम्बन्धन शुल्क, शिक्षा काउन्सिल र चिकित्सा आयोगको दर्ता शुल्क, शिक्षा मन्त्रालयको दर्ता शुल्क, विश्वविद्यालयको परीक्षा शुल्क सम्बन्धित निकायको सूचनाअनुसार विद्यार्थीले शुल्क बुझाउनु पर्ने सूचना जारी ग¥यो । यी सबै शुल्क जम्मा गर्दा थप ३० देखि ४० लाख रुपियाँ लाग्ने भयो ।
नेपाली काङ्गे्रसका कार्यकर्ता दाबी गरेका सुनिल शर्माले आफ्नो पार्टी सभापति शेरबहादुर देउवा प्रधानमन्त्री भएको धाक देखाई विद्यार्थी र अभिभावकलाई तर्साउँदै बढी रकम असुल्न खोजेका छन् । यसबाट नेपाली काङ्गे्रसको सरकारले देश र जनताको कहिल्यै हित नगरेको पुनः पुष्टि भयो । तर, शैक्षिक माफियातन्त्रको विरोधमा सम्पूर्ण विद्यार्थी र अभिभावक आन्दोलनमा होमिएका छन् । विद्यार्थी र अभिभावकको आन्दोलनबाट कुनै क्षति हुनु अगाडि नै काठमाडौँ मेडिकल कलेजलाई राष्ट्रियकरण गरी सरकार आफैले चलाउनु जरुरी छ ।
Leave a Reply