सीको आह्वान : एआईमा एक देशको प्रभुत्व नहोस्
- श्रावण १, २०८३
भक्तपुर, १३ पुस । साधारणतया विभिन्न विधाका विद्वान, लेखक, दार्शनिक, चिन्तक तथा साहित्यकार आदिका विचार तथा भावनालाई लिपिबद्ध गरिएको पृष्ठहरूको सङ्गठित स्वरूप वा ठेलीलाई पुस्तक भनिन्छ ।
पुस्तकलाई संस्कृत भाषामा ग्रन्थ भनिन्छ भने जर्मन भाषाको ‘द्यइप्’ बाट पुरानो अङ्ग्रेजी ‘द्यइऋ’ हुँदै ‘द्यइइप्’ हुँदा अरबी भाषाबाट ‘किताब’ मा आउँदा नेपाली बोलिचालीमा कितापसम्म भएको छ ।
नेपाली बृहत् शब्दकोशमा पुस्तकको अर्थ पढ्ने, पढाउने उद्देश्यले तर्क, विचार, भावना, ज्ञान विज्ञान आदिका कुरा लेखिएको छापिएको ग्रन्थ भनिएको छ ।
मानिस एक गतिशील सामाजिक उत्तरदायित्व बहन गर्ने प्राणी भएको हुँदा उसले प्राप्त गरेका भाषा, अनुभव, ज्ञान, सीप र कला कौशललाई संरक्षण संवद्र्धन गर्दै भविष्यको पुस्ताका लागि हस्तान्तरण गर्न विभिन्न विधि प्रविधिका स्रोत साधनको उपयोग गरिन्छ । जहाँ प्राचीन कालदेखि नै जनचेतनाको विकासपछि मानिसहरूले आफ्नो धर्म, दर्शन, कला र संस्कृतिलाई लेख्ने कला तथा सीपको विकास गर्दै चीरकालसम्मका लागि सुरक्षित र संवद्र्धन गर्न नरम माटो, काठका टुक्रा आदिमा लेख्ने कोर्ने गर्न थाले ।
सुमेरियनले सर्वप्रथम ई पू ३१०० देखि २३५७ सम्ममा आफ्नो इतिहास, धर्म, संस्कृति, दर्शन तथा चौपायाका चित्रहरू नरम माटोमा लेख्दै सुकाएर ग्रीक रोमन,चीन र भारतीयहरूले भोजपत्र, ताडपत्र, कछुवाको सेल, बाँसको बोक्रामा आफ्नो कला, धर्म, दर्शन, इतिहास, संस्कृति लेखी गुफा तथा मठमन्दिर पाटीपौवा, चैत्य गुम्बामा ज्ञान सामग्रीको रूपमा संरक्षण गर्दै जाँदा पुस्तक र पुस्तकालयको विकास भएको हो ।
पुस्तक ज्ञानको आधार हो । मानिसले प्राप्त गरेका अनुभवलाई अझ परिष्कृत बनाउन पुस्तकजन्य पाठ्यसामग्रीको गहन अध्ययन गरी अनुसन्धान र प्रयोगमा ल्याउने गर्छ । प्राचीन समयमा प्राप्त गरेको ज्ञान सीपको संरक्षण गुफा हुँदै मध्ययुगतिर मठमन्दिर, मस्जिद, गुम्बाचैत्य, पाटीपौवा तथा आधुनिक समाज तथा युगमा पुस्तकको प्रयोग तथा अनुसन्धानलाई बढावा दिन छुट्टै शाखा वा भवनमा पुस्तकको संरक्षण र परिचालन एवं वितरण गरिएको हुन्छ जहाँ पुस्तकको घरलाई आधुनिक पुस्तकालयको रूपमा लिइन्छ ।
