क्युवाद्वारा संयुक्त राष्ट्रसङ्घमा अमेरिकी आरोप अस्वीकार
- कार्तिक १२, २०८३
गएको शुक्रबार इन्टिलिजेन्स एन्ड एलाइन्स थिङ्क ट्याङ्क र ताइहे प्रतिष्ठानले संयुक्तरूपमा ‘संसारभर कोभिड–१९ फैलिनुमा संरा अमेरिकी जिम्मेवारी’ शीर्षकको प्रतिवेदन सार्वजनिक भयो ।
प्रतिवेदनअनुसार विभिन्न स्रोतका तथ्याङ्कले कोभिड–१९ को उत्पत्ति भएको देश संरा अमेरिका नै हुन सक्ने प्रबल सम्भावना देखाएको छ । त्यतिमात्र होइन, संरा अमेरिका नै भाइरस तीब्र गतिमा संसारभर फैलिनुमा सबभन्दा जिम्मेवार देश भएको पनि त्यो प्रतिवेदनमा उल्लेख छ । संरा अमेरिकाले यो रोगलाई राजनीतिकरूपमा प्रयोग गर्न खोज्दा महामारीविरुद्ध संसारभरको प्रयासलाई कठिन र चुनौती बनाएको छ ।
शनिबार सो प्रतिवेदनको अङ्ग्रेजी अनुवाद सार्वजनिक भयो । प्रस्तुत छ, सो प्रतिवेदनको नेपाली अनुवादः
अनुसन्धान प्रतिवेदन : संसारभर कोभिड–१९ फैलिनुमा संरा अमेरिकी जिम्मेवारी
इन्टिलिजेन्स एन्ड एलाइन्स थिङ्क ट्याङ्क (आइएटीटी) र ताइहे प्रतिष्ठान
ख) संसारभर कोभिड–१९ फैलाउने प्रमुख शक्ति संरा अमेरिका हो ।
संसारमा कोभिड–१९ भाइरसबाट सङ्क्रमित हुने र सबभन्दा बढी मानिसको मृत्यु हुने देश संरा अमेरिका हो । महामारीको डावानलबाट संरा अमेरिका अझै उकासिन सकेको छैन । कोभिड–१९ को डेल्टा भेरिएन्ट तेज गतिमा फैलिरहेको छ । फलतः संरा अमेरिकामा दैनिक सङ्क्रमण दर बढ्दो छ । अहिलेसम्म संरा अमेरिकामा कोभिड–१९ बाट ४ करोड ८० लाख मानिस सङ्क्रमित भइसकेका छन् भने भाइरसको कारण मर्नेको सङ्ख्या ७ लाख ९० हजार नाघिसकेको छ ।
संरा अमेरिकाबाट प्रकाशित हुँदै आएको ‘न्यु इङ्गल्यान्ड जर्नल अफ मेडिसिन’ को सम्पादकीयमा महामारी सम्हाल्न संरा अमेरिका ‘झन्डै सबै पाइलामा असफल भएको’ उल्लेख छ । महामारी फैलिएयता वाशिङ्टनका विभिन्न कमी कमजोरीसहितका विदेश नीतिले महामारी नियन्त्रणलाई मात्र प्रभावित बनाएको होइन, त्यसले विश्वभर महामारी पैmलाउन पनि भूमिका खेलेको छ । संरा अमेरिकाले अवैध आप्रवासीहरूलाई फिर्ता पठायो, यात्रा खुल्ला ग¥यो, विभिन्न देशमा अमेरिकी सेनालाई खटायो र सैनिक अभ्यास गरायो । यस्ता अव्यवहारिक गतिविधिले संरा अमेरिकाभित्र फैलिएको कोभिड–१९ अन्य देश र क्षेत्रमा पनि फैलियो । त्यही कारण संरा अमेरिका विश्वव्यापी महामारीलाई बृहत्रूपमा पैmलाउने प्रमुख शक्ति बन्न पुग्यो ।
१) महामारीलाई सुरुकै चरणमा रोक्ने उपयुक्त अवसर गुमायो ।
