युद्धविराममाथि सङ्कट, अमेरिका–इरान तनाव चुलिँदै
- बैशाख ८, २०८३
तेहरान, २ जनवरी । इरानले संयुक्त राष्ट्र सङ्घमा इरानी इस्लामिक क्रान्तिकारी सेना (आइआरजीसी) अन्तर्गत विशेष टोलीका तत्कालीन कमान्डर कसिम सुलेमनीको हत्यारालाई कारबाही गर्न माग गरेको छ । दुई वर्षअघि इराकमा मारिएका सेनापतिको हत्याको निम्ति इरानले संरा अमेरिकालाई दोषारोपण गरेको छ । कूटनीतिक कामको सिलसिलामा इराकको राजधानी बग्दादमा छँदा सुलेमनी संरा अमेरिकी ड्रोन हमलामा मारिएका थिए ।
गएको शनिबार संयुक्त राष्ट्र सङ्घको महासभाले सार्वजनिक गरेको पत्रमा इरानी राष्ट्रपति कार्यालयअन्तर्गत कानुनी विभागले संरा अमेरिकी सरकारको भत्र्सना गर्दै र भविष्यमा त्यस्ता घटना हुन नदिन ‘प्रस्ताव पारित गर्नेलगायत महासभासँग भएका सबै कानुनी प्रक्रिया लागु गर्न’ माग गरिएको उल्लेख छ ।
इरानको पत्रमा संरा अमेरिकी सरकारले वर्षौंदेखि आफ्नो व्यवहारमा ‘अति एकपक्षतावाद’ देखाउँदै आएको र त्यसले उसलाई अन्तर्राष्ट्रिय कानुन र सम्झौता तोड्ने शक्ति प्रदान गरेको उल्लेख छ ।
जनवरी ३ मा सुलेमनीको हत्या भएको दोस्रो वार्षिकी हो ।
संरा अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले सुलेमनीको हत्या गर्न आदेश दिएका थिए । त्यतिबेला उनी ‘संसारको सबभन्दा ठूला आतङ्कवादी’ को सूचीमा सूचिकृत थिए । ट्रम्पले लामो समयअघि नै उनको हत्या हुनुपर्ने बताएका थिए ।
हमलामा इराकी कमान्डर अब मेहदी अल मुहान्दिसलगायत धेरै जना मारिएका थिए ।
गैरन्यायिक हत्याको विषयमा सन् २०२० को जुलाईमा सार्वजनिक प्रतिवेदनमा सुलेमनीको हत्या ‘गैरकानुनी’ र ‘मनपरी’ भएको उल्लेख छ ।
Leave a Reply