क्युवाद्वारा संयुक्त राष्ट्रसङ्घमा अमेरिकी आरोप अस्वीकार
- कार्तिक १२, २०८३
उरुम्चि, २५ डिसेम्बर (सीआरआई) । संरा अमेरिकाले तथाकथित युगुर जबरजस्ती श्रम रोकथाम बिल प्रकाशित गरेपछि २५ तारिख चीनको सिनच्याङ युगुर स्वायत प्रदेशले पत्रकार सम्मेलनको आयोजना गरी सिनच्याङमा कहिले पनि, कुनै पनि सङ्गठनले विभिन्न जातिका सर्वसाधारणलाई श्रमका जबरजस्ती नगरेको र सबै सर्वसाधारणको रोजगारी स्वेच्छिक र स्वतन्त्र भएको उल्लेख गरेको छ । जबरजस्ती श्रमबारे अन्तर्राष्ट्रिय ऐनमा स्पष्टरूपमा तोकिएको छ । अन्तर्राष्ट्रिय श्रम सङ्गठनको जबरजस्ती श्रम सन्धिका अनुसार, श्रम जबरजस्ती भनेको सजाय आधारित धम्की दिई इच्छाविपरीत काम लगाउनु हो । यो मापदण्डको आधारमा सिनच्याङमा जबरजस्ती श्रमको समस्या कुनै पनि देखिँदैन ।
चीनको कानुनको हिसाबले सिनच्याङका विभिन्न जातिका सर्वसाधारणको समान रोजगारको हक संविधान, श्रम कानुन, श्रम सम्झौता कानुनलगायत कानुनबाट संरक्षण गरिएको छ । स्थानीयहरूले कुन श्रम गर्न, कुन ठाउँमा काम गर्न, कुन एकाइमा रोजगार गर्न चाहन्छन् भन्ने कुरा स्वेच्छिक रूपमा निर्णय गर्नसक्छन् ।
अन्तर्राष्ट्रिय सन्धि, चिनियाँ कानुन अथवा वास्तविकताबाट हेर्दा तथाकथित सिनच्याङको जबरजस्ती श्रमको आरोप सम्पूर्णरूपमा झूट मात्रै हो । संरा अमेरिकाले उक्त झूट बनाएर सिनच्याङका विभिन्न जातीय सर्वसाधारण श्रमिक अधिकार समातेर सिनच्याङ र चीनको विकासलाई अवरूद्ध गर्न खोजिरहेको देखिन्छ ।
वास्तवमा संरा अमेरिकाले आफ्नो जबरजस्ती श्रम समस्यामा ध्यान दिनुपर्छ । अमेरिकी इतिहासमा आदिवासीहरू इन्डियनहरूको निष्कासन, हत्या, र जबरजस्ती आत्मसातका दृश्य पूर्ण रूपमा देखिन्छन् जसबाट आदिवासीहरू नै प्रताडित जाति बनेको छ । सन् २०१८को अन्तमा १००भन्दा बढी मुलुक र क्षेत्रका २१००भन्दा बढी व्यक्तिले सिनच्याङको भ्रमण गरेका थिए । उनीहरूले सिनच्याङका खेती, कारखाना, गाउँको परिवारको अवलोकन गरी सिनच्याङ सर्वसाधारणको वास्तविक श्रम स्थितिबारे प्रत्यक्ष देखेका थिए र सिनच्याङको श्रम संरक्षण नीति र उपलब्धिको उच्च प्रशंसा गरेका थिए । यो त अन्तर्राष्ट्रिय सहमति हो, अमेरिकाले जस्तोसुकै बिल सार्वजनिक गरेर पनि त्यसलाई गलतसिद्ध गर्न सक्दैन ।
Leave a Reply