संरा अमेरिकाले सुरु सुरुमा कोभिड–१९ लाई सामान्य रुघाखोकी भनेर न्युनाङ्कन ग¥यो । त्यसले सुरुमै महामारी पहिचान गर्न निकै जटिल बनायो । सन् २०१९ को जुन २८ देखि अक्टोबर ३ सम्म रोग नियन्त्रण र रोकथाम केन्द्र (सीडीसी) ले १ हजारभन्दा श्वासप्रश्वाससँग सम्बन्धित निमोनियाका घटनाको खबर पायो । तीमध्ये अठार जनाको निधन भयो । त्यो रोगबाट मर्नेको दर झन्डै २ प्रतिशत थियो । सीडीसीका अधिकारीहरूले ‘रुघाखोकी वा अर्कै केही बिरामी भनी गलत पहिचान गरिएका कोभिड–१९ का सुरुमा केही बिरामी’ भएको स्वीकारेका छन् । तर, अहिलेसम्म उनीहरूले ती घटनाबारे कुनै विस्तृत खबर सार्वजनिक गरेका छैनन् ।
‘द न्यु योर्क टाइम्स’ का अनुसार संरा अमेरिकाका स्वास्थ्य तथा मानवीय सेवा विभागका सचिवले सन् २०२० को जनवरी १८ मै महामारीको सम्भावित खतराबारे चेतावनी दिएका थिए । तर, राष्ट्रपति कार्यालय (ह्वाइट हाउस) ले त्यो चेतावनीलाई बेवास्ता ग¥यो । जनवरीको अन्त्यदेखि मार्च महिनाको अन्त्यसम्म राष्ट्रपति कार्यालयले विश्व स्वास्थ्य सङ्गठनका चेतावनीलाई पनि सुनेन । अमेरिकी विद् र तथ्याङ्कले निकै धिमा गतिमा सही अवस्थाको चित्रण गरिरहेको छ । जसले संरा अमेरिकाभरि महामारी तेज गतिमा फैलाउन टेवा पु¥याइरहेको छ । संसारको सबभन्दा विकसित स्वास्थ्य प्रणाली भएर पनि संरा अमेरिकाले सुरुवाती चरणमै कोरोना भाइरस नियन्त्रण र रोकथाम गर्न सकेन । त्यसमा अमेरिकी सरकारले कमै मात्र ध्यान दियो । त्यसैकारण, अमेरिकी जनताको स्वास्थ्य खराब भयो । त्यसैबीच महामारी रोकथाम, नियन्त्रण र उपचारमा संसारकै सबभन्दा अघि बढेको देशको अनुभवबाट लाभान्वित हुनबाट वञ्चित भयो । महामारी नियन्त्रण र रोकथाम गर्ने संसारको क्षमतालाई बेवास्ता गरियो ।
२) खुला नीतिले विश्वभर महामारी फैलियो
तथाकथित ‘मानवअधिकार र स्वतन्त्रता’, सर्वसाधारण जनतामा प्राकृतिक विज्ञानको कमजोर ज्ञान, सङ्घीयता र राष्ट्रपति निर्वाचनजस्ता धेरै कारणले संरा अमेरिकाले विज्ञानमा आधारित महामारी नियन्त्रणका विधि अपनाएन । त्यही भएर मानिसहरू देशभित्रै स्वतन्त्र रूपमा यात्रा गरे । विदेश यात्राका नियमहरू पनि खुकुलो बनाइयो । आफै महामारीको केन्द्र रहेको संरा अमेरिकाले गैरजिम्मेवार र खुकुलो विदेश यात्राको नियम कार्यान्वयन गर्दा संसारभर महामारी फैलाउन प्रत्यक्ष मद्दत ग¥यो ।
