क्युवाद्वारा संयुक्त राष्ट्रसङ्घमा अमेरिकी आरोप अस्वीकार
- कार्तिक १२, २०८३
गएको शुक्रबार इन्टिलिजेन्स एन्ड एलाइन्स थिङ्क ट्याङ्क र ताइहे प्रतिष्ठानले संयुक्तरूपमा ‘संसारभर कोभिड–१९ फैलिनुमा संरा अमेरिकी जिम्मेवारी’ शीर्षकको प्रतिवेदन सार्वजनिक भयो ।
प्रतिवेदनअनुसार विभिन्न स्रोतका तथ्याङ्कले कोभिड–१९ को उत्पत्ति भएको देश संरा अमेरिका नै हुन सक्ने प्रबल सम्भावना देखाएको छ । त्यतिमात्र होइन, संरा अमेरिका नै भाइरस तीब्र गतिमा संसारभर फैलिनुमा सबभन्दा जिम्मेवार देश भएको पनि त्यो प्रतिवेदनमा उल्लेख छ । संरा अमेरिकाले यो रोगलाई राजनीतिकरूपमा प्रयोग गर्न खोज्दा महामारीविरुद्ध संसारभरको प्रयासलाई कठिन र चुनौती बनाएको छ ।
शनिबार सो प्रतिवेदनको अङ्ग्रेजी अनुवाद सार्वजनिक भयो । प्रस्तुत छ, सो प्रतिवेदनको नेपाली अनुवादः
अनुसन्धान प्रतिवेदन :संसारभर कोभिड–१९ फैलिनुमा संरा अमेरिकी जिम्मेवारी
इन्टिलिजेन्स एन्ड एलाइन्स थिङ्क ट्याङ्क (आइएटीटी) र ताइहे प्रतिष्ठान
भूमिका
संसारभर अझै पनि महामारीको अवस्था निकै गम्भीर छ । यस परिस्थितिमा केही राजनीतिक नेताहरूले कोभिड–१९ को उत्पत्ति खोज्ने क्रममा चीनलाई बलीको बोका बनाइरहेका छन् । सत्यलाई भाँचकुच गर्ने, महामारीले निम्त्याएको विपत्तिप्रति आफ्नो दायित्वबाट पन्छिन र महामारीविरुद्ध विश्वव्यापी सहकार्यलाई न्यूनाङ्कन गर्न उनीहरूले यस्तो काम गरिरहेका छन् । अन्तर्राष्ट्रिय समुदायले यस्ता कदम र टिप्पणीमाथि व्यापक प्रश्न र आलोचना गरिरहेका छन् ।
कोभिड–१९ को उत्पत्ति भएको देश संरा अमेरिका नै हुन सक्ने प्रबल सम्भावना देखाएको छ । त्यत्ति मात्र होइन, संरा अमेरिका नै भाइरस तीब्र गतिमा संसारभर फैलिनुमा सबभन्दा जिम्मेवार देश भएको पनि त्यो प्रतिवेदनमा उल्लेख छ । संरा अमेरिकाले यो रोगलाई राजनीतिकरूपमा प्रयोग गर्न खोज्दा महामारीविरुद्ध संसारभरको प्रयासलाई कठिन र चुनौती बनाएको छ ।
महामारीको अहिलेको भद्रगोल अवस्थाको निम्ति संरा अमेरिकामाथि दोषारोपण गर्नुपर्छ । यदि उसले आफ्ना गल्ती नसच्याए र तत्काल संसारको महामारीविरुद्धको लडाईमा अरूसँग मिलेर काम नगरे मानव जातिले थप ठूलो सङ्कटको सामना गर्नुपर्नेछ ।
क) कोभिड–१९ संरा अमेरिकाबाट नै सुरु भएको जनाउने प्रमाणहरू फेला पर्ने क्रम चालु छ ।
संरा अमेरिकाले आजको जमानामा पनि आफ्ना गलत कामको दोष अरूलाई पन्छाउने प्रयास गरेको छ । भाइरसको उत्पत्तिको खोजीलाई उसले राजनीतिकरण गरिरहेको छ र चीनको बद्नाम गरिरहेको छ । अनि संसारभरबाट उठेका प्रश्न उसले सुने नसुनेझैँ गर्दै बसेको छ । अमेरिकाका सुरुका कोभिड बिरामीका सूचना सार्वजनिक गर्न नमान्नु र कोभिड–१९ को उत्पत्तिबारे आफ्नै देशमा अनुसन्धान गर्न तयार नहुनुले पनि उसप्रति शङ्का बढेको छ ।
