रोबोटले तोड्यो म्याराथनमा मानव कीर्तिमान
- बैशाख ६, २०८३
भक्तपुर १७, पुस । शुभ–लाभ बचत तथा ऋण सहकारी संस्था लि. चानपा ५, छालिङको १४ औँ वार्षिक साधारण सभाको उद्घाटन नेपाल मजदुर किसान पार्टीका सचिव एवं प्रतिनिधिसभाका सदस्य प्रेम सुवालले शनिबार गर्नुभयो ।
कार्यक्रममा सचिव सुवालले सहकारी संस्थाहरूले आफ्ना सदस्य र उनीहरूका छोराछोरीहरूलाई मौलिक गीत–सङ्गीत, साहित्य, चित्रकलालगायत बिजुली जडान, धारा–पाइप जडान, रङरोगन, डकर्मी–सिकर्मीको पनि तालिम दिनु आवश्यक रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “काठमाडौँ उपत्यकामा दैनिक ४० प्रतिशत तरकारी भारतबाट आयात भइरहेको छ । यसरी नेपाललाई परनिर्भर बनाउनु ठीक होइन । भारतले कुनै पनि बेला नाकाबन्दी गरेमा नेपाली जनता भोकै मर्नुपर्ने अवस्था आउँछ । यसकारण, संस्थाका सदस्य किसानहरूलाई तरकारी खेती र अन्य कृषि कार्यको लागि सस्तो ब्याजमा ऋण दिने व्यवस्था गरेर कृषि उत्पादन बढाउनेतर्फ ध्यान दिनु जरूरी छ ।”
“हामीले श्रमलाई सम्मान गर्नुपर्दछ । देशमा काम नहुँदा लाखौँ नेपाली खाडी मुलुकको तातोमा पसिना बगाउन बाध्य छन् । सरकारमा गएका दलहरूले नेपालीलाई स्वदेशमा रोजगारी दिन सकेनन् । यो उनीहरूको असफलता हो ।” सांसद सुवालले भन्नुभयो ।
सांसद सुवालले सदस्य र उनीहरूको परिवारको सांस्कृतिक स्तर उठाउने कार्यक्रम संस्थाले ल्याउनु जरूरी रहेको बताउँदै सांस्कृतिक स्तर माथि नउठेका सदस्यहरूले संस्थाबाट धेरै बोनस नपाएको गुनासो व्यक्त गर्ने उल्लेख गर्नुभयो । उहाँले बोनस र ब्याज धेरै दिने वाचा गरेको ओरियन्टल र सिभिल सहकारीले बचतकर्ताको १०–१५ अर्ब रुपियाँ ठगेको समाचार बाहिरिएको बारे सहकारी संस्थाहरू सचेत हुनु जरूरी रहेको बताउनुभयो ।
उहाँले सहकारीको कार्यक्षेत्र नगरपालिका र महानगरपालिकाका केही वडा क्षेत्रमा सीमित गरिए बाहिरका आएर सहकारी सञ्चालन गरी ठगी गर्ने काममा नियन्त्रण हुने बताउनुभयो ।
एसियाका दुई ठूला देश भारत र चीनलाई युद्ध गराउने र हतियार बेच्ने अमेरिकी स्वार्थ र नेपालको बिजुली भारत हुँदै सिङ्गापुरसम्म लैजाने भारतीय स्वार्थअनुसार एमसीसी सम्झौता अगाडि सारिएको हुँदा सम्झौता खारेज गराउन जरूरी रहेको सांसद सुवालले बताउनुभयो ।
उहाँले पाँच दलको गठबन्धनले देउवा सरकारलाई बोकेको हुँदा संसद्बाट एमसीसी सम्झौता पारित हुने सम्भावना बढेको औँल्याउँदै नेपाली जनता देशघाती एमसीसी सम्झौता खारेज नभएसम्म सङ्घर्षमा उत्रनु जरूरी रहेको बताउनुभयो ।
नेमकिपा भजिसका अध्यक्ष न्हुछेभक्त फोजूले सहकारीले आफ्ना सदस्यहरूलाई सस्तोमा ऋण उपलब्ध गराएर रोजगारमूलक काम गर्न प्रेरित गर्नुपर्ने बताउनुभयो ।
उहाँले आफ्नो क्षेत्रभित्रका जनताको चेतनास्तर बढाउन कानुनी साक्षरता, राष्ट्रिय अन्तर्राष्ट्रिय विषयबारे प्रशिक्षण सञ्चालन गरी स्वास्थ्यसम्बन्धी गतिविधिलाई चालू राख्नु जरूरी रहेको उल्लेख गर्नुभयो ।
कार्यक्रममा जिल्ला बचत सहकारी सङ्घका कान्छाभक्त घजुले बाग्मती प्रदेश सरकारले २०÷२५ लाखको चलखेलमा बहुउद्देश्यीय सहकारीको दर्ता खोलेर विकृति बढाउनु र करसमेत वृद्धि गर्नु गलत रहेको बताउनुभयो ।
शुभलाभ बचत तथा ऋण सहकारी संस्था लि. का अध्यक्ष लक्ष्मीनारायण लिगलको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा सिद्धि गणेश बचत तथा ऋण सहकारी संस्थाका ईश्वरमान दुमरू, संस्थाका निवर्तमान अध्यक्ष मिनबहादुर बाटाले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा संस्थाका सचिव सानुकाजी दथेपुथे, कोषाध्यक्ष श्रीप्रसाद त्यातजू, लेखा सुपरिवेक्षण समितिका संयोजक रामकृष्ण त्यातले प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।कार्यक्रममा सानुमाया लागेजू, हरिकृष्ण लागेजू, कृष्णप्रसाद लिगललगायतले बोल्नुभएको थियो ।
Leave a Reply