संसारका अधिकांश देशहरूले महामारीको समयमा नियन्त्रण र रोकथामका निम्ति कडा नियम लागु गरिरहेको बेला संरा अमेरिकाले भने व्यक्तिगत विषयमा अहस्तक्षेपको नीति (लेसेज फेरे) अपनायो । मास्क लगाउने, आपसी दूरी कायम गर्ने र घरमा बस्नेजस्ता केही आधारभूत नियम संरा अमेरिकी समाजमा एकमतको विषय बनेन । समयमै लकडाउन लागु नगर्दा संरा अमेरिकाभरि महामारी तेज गतिमा फैलियो । उत्परिवर्तित भाइरस अन्धाधुन्ध फैलियो । सङ्क्रमण र मृत्युदर निकै माथि पुग्यो । एकैदिन ४ लाखभन्दा बढी मानिसमा रोग पुष्टि भयो । त्यो संसारकै सबभन्दा उच्च सङ्क्रमण दर हो । असमयमै ‘पुनः खोल्ने’ नीति लागु गर्दा संरा अमेरिकामा मात्र महामारी रोकथाम र नियन्त्रण भएन, बरु संसारकै लागि समस्याको बोझ थपियो ।
सन् २०२० को अगस्टको सुरुमा संसारभरको कुल सङ्क्रमित सङ्ख्या २ करोड पुग्यो । तीमध्ये ५० लाख त संरा अमेरिकामा मात्र थियो ।
त्यस परिस्थितिमा संरा अमेरिकी विदेश विभागले चौथो चरणको यात्रा निर्देशिका हटायो । त्यसमा नागरिकलाई सबै अन्तर्राष्ट्रिय यात्रा नगर्न सूचना गरिएको थियो । महामारी नियन्त्रणमा आइसकेको भन्दै विदेश विभागले त्यो सूचना जारी गरेको थियो । अर्थतन्त्र पुनःस्थापनाको लागि बजार पुनः खोल्नुपर्ने सरकारको भनाइ थियो ।
यस्तो मनपरी व्यवहारको संसारले ठुलो मूल्य चुकाउनुप¥यो ।
संरा अमेरिकाको राष्ट्रिय पर्यटन कार्यालयले जारी गरेको तथ्याङ्कअनुसार सन् २०२० को अप्रिलदेखि सन् २०२१ को मार्चसम्ममा हवाइ र थल मार्ग भएर २ करोड ३१ लाख ९५ हजार संरा अमेरिकी नागरिकले विदेश यात्रा गरेका थिए । सन् २०२० को नोभेम्बरदेखि सन् २०२१ को जनवरीमा संरा अमेरिकामा महामारी उत्कर्षमा पुगेको थियो । दैनिक सङ्क्रमितको सङ्ख्या १ लाख ८६ हजार पुगेको थियो । त्यस्तो अवस्थामा विदेश यात्रा गर्ने नागरिकको सङ्ख्यामा पनि निकै उच्च थियो । हरेक दिन ८७ हजार मानिसले विदेशको यात्रा गरिरहेका थिए ।
दोहोरो उत्कर्षले संरा अमेरिका हुँदै संसारभर महामारी तीब्र गतिमा फैलिरहेको थियो । समाचारअनुसार दक्षिण कोरियामा आयातित ७ हजार बिरामीमध्ये ३० प्रतिशत र अष्टे«लियामा आयातित ६ हजार बिरामीमध्ये १४ प्रतिशत संरा अमेरिकाबाट गएका थिए ।
३) आप्रवासीलाई गैरजिम्मेवारीपूर्वक फर्काउँदा महामारी विश्वव्यापी बन्यो ।
महामारीको बेला संरा अमेरिकाले अनाधिकृत आप्रवासीलाई स्वदेश फर्काउने कामलाई निरन्तरता दियो । त्यसले संसारभर आयातित सङ्क्रमणलाई अझ बढायो । त्यसो गर्नु मानिसको जीवनप्रतिको ठुलो अनास्था हो ।
सन् २०२० को मे १३ मा विश्व स्वास्थ्य सङ्गठनले महामारी संसारभर फैलिन नदिन आप्रवासीलाई फिर्ता गर्ने क्रम रोक्न आग्रह ग¥यो ।
तथापि संसारकै सबभन्दा बढी कोभिड–१९ का बिरामी भएको देश संरा अमेरिकाले समयमै आप्रवासीलाई घर फर्काउने काम स्थगन गरेन । बरु उसले महामारी नियन्त्रणको लागि आवश्यक सरसामान र क्षमता नभएका कमजोर देशमा हजारौँ आप्रवासीलाई फर्कायो ।