महामारीको थप विस्तारसँगै संरा अमेरिकासहित संसारभरका विभिन्न आधिकारिक निकायले कोभिड–१९ को उत्पत्तिबारे भएका अनुसन्धान र विश्लेषण धेरै कुरा अझ प्रस्ट भइरहेको छ । कोरोना भाइरसको अनुसन्धानको सबभन्दा लामो इतिहास भएको र सबभन्दा अत्याधुनिक अनुसन्धान क्षमता भएको देश संरा अमेरिका नै महामारीको जरा हुने सक्नेबारे प्रमाणहरू जम्मा हुने क्रम जारी छ ।
१) संरा अमेरिकामा महामारी फैलिएको समयक्रम लगातार पछाडि धकेलिंदैछ ।
विभिन्न सञ्चारमाध्यमका समाचारअनुसार सन् २०२० को जनवरी १९ मा पहिलोपटक संरा अमेरिकामा कोभिड–१९ को सङ्क्रमण देखिएको थियो । यात्राबाट संरा अमेरिकी राज्य वाशिङ्टनमा आफ्नो घर फर्केको व्यक्तिमा सङ्क्रमण फेला पारेको थियो । तर, थप गहन अनुसन्धानबाट संरा अमेरिकाका स्थानीय सरकारहरूले त्यसअघि नै कोरोना भाइरस फैलिसकेको र त्यही कारण मानिसको मृत्यु भएको पत्ता लगाएका छन् ।
सन् २०२० को मार्च महिनादेखि संरा अमेरिकाको फ्लोरिडा राज्यको स्वास्थ्य विभागको वेभसाइटमा प्रकाशन गर्न थालेको अभिलेखअनुसार त्यो वर्षको जनवरी र फेब्रुअरीमा १७१ जना कोरोना भाइरसका लक्षण वा पोजिटिभ देखिएका बिरामी फेला परेका थिए । तर, सन् २०२० को मे ४ मा वेभसाइटबाट त्यो सबै तथ्याङ्क हरायो । त्यही साँझ वेभसाइटमा फेरि राखिएको अभिलेखमा भने विरामीसँग कहिलेबाट रोगको लक्षण देखिएको थियो, त्यो सिङ्गो पङ्क्ति नै निकालिएको थियो ।
सन् २०२० को जून १५ मा प्रकाशित एन्टीबडी परीक्षण नतिजामा संरा अमेरिकी राष्ट्रिय स्वास्थ्य प्रतिष्ठानका अध्येताहरूले २४ हजारभन्दा बढी भण्डारण गरिएका रक्त नमूनाको अध्ययन गरेका थिए । ती सबै नमुना त्यही वर्षको जनवरी २ र मार्च १८ मा सङ्कलन गरिएको थियो ।
सेरेलोजी परीक्षण (शरीरमा एन्टीबडीको उपस्थितिको परीक्षण) सिद्धान्तअनुसार कोही पनि व्यक्ति भाइरसबाट सङ्क्रमित भएको झन्डै दुई सातापछि मात्र उसको शरीरमा एन्टीबडी फेला पर्न थाल्छ । यो अध्ययनमा संरा अमेरिकाको इलिनोइस राज्यको एक जना स्वयम्सेवकबाट सन् २०२० को जनवरी ७ मा प्राप्त नमुना नै पहिलो कोरोना सङ्क्रमित नमुना थियो । त्यसको अर्थ संरा अमेरिकामा सन् २०१९ को डिसेम्बर महिनाको मध्यतिर नै कोरोना भाइरस रहेको देखाउँछ । त्यसको अर्थ संरा अमेरिकाले पहिलोपटक सङ्क्रमण फेला परेको भनी औपचारिकरूपमा दाबी गरेको मितिभन्दा एक महिनाअघि नै संरा अमेरिकामा भाइरसको सङ्क्रमण थियो ।
त्यसबाहेक, सन् २०२० को मार्च ३० मा न्यु इङ्ग्ल्यान्ड मेडिसिन जर्नलमा प्रकाशित अनुसन्धान संरा अमेरिकाको सियाटल सहरमा परीक्षण गरिएका चौबीस जना गम्भीर बिरामीको स्वास्थ्य परीक्षणमा आधारित थियो । त्यो वर्षको फेब्रुअरी २४ र मार्च ९ को बीचमा सियाटल सहरका नौ वटा अस्पतालमा सघन उपचार कक्षमा उनीहरूबारे अनुसन्धान थालिएको थियो ।
“ती चौबीस जना विरामीमध्ये कोही पनि त्यत्तिञ्जेल सङ्क्रमण फेला परेका देशहरू जस्तै चीन, दक्षिण कोरिया, इरान वा इटालीको भ्रमण गरेका थिएनन्”, त्यसमा भनिएको छ ।
