सरकारी निर्णय राहतभन्दा आहत
- बैशाख ९, २०८३
भक्तपुर, १५ पुस । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र भक्तपुरको आयोजनामा भएको भक्तपुर नगरपालिकाका महिला स्वास्थ्य स्वयम्सेविकाहरूको लागि आयुर्वेद स्वास्थ्यसम्बन्धी अभिमुखीकरण कार्यक्रम बिहीबार सम्पन्न भयो ।
कार्यक्रममा भक्तपुुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले आयुर्वेद चिकित्सा पद्धति लिच्छविकालदेखि सुरु भएको नेपालको मौलिक चिकित्सा पद्धति भएको उल्लेख गर्दै भक्तपुर नगरपालिकाले वडास्तरीय नागरिक आरोग्य केन्द्र सञ्चालन गरी नागरिकहरूलाई निःशुल्करूपमा आयुर्वेदिक औषधि वितरण गर्दै आइरहेको बताउनुभयो ।
आयुर्वेद स्वास्थ्यलाई राज्यले आफ्नो प्राथमिकतामा नराखेको गुनासो व्यक्त गर्दै राज्यबाट सिंहदरबारको वैद्यखाना र नरदेवी अस्पताल संरक्षणको अभावमा बन्द हुने स्थितिमा रहेको प्रस्ट पार्नुभयो ।
रामदेव भारतका व्यापारिक व्यक्ति भएको उल्लेख गर्दै नगर प्रमुख प्रजापतिले नेपालका जडीबुटीमा विदेशको नियन्त्रण कायम गर्न यस्ता व्यक्तिहरूले अनेक चलखेल गरिरहेको तर्फ सचेत हुनुपर्ने धारणा राख्नुभयो ।
उहाँले देशभक्त र सचेत नागरिकले देशको अस्तित्व र सार्वभौमिकतासँग जोडिएको एमसीसी सम्झौताको विषयमा जानकारी राख्नुपर्ने र देशघाती सम्झौताको विरुद्धमा आ–आफ्नो क्षेत्रमा आवश्यक भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो ।
भक्तपुर नगरपालिकाबाट सञ्चालित ख्वप अस्पतालका डा. रत्नसुन्दर लासिवाले आयुर्वेद स्वास्थ्य उपचारबारे समुदायस्तरबाटै जनचेतना जगाउन आवश्यक भएको बताउँदै स्वास्थ्य स्वयम्सेविकाहरूले यसको महत्वबारे जनतालाई जानकार गराउनुपर्ने आजको आवश्यकता हो भन्नुभयो ।
कार्यक्रममा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र भक्तपुरका कार्यालय प्रमुख नरेन्द्रप्रसाद गिरीले सरकारले आयुर्वेदिक चिकित्सा पद्धतिलाई वैकल्पिक उपचार विधिको रूपमा अगाडि बढाउनुपर्ने उल्लेख गर्दै भक्तपुर नपाले मौलिक आयुर्वेद चिकित्सालाई प्राथमिकतामा राखी आरोग्य केन्द्र सञ्चालनबाट आफूहरूलाई हौसला प्रदान भएको बताउनुभयो ।
जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र भक्तपुरका व्यवस्थापन समितिका अध्यक्ष राजुप्रसाद अधिकारीले कार्यक्रमको उद्देश्यमाथि प्रस्ट पार्दै नेपालको मौलिक स्वास्थ्य विधिलाई प्रोत्साहन गर्नुपर्ने बताउनुभयो ।
Leave a Reply