संरा अमेरिकी आप्रवासी र भन्सार प्राधिकरणको तथ्याङ्कले सन् २०२० को मार्चदेखि मध्य जुन महिनासम्म मात्र पनि संरा अमेरिकी भन्सार हिरासत केन्द्रबाट घर फिर्ता पठाइएका आप्रवासीको सङ्ख्या झन्डै ४० हजार थियो । प्राधिकरणको तथ्याङ्कअनुसार सन् २०२० मा मात्र १ लाख ८६ हजार मानिसलाई संरा अमेरिकाबाट फिर्ता पठाइएको थियो । सन् २०१९ को तुलनामा यो सङ्ख्या १६० प्रतिशतले बढी हो ।
त्यसका साथै ग्वाटेमाला, होन्डुरस, साल्भाडोर, ब्राजिल, निकारागुआ, इक्वेडर, हाइटी, डोमिनिकन गणराज्य, कोलोम्बिया, मेक्सिको र जमैकालगायत ६१ देशमा आप्रवासीलाई फिर्ता पठाइयो । ग्वाटेमाला सरकारले सन् २०२० को अप्रिलमा आफ्नो देशमा कोभिड–१९ का कुल सङ्क्रमितमध्ये झन्डै पाँचखण्डको एक खण्ड संरा अमेरिकाबाट फर्काइएका मानिसहरूसँग सम्बन्धित भएको बताएको थियो ।
४) विदेशमा तैनाथ संरा अमेरिकी सेनाले पटक पटक महामारी नियन्त्रणका नियम पालना नगर्दा महामारी पैmलायो ।
संरा अमेरिकी सिपाहींहरूले भियतनाम भ्रमण गर्दा महामारी नियन्त्रणका नियम तोड्दा दक्षिण पूर्वी एसियाली देश भियतनाममा ठुलो सङ्ख्यामा महामारी फैलियो ।
सन् २०२० को मार्चमा संरा अमेरिकी पूर्व राष्ट्रपति थियोडर रुजबेल्टको नाममा नामाकरण गरिएको संरा अमेरिकी जलसैनिक विमान वाहक भियतनामको तटीय सहर दा नाङ्ग पुग्यो ।
धेरै भियतनामी जनता त्यो अमेरिकी जहाज हेर्न त्यहाँ पुगे । त्यो भीडमा महामारी नियन्त्रणका कुनै पनि नियमको पालना गरिएको थिएन । जहाजमा आएका ५ हजार संरा अमेरिकी सिपाहीहरूले त्यो सहरको भ्रमण गरे । फलतः जहाज फर्केपछि त्यो भियतनामी सहरमा कोभिड–१९ व्यापकरूपमा फैलियो ।
स्वतन्त्रता दिवस मनाउन जापान र दक्षिण कोरियामा भेला भएका संरा अमेरिकी सेनाले त्यहाँ महामारी फैलाए ।
सन् २०२० को जुलाई महिनामा जापानको ओकिनावास्थित हिल्टन होटलमा क्वारेन्टिनमा बस्दै गरेको संरा अमेरिकी सिपाहीहरू संरा अमेरिकी स्वतन्त्रता दिवसको अवसरमा आयोजित रात्रीभोजमा सहभागी बने । उनीहरूले स्थानीय क्वारेन्टिनसम्बन्धी नियम उल्लङ्घन गरेका थिए । ती सिपाहीहरूले मास्क लगाएका थिएनन् । न त उनीहरूले आपसी दूरीको नियम नै पालना गरेका थिए ।
त्यसअघि एक जना पनि सङ्क्रमण नभएको ओकिनावामा त्यो कार्यक्रम पछि सङ्क्रमण फैलियो ।
सन् २०२० को जुलाईमा दक्षिण कोरियाको ओसान र दैगुमा रहेका संरा अमेरिकी सिपाहीहरू दक्षिण कोरियाली सहर बुसानमा गए । अमेरिकी स्वतन्त्रता दिवसको अवसरमा आयोजित कार्यक्रममा उनीहरू सहभागी बने । मास्क नलगाई उनीहरू त्यहाँ आयोजित आतसबाजीमा सहभागी बने । फलतः त्यहाँ स्थानीयरूपमा व्यापक सङ्क्रमण फैलियो ।