वाशिङ्टनको पश्चिम क्षेत्रमा फेला परेको भाइरसको जैविक र सरुवासम्बन्धी विश्लेषणले त्यो भाइरस स्थानीय समुदायबाट नै सरेको पुष्टि गरेको छ । त्यसको अर्थ त्यहाँ फेला परेको भाइरस त्यतिञ्जेल थाहा भएको सङ्क्रमण क्षेत्रबाट आएको होइन”, त्यसमा भनिएको छ ।
यी कुराहरू निजी चिन्तन संस्था आइएटीटीले त्यही विषयमा गरेको अध्ययनको निचोडसँग मेल खाएका छन् । आइएटीटीले कोभिड–१९ को ‘सुरुको बिरामी’ (प्यासेन्ट जिरो) बारे गरेको अध्ययनको प्रतिवेदनको शीर्षक थियो– को हो प्यासेन्ट जिरो ? त्यो प्रतिवेदनमा एउटा लेखको उद्धरण गरिएको छ–‘सुरक्षाको कारण देखाउँदै सेनाको प्रयोगशालामा घातक जीवाणु अनुसन्धान बन्द गरिएको छ ।’ त्यो लेख सन् २०१९ को अगस्ट ५ मा द न्यु योर्क टाइम्समा प्रकाशित भएको थियो । आइएटीटीले चिनियाँ विज्ञान प्रतिष्ठानको अनलाइन प्रि–प्रिन्ट माध्यम चाइनाएक्सआईभीमा सन् २०२१ को सेप्टेम्बर २२ मा प्रकाशित ठूलो तथ्याङ्कको अनुसन्धानमा आधारित कोभिड–१९ सम्बन्धी अध्ययन पनि उद्धृत गरेको छ । ती अध्ययनले संरा अमेरिकाका १२ वटा उत्तरपूर्वी राज्यहरूमा ५० प्रतिशत सम्भाव्यतासहित पहिलो सङ्क्रमणको सम्भावित मिति सन् २०१९ लको अगस्ट र अक्टोबरको बीचमा हुन सक्ने सम्भावना प्रबल छ । सबभन्दा सुरुमा रोडे टापुमा सन् २०१९ को अप्रिल २६ मा र सबभन्दा ढिला डेलावरमा सन् २०१९ को नोभेम्बर ३० मा भाइरस सङ्क्रमण भएको हुन सक्छ । यी सबै मिति संरा अमेरिका सरकारले आफ्नो देशमा सबभन्दा सुरुमा भाइरसको सङ्क्रमण फेला परेको औपचारिक मिति सन् २०२० को जनवरी २० भन्दा अगाडि छन् ।
अध्येताहरूले आजको भूमण्डलीकृत विश्वमा भाइरसको सङ्क्रमणबारे अध्ययन गर्नु निकै जटिल विषय भएको बताउँछन् । त्यसकारण कोभिड–१९ को उत्पत्तिको विश्वव्यापी खोजीको निम्ति लगातारको प्रयास जारी राख्नुपर्छ । आइएटीटीका महासचिव ल्यु लिलीले सबभन्दा पहिला धेरै सङ्ख्यामा सङ्क्रमण फेला परेको ठाउँमै भाइरसको उत्पत्ति भएको हुन कुनै अनिवार्य नभएको बताइन् । उनले प्राज्ञिक अनुसन्धानको विषयलाई वाशिङ्टनले राजनीतिकरण गर्दा उत्पत्तिको खोज अझ जटिल बनेको बताइन् ।
२) कोभिड–१९ को उत्पत्ति र विस्तारमा संरा अमेरिकी सेनाको भूमिका छ
पुनःसंयोजित भाइरसबारे पहिलो अनुसन्धान गर्ने देश संरा अमेरिका नै हो र त्यो क्षेत्रमा उसको क्षमतालाई कसैले पनि उछिन्न सक्दैन । कुनै पनि अरू देशले भन्दा उसले कोरोना भाइरसबारे अनुसन्धान गरेको छ, त्यस्ता अनुसन्धानको निम्ति पैसा खर्च गरेको छ । सन् २०१५ अघि च्यापल हिलस्थित नर्थ क्यारोलिना विश्वविद्यालयसँग मिलेर डा. राल्फ बरिकको टोलीले पुनःसंयोजित कोरोना भाइरसको सबभन्दा अत्याधुनिक प्रविधिको विकास गरेका थिए । फोर्ड डेट्रिकको सैनिक प्रयोगशालासँग मिलेर उनीहरूको अध्ययनले कोरोनाभाइरसको जैविक अनुक्रम निकालेका थिए । सन् २०१९ को जुलाईमा संरा अमेरिकाले चुहावटको शङ्का गरेर हठात् प्रयोगशाला बन्द ग¥यो । प्रयोगशाला बन्द भएसँगै फोर्ट डेट्रोइट वरपर कुनै अज्ञात कारणले निमोनिया फैलियो । त्यसको लक्षण कोभिड–१९ सँग मिल्ने खालका थिए । फोर्ट डेट्रोइट नै महामारीको उत्पत्तिको स्रोत हुन सक्ने कुरालाई नकार्न सकिन्न ।
