बाल विकास सहजकर्ताहरूद्वारा नगर प्रमुखको ध्यानाकर्षण
- असार २, २०८३
भक्तपुर, ५ श्रावण । भक्तपुर चाँगुनारायण नगरपालिकाबाट भक्तपुरतर्फ आइरहेको बा १ क ८५५१ को मिनीट्रकबाट खसेर दिमान घर्तिमगरको मृत्यु भएको छ । भक्तपुर नगरतर्फ आउने क्रममा चाँगु नपाको पकुनेपाटीमा सो घटना भएको हो । ईट्टा बोक्ने गाडीमा पछाडी ढलान सकेर फर्केका १८ जनाको समूह यात्रारत रहेको जानकारी प्राप्त भएको छ । तीव्र गतिमा आइरहेको गाडी पकुनेपाटीको मोडमा मोडिँदा पछाडी सवार वर्ष १८ का दिमान घर्तिमगरको घटनास्थलमै मृत्यु भएको हो । दाङ दुधरास स्थायी निवासी घर्तिमगर हाल भक्तपुरको ब्रम्हायणीस्थित डेरामा बस्दै आएका थिए । त्यस्तै घटनामा परी सल्याण लक्ष्मीपुर – ७ झिरघाट बस्ने वर्ष १९ का शशी शिरीस मगर गम्भीर घाइते हुनुभएको छ । उनको हाल भक्तपुर अस्पतालमा उपचार भइरहेको जानकारी प्राप्त भएको छ । गाडीका चालक भक्तपुर चाँगु नपा – ५ दुधेपाटी, लाकिलानिवासी वर्ष ३९ का लक्ष्मण जंग सुलु हाल प्रहरीको नियन्त्रणमा रहेको खबर प्राप्त भएको छ ।
फोटोः बालकृष्णा बनमाला
Leave a Reply