५) ‘महा–सङ्क्रामक’ बनेका अन्तर्राष्ट्रिय कार्यक्रममा कोभिड–१९ रोक्न संरा अमेरिकी असफलता
सन् २०२० को फेब्रुअरीमा बोस्टनमा आयोजित जैविक–प्रविधिसम्बन्धी सम्मेलनको कारण संरा अमेरिका र युरोपमा कम्तीमा २ लाख ४५ हजार थप मानिसलाई सङ्क्रमित बनायो । मसाचुसेटस्थित ब्रोड इन्स्टिच्युटको एउटा टोलीले गरेको आणुवंशिक अध्ययनको निष्कर्षलाई आधार मानेर सन् २०२० को डिसेम्बर १ मा सीएनएनमा सो समाचार सार्वजनिक गरिएको थियो । त्यो सम्मेलनलाई कोभिड–१९ को महा–सङ्क्रामक कार्यक्रम बन्यो ।
सो अध्ययनको निष्कर्ष ‘साइन्स’ म्यागाजिनमा प्रकाशित भएको थियो । अध्ययनमा भाइरसका दुईथरी आनुवंशिकता देखिएको थियो । एकथरी जैविक प्रविधि सम्मेलनसँग सम्बन्धित थियो । त्यो थरी भाइरस पछि संरा अमेरिकाभरि फैलिएको देखियो । अर्कोथरी भाइरस बोस्टनबाट संरा अमेरिका २९ वटा राज्यहरूमा फैलियो । अन्य देशहरू जस्तै अस्ट्रेलिया, स्वीडेन र स्लोभाकियामा पनि सो भाइरस फैलिएको पत्ता लाग्यो ।
अध्ययनले त्यो भाइरसको उत्परिवर्तनसहितको उपशाखाले ८८ हजार मानिसलाई सङ्क्रमित बनाएको पत्ता लाग्यो । त्यसको अर्थ संसारभरका झन्डै २ सय मानिस सहभागी भएको सो सम्मेलनले हजारौँ हजार मानिसलाई सङ्क्रमित बनायो । सम्मेलनमा कुनै पनि खालको स्वास्थ्य सुरक्षा व्यवस्था गरिएको थिएन ।
६) मानवीय सङ्कट निम्त्याउने एकपक्षीय नाकाबन्दी
संसारभर महामारी नियन्त्रण कुनै देशले भाइरसको उत्कृष्ट ढङ्गले नियन्त्रण ग¥यो भन्ने कुरामा मात्र नभई सबभन्दा कमजोर पारा कुन देशले देखायो भन्नेमा पनि भर पर्छ ।
महामारी संसारभर उकालो चढ्दै गर्दा संरा अमेरिकाले आफ्ना भूराजनीतिक स्वार्थका कारण केही देशमाथि उसले थोपर्दै आएको नाकाबन्दी हटाउन तयार भएन । त्यसले गर्दा ती देशमा स्वास्थ्य सामग्री आपूर्ति र मानवीय सहायता पु¥याउन हम्मेहम्मे प¥यो । जसले ती देशमा भाइरसलाई तह लगाउने क्षमता कमजोर भयो ।
उदाहरणको लागि इरानलाई लिऔँ । अन्तर्राष्ट्रिय समुदायले इरानमाथिको नाकाबन्दी हटाउन संरा अमेरिकालाई बारम्बार आग्रह गरेको थियो । तर, संरा अमेरिकाले त्यो आग्रह सुनेन । बरु कोभिडको समयमा इरानमाथि थप नाकाबन्दी थोपरियो । जसले महामारीको सुरुवातमै सङ्क्रमण विस्फोटक बन्यो । संसारभरमा इरान सङ्क्रमणमा नवौँ क्रममा आयो ।
संरा अमेरिकाले थोपरेको नाकाबन्दीको कारण कमजोर स्वास्थ्य प्रणाली भएका मध्यपूर्व, ल्याटिन अमेरिका र अफ्रिकी देशहरूले ठुलो मानवीय सङ्कट सामना गर्नुप¥यो र निकै क्षति भोग्नुप¥यो ।
नेपाली अनुवादः सुशिला
Leave a Reply