सन् २०२० को मार्च १० मा ह्वाइट हाउसको वेभसाइटमा एउटा ज्ञापन पत्र सार्वजनिक गरिएको थियो । त्यसमा फोर्ट डेट्रोइटबारे सूचना सार्वजनिक गर्न वाशिङ्टन सरकारसमक्ष माग गरिएको थियो । फोर्ट डेट्रोइट संरा अमेरिकाको प्रमुख जैविक हतियारको प्रयोगशाला हो । ज्ञापनपत्रमा त्यो प्रयोगशाला बन्द गर्नुको कारणबारे पनि जानकारी दिन माग गरिएको थियो । सो प्रयोगशालाबाट भाइरस चुहिएको हो वा होइन भन्ने प्रश्नको जवाफ पनि पत्रमा मागिएको थियो । तर, वाशिङ्टनले ‘राष्ट्रिय सुरक्षाको विषय’को बहानामा सत्यतथ्य जनताको बीचमा ल्याउन अस्वीकार ग¥यो । सन् २०१९ को जुलाई १२ मा एबीसी न्यूजले उत्तरी भर्जिनियाको एउटा आदर निकेतनमा घातक ‘श्वासप्रश्वाससम्बन्धी रोग’ फैलिँदा ५४ जना व्यक्तिमा ज्वरो, खोकी र कमजोरी जस्ता लक्षण देखिएको र उनीहरूमध्ये दुई जनाको मृत्यु भएको समाचार प्रसारण ग¥यो । उत्तरी भर्जिनिया फोर्ड डेट्रोइटबाट एक घण्टा गाडीमा यात्रा गर्दा पुगिने ठाउँ हो ।
३) धेरै देशका सुरुका सङ्क्रमणको संरा अमेरिकासँग सम्बन्ध छ
संसारका अधिकांश देशमा कोभिड–१९ को सुरुवातको सङ्क्रमण संरा अमेरिकासँग सम्बन्धित छ । कोस्टा रिका, भुटान, गुयाना र केन्यालगायत १२ देशहरूले उनीहरूको सुरुको बिरामी (प्यासेन्ट जिरो) संरा अमेरिकाबाट आफ्नो देशमा आएको बताएका छन् ।
जापानको किइयो विश्वविद्यालयको मेडिकल कलेजले सन् २०२१ को फेब्रुअरीमा जारी गरेको प्रतिवेदनअनुसार कलेजको एउटा अनुसन्धान टोलीले कान्तो क्षेत्रका १३ वटा अस्पतालहरूमा कोभिड–१९ का १९८ जना बिरामीको सार्स–कोभ–२ को जैविक अध्ययन गरेको थियो । भाइरसको प्रकार फरक फरक खालका थिए । कान्तो क्षेत्रको एउटा अस्पतालमा सन् २०२० को नोभेम्बरमा भर्ना भएको एक जना बिरामीको नमुना भाइरस क्लाड २० सी को बी.१.३४६ थियो । त्यो भाइरस सन् २०२० को नोभेम्बरयता संरा अमेरिकाको पश्चिम क्षेत्रमा व्यापकरूपमा पैmलिएको थियो ।
तेल अभिभ विश्वविद्यालयको अनुसन्धानअनुसार इजरायलमा फैलिएको अधिकांश सङ्क्रमण संरा अमेरिकाबाट भित्रिएको थियो । इजरायलभरिका अस्पतालबाट २ सत्र्न्दा बढी बिरामीमा फेला परेका भाइरसको जैविक अनुक्रम र संसारभरका झन्डै ४ हजार ७ सय भाइरसको जैविक अनुक्रमको तुलना गरिएको थियो । सो तुलनाले झन्डै ७० प्रतिशत बिरामी संरा अमेरिकामा देखिएको कोरोना भाइरसको थरीबाट सङ्क्रमित भएको देखियो । सन् २०२० को अप्रिल ३० मा क्यानाडामा पहिलोपटक फेला परेको कोभिड–१९ का बिरामीहरू मुख्यतः संरा अमेरिकासँग सम्बन्धित थिए । क्यानाडाका चार प्रान्तहरू अन्तोरियो, क्युबेक, अल्बर्टा र ब्रिटिस कोलोम्बिया कोभिड–१९ बाट सबभन्दा बढी प्रभावित प्रान्तहरू थिए । ती सबै प्रान्तमा अमेरिकी पर्यटकहरूले नै भाइरस क्यानाडामा ल्याएको पुष्टि भयो ।
स्रोत : सिन्ह्वा
नेपाली अनुवाद : सुशिला
Leave a Reply