सरकारले नै स्थानीय तहमार्फत बाली बीमा गर्नु जरुरी छ
- कार्तिक १०, २०८३
मिति २०७८ पुस १० गते ‘मजदुर’ दैनिकमा प्रकाशित ‘भक्तपुर नपालाई दुई प्रश्न’ शीर्षकको पाठक प्रतिक्रियामा भक्तपुर नगरपालिकाको ध्यानाकर्षण भयो । उक्त पाठक पत्रमा भक्तपुर महोत्सव र भक्तपुर नपाको सम्पदा रात्रिकालीन यात्राबारे सुन्दर सुवालले व्यक्त गर्नुभएको जिज्ञासाहरूमाथि बुँदागतरूपमा प्रष्ट पार्न चाहन्छौँ ।
क) भक्तपुर नगरपालिका देशकै सानो नगरमध्ये एक हो । यहाँ कुनै वन जङ्गल छैन । त्यसैले नगरभित्र हरियाली विकास प्रवद्र्धन गर्ने उद्देश्यले नगरका विभिन्न सडकको दायाँबायाँ र सार्वजनिक खुला क्षेत्रहरूमा वृक्षरोपण कार्यक्रमलाई भनपाले जोड दिएको हो । हरियाली प्रवद्र्धन गर्ने सिलसिलामा विभिन्न साइज र प्रजातिका बोटहरू ऐतिहासिक एवम् सांस्कृतिक हिसाबले महत्वपूर्ण करिब १६ स्थानहरूमा वृक्षरोपण कार्यक्रम गरिएको थियो । साथै सम्पदा क्षेत्रहरूमा हरियाली तथा सौन्दर्य प्रवद्धनको लागि दत्तात्रय र दरबार क्षेत्रमा विभिन्न प्रजातिका बिरुवासहित गमला राखेको थियो । नगरपालिकाले ती क्षेत्रहरूमा समय—समयमा ट्याङ्करबाट पानी हाल्ने, आवश्यकताअनुसार रुखका हाँगाहरू काट्ने, घाँस उखेल्नेलगायतका गतिविधिहरू गर्दै आएको छ । भक्तपुरलाई सुन्दर बनाउन नपाले गरेको प्रयासलाई केही व्यक्तिहरूले रुखको हाँगाहरू भाच्ने, तार र जालीहरू जथाभावी फाल्ने, आफ्नो घर र पसल अगाडिको रुखलाई नष्ट गर्ने, गमला फुटाउनेलगायतका कार्यहरू नगरेका होइनन् । भक्तपुर नगरपालिकाले त्यस्ता व्यक्तिहरूलाई आवश्यक कारबाहीसमेत गरेको जानकारी गराउन चाहन्छौँ । भक्तपुर नपा दरबार क्षेत्रमा पुनः बिरुवासहितको ठूल्ठूला गमलाहरू थप गर्दै लाने तयारीमा जुटेको छ ।
रुख बिरुवा काट्नेहरूसँग तपाईँ आफै झगडा गर्न तम्सेको कुराले एक सचेत भक्तपुरवासी नागरिकको परिचय दिन सफल हुनुभएको छ । धन्यवाद छ तपाईँलाई !
ख) भक्तपुरको पर्यटन एवम् वातावरणसम्बन्धी महत्वपूर्ण जिज्ञासा प्रकट गर्नुभएकोमा यहाँलाई धन्यवाद दिन चाहन्छौँ । कोभिड १९ को कारण सम्पूर्ण तयारी भएर पनि भक्तपुर महोत्सव स्थागित गर्नु परेकोमा दुःख व्यक्त गर्नु भक्तपुर नगरपालिकाप्रतिको तपाईँको माया र स्नेह हो । तपाईँको त्यो भावनाको सम्मान गर्दै धन्यवाद दिन चाहन्छौँ । साथै यो हामी सबैको लागि अत्यन्त दुःखदायी विषय हो । त्यसबेला भक्तपुर नगरपालिकाले जनताको स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेर काम गरेकोे विषय तपाईँलाई जानकारी नै छ ।
भक्तपुर नगरपालिकाको आयोजनामा सुरु भएको सन्ध्याकालीन सांस्कृतिक सम्पदा पदयात्रा यहाँको कला, संस्कृति र सम्पदा संरक्षण र पर्यटन विकासमा पनि टेवा पुग्ने कार्यक्रम भएको हामीले महसुस गरेका छौँ । यहाँले भन्नुभएजस्तै कोभिड १९ को पहिलो र दोस्रो लहरबाट विश्वभरिका सम्पूर्ण जनता पीडामा भएको सर्वविदित्तै छ । यस्तो अवस्थामा भक्तपुर नगरपालिकाले जनताको स्वास्थ्यलाई प्राथमिकता दिनु पहिलो कर्तव्य हुन आउँछ । कोभिड १९ लाई नियन्त्रण गर्ने स्वास्थ्यसम्बन्धी विभिन्न कार्यक्रमले गर्दा केही समयलाई सांस्कृतिक सम्पदा पदयात्रा कार्यक्रमलाई स्थगित गर्नुपरेको हो । त्यो खारेजीमा परेको नसम्झी दिनुहोला । हाल परिस्थिति विस्तारै सहज हँुदै गएको छ । सहज वातावरणसँगै स्थगित पर्यटन प्रवद्र्घनका विभिन्न कार्यक्रमहरू पुनःसञ्चालन हुँदै जानेछ । भक्तपुर नगरलाई पर्यटकीय गन्तव्यस्थलको रूपमा विकास गर्न भक्तपुर नगरपालिका यहाँहरूको सल्लाह र सुझावको सधैँ अपेक्षा गर्दछ ।
तपार्र्ईँंंले पाठक पत्रमार्फत जिज्ञासा राख्नुभएकोमा हामी अत्यन्त खुसी छौँ । भक्तपुर नगरपालिकालाई सफा, सुन्दर र स्वच्छ राख्ने काम यहाँका जनप्रतिनिधिहरू र कर्मचारीहरूको मात्र होइन सबै नागरिकहरूको जिम्मेवारी पनि हो । नगरपालिका नगरवासीहरूको आफ्नै साझा संस्था हो भन्ने भावनाले काम गर्न सकेको खण्डमा भक्तपुरको विकास र समृद्धिको लागि समय लाग्नेछैन । सबै नागरिकहरू यहाँजस्तै सचेत पार्न भक्तपुर नगरपालिका निरन्तर प्रयासरत हुने जानकारी गराउन चाहन्छौँ । पत्र लेख्नुभएकोमा सुन्दर सुवालजीलाई धेरै धेरै धन्यवाद ¤
भक्तपुर नगरपालिका
Leave a Reply