नवउदारवाद र बुद्धिजीवीहरू
- असार २९, २०८३
हवाना, १ जनवरी । क्युवाको सन्दर्भमा जनवरी १ को दुई वटा महत्व छन् – पहिलो, जनवरी १ नयाँ वर्षको आरम्भ दिन हो । दोस्रो, त्यो दिन फिडेल क्यास्ट्रोले नेतृत्व गर्नुभएको क्रान्तिको वार्षिकी पर्छ । सन् १९५९ को जनवरी १ मा क्यास्ट्रोले नेतृत्व गर्नुभएको क्युवाली क्रान्ति सफल भएको थियो । क्युवाली क्रान्ति दिवसको अवसरमा क्युवाका राष्ट्रपति तथा क्युवाली कम्युनिस्ट पार्टीका प्रथम सचिव मिगुएल डाएज कानलले कोभिड–१९ महामारीविरुद्ध क्युवाको लडाईमा नेतृत्वदायी भूमिका खेल्ने क्युवाका विभिन्न वैज्ञानिक अध्ययन संस्थाहरूको भ्रमण गर्नुभएको छ ।
इन्स्टिच्युटो फिन्ले दे भकुनास (आइएफभी) मा पुगेर प्रथम सचिव कानलले भन्नुभयो, “क्युवाली क्रान्ति दिवसको पूर्वसन्ध्यामा कोभिड–१९ विरुद्धको सोबेराना खोप बनाउन अग्रणी भूमिका खेल्ने फिन्ले इन्स्टिच्युटको हालै पुनःनिर्माण गरिएको मुख्यालय भवनमा आउन पाउँदा मलाई खुसी लागेको छ । यो संस्थाले कोभिड–१९ विरुद्धको सफल लडाइँमा ठूलो भूमिका खेलेको छ ।” उहाँले सन् २०२२ मा पनि संस्थाले ज्ञान, प्रतिबद्धता, विवेक, सिर्जनात्मकता र सौन्दर्यका साथ वैज्ञानिक अनुसन्धानलाई थप अघि बढाउने आशा व्यक्त गर्नुभयो । क्युवाले कोभिड–१९ विरुद्ध हालसम्म पाँच थरी खोप बनाइसकेको छ ।
त्यसपछि क्युवाली न्युरोसाइन्स सेन्टर पुग्नुभएका राष्ट्रपति डाएजले त्यहाँका निर्देशक मिटसेल भाल्डेस सोसालाई भेटेर तीव्रगतिमा फैलिने श्वासप्रश्वास रोग रोकथाम गर्न नवीन प्रविधिको अध्ययनमा भइरहेको प्रगतिबारे जानकारी लिनुभयो । सो संस्थाअन्तर्गत क्युवाले बनाइरहेको नशा रोगसम्बन्धी अर्को नयाँ प्रविधिले छारेरोगको निदानमा समेत योगदान गर्ने बताइएको छ । सो प्रविधिले छारेरोगीलाई अचानक हुने काम्ने र अनियन्त्रित हुने समस्याको पूर्वसङ्केत थाहा पाउन उपयोग गर्न सकिनेछ । त्यसलाई कानको जाली जडान गर्न र अल्जाइमरको रोगसम्मको उपचारको निम्ति प्रयोग गर्न सकिने क्युवाली चिकित्सकहरूले बताएका छन् ।
सो क्रममा राष्ट्रपतिले मामबिसा नामको कोभिड–१९ को खोप लगाउन नाकमा लगाइने स्पे्र उत्पादन गर्ने कारखानाको पनि भ्रमण गर्नुभयो । सो कारखानामा वैज्ञानिक र स्वास्थ्यकर्मीहरूले कानको सुरक्षाको लागि लगाइने उच्च गुणस्तरीय औजार पनि उत्पादन भइरहेको छ । निकै चर्को स्वर आउने ठाउँमा काम गर्ने मजदुरहरूले सो उपकरण लगाउन सक्छन् ।
त्यसपछि राष्ट्रपति डाएज वैज्ञानिक अनुसन्धान राष्ट्रिय केन्द्रमा पुगेर ‘फिडेलसम्बन्धी तस्बिर प्रदर्शन’ मा सहभागी बन्नुभयो ।
हालैका दिनमा क्युवाली राष्ट्रपतिले राज्य तथा व्यापारिक निकायका अधिकारी, वैज्ञानिक र विज्ञहरूलाई भेटेर सरकारको विज्ञान र अनुसन्धान व्यवस्थापन प्रणालीको कार्यान्वयनबारे छलफल गर्नुभएको छ । क्युवाली क्रान्तियता चिकित्सा क्षेत्रमा प्राप्त उपलब्धिबाहेक कृषि क्षेत्रमा महत्वपूर्ण उपलब्धि भएका छन् । कृषि, प्रविधि र अनुसन्धान प्रवद्र्धन प्रणालीमा पनि क्रान्तियता उल्लेखनीय उपलब्धि भएका छन् ।
“खाद्य उत्पादन, कृषि विकासका आधारभूत क्षेत्र हुन् । संरा अमेरिकी सरकारको नाकाबन्दी र स्रोतको कमीबीच हामीले यो क्षेत्रमा आइपरेका समस्या समाधान गर्नुपर्छ । हामी यो बहसमा दशकौँअघि देखि छौँ । तर, प्रगति अझै धिमा छ”, डाएजले आफ्नो भाषणमा भन्नुभएको छ ।
Leave a Reply