पुस्तकको अध्ययन संस्कृति विकास हुन नसक्दा समाजमा अनेकौँ विकृति र समस्या फैलिएको छ । प्रविधिको विकासले पुस्तकको विकल्प तथा विकासको रूपमा विभिन्न किसिमका डिजिटल सामग्री जस्तैः मोबाइल, आइफोन, आइप्याडजस्ता ग्याजेट्सको अत्यधिक प्रयोगले आँखाको ज्योति विस्तारै खराब हुँदै जान्छ । साथै आँखामा आँसु आइराख्ने, धुमिलो देख्ने, टाउको दुख्ने, आँखा रातो हुने समस्याले सताउने गर्छ । औँलाको छाला पनि कडा बन्नसक्छ ।
मोबाइल फोनको अत्याधिक प्रयोगले सबैभन्दा बढी असर निद्रामा पर्छ । रातको समयमा घण्टौँसम्म फोनमा कुरा गर्दा तथा च्याटमा व्यस्त रहँदा मानिसहरूले निद्रालाई उपेक्षा गर्छन् । कम्तीमा पनि दैनिक ६–८ घण्टा निदाउनु मानिस शरीरको लागि अत्यावश्यक हुन्छ । तर, मोबाइलले निदाउने समयको कटौती गरिदिन्छ । जसका कारण निद्रासम्बन्धी बिमारीले गाँज्न सक्छ । यसले चिडचिडाहट, डिप्रेसनजस्ता समस्याको समेत सिकार बनाउन सक्छ ।
मोबाइल र ग्याजेट्सको बढ्दो प्रयोग र इन्टरनेटमा उपलब्ध विभिन्न कन्टेन्टका दुव्र्यसनीहरूले हिजोआज बालबालिका तथा विद्यालयका किशोर किशोरी लतमा फस्न सहज बनाइदिएको छ । पढेन, भनेको मान्दैन, टेर्दैन, सुन्दैन, रिसाउँछ, झर्किन्छ भन्ने समस्या सबै मोबाइलले नै भएको हो ।
बालबालिका फकाउने र खुसी पार्ने र तिनीहरूलाई स्मार्ट बनाउने नाउँमा मोबाइल दिँदा पढाइमा ध्यान दिँदैनन् र मोबाइलको विकिरणले तिनीहरूको स्मरण शक्तिलाई ह्रास बनाइदिएको छ ।
विभिन्न सीपमूलक तालिमहरू सञ्चालन गर्ने तथा युवाहरूलाई सुसंस्कृत र देशभक्त बनाउन देश र जनताको निःस्वार्थ सेवा गर्ने उद्देश्यका साथ भक्तपुरका ११ जना स्थानीय युवाहरूको समूहको रूपमा रहेको आरम्भ नेपालले यस्ता बौद्धिक, सामाजिक तथा स्वास्थ्यसम्बन्धी समस्या बाट केही हदसम्म मुक्ति दिलाउन सामाजिक दायित्व बहनको रूपमा यहीँ माघ ५ गतेदेखि ८ गतेसम्म आयोजना हुने चारदिने प्रदर्शनीमा विद्यालय कलेजका शिक्षकशिक्षिका, प्राध्यापक, लेखक, साहित्यकार बुद्धिजीवी, पत्रकार, विभिन्न पेसाकर्मी, विद्यार्थी तथा पाठकको सहभागिताको लागि हार्दिक अनुरोध छ ।
नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेँ(रोहित) द्वारा उद्घाटन हुने प्रदर्शनीमा रत्नपुस्तक भण्डार, परिचय बुक्स, नेपालय प्रकाशन, साझा प्रकाशन, नेपाल प्रज्ञा प्रतिष्ठान, जनप्रकाशन गृह, कथालय, अनुज पब्लिकेसन, पाँचपोखरी बुक स्टोर, बुकहिल तथा अन्य थुप्रै पब्लिकेसनका स्टलहरू रहनेछन् । यसबाहेक शिल्पी समूहको नाटक प्रदर्शनलगायत अन्य साहित्यिक कार्यक्रम र भक्तपुर विशेष इतिहासबारे जानकारीमूलक कार्यक्रम सञ्चालन हुने भएको छ ।
Leave a Reply