भर्खरै :

डाक्टर नर्मन वेथुन

नर्मन वेथुन एक चिरफार गर्ने डाक्टर हुनुहन्थ्यो । उहाँ क्यानडा देशको हुनुहुन्थ्यो । क्यानडा उत्तर अमेरिकाको उत्तरमा पर्दछ । सन् १९३६ मा युरोपमा लडाइँ भयो । जर्मनी र इटालीका अत्याचारी फासिस्टहरूसँग मिलेर स्पेन भन्ने देशका अत्याचारीहरूले जनताको अधिकार खोसे । फासिस्टहरू अरू देशका पुँजी लगाउने र आक्रमण गर्ने अत्याचारी पुँजीवादी हुन्छन् । तिनीहरू अन्धो भएर आफ्नो देशको पक्ष लिन्छन् । तिनीहरू साना–तिना र निर्बलिया देश खाने साम्राज्यवादी हुन्छन् । तिनीहरू आफ्नो देशका मजदुर–किसान जनताका मुख्य दुश्मन हुन्छन् । ‘राष्ट्रिय समाजवाद’ ल्याउने भनेर फलाको गर्छन् । तर, काम भने आफ्ना देशका मजदुर– किसानलाई सा¥है अत्याचार गर्छन् । छिमेकी देश र जनतामाथि आक्रमण र लुटपाट गर्छन् ।
स्पेनका जनताले फासिस्टहरूसँग भिडन्त गरे । स्पेनका जनताले तिनीहरूलाई आफ्नो देशबाट धपाइन लुकी–चोरी हान्ने गुरिल्ला लडाइँ गरे । बलियो शत्रुसँग लड्न लुकी–छिपी लड्ने जनताको लडाइँलाई हो । नर्मन वेथुन क्यानडाको कम्युनिस्ट पार्टीका सदस्य हुनुहुन्थ्यो । क्यानडाका कम्युनिस्ट पार्टीले उहाँलाई स्पेनका जनतालाई मद्दत गर्न स्पेनमा पठायो । स्पेनमा उहाँले फासिस्ट आक्रमणको विरोधमा लडिरहेका जनताको सेवा गर्नुभयो । नर्मन वेथुन लडाइँ भइरहेको ठाउँमा गएर घाइतेहरूको सेवा गर्नुहुन्थ्यो ।
१९३७ मा जापानी फासिस्टहरूले चीनमाथि हमला गरिरहेका थिए । चिनियाँ कम्युनिस्ट पार्टीको नेतृत्वमा चिनियाँ जनता जापानी हमलाको विरोधमा लडिरहेका थिए । जापानी फासिस्टहरू हवाईजहाज र बमले चिनियाँ जनतामाथि हमला गर्दै थिए । चिनियाँ जनता कोदो र बन्दुकको भरले भिड्दै थिए । त्यो देशभक्तिपूर्ण लडाइँ सा¥है चर्को थियो । त्यो लडाइँ मर्नु र बाच्नुको लडाइँ थियो । यस्तो अवस्थामा क्यानडा र संयुक्त राज्य अमेरिकाको कम्युनिस्ट पार्टीले नर्मन वेथुनलाई चिनियाँ जनताको मद्दत गर्न चीन पठायो । चिनियाँ जनताको त्यो सङ्घर्ष न्यायपूर्ण लडाइँ थियो । त्यसबेला नर्मन वेथुन पुगनपुग ५० वर्षको हुनुहुन्थ्यो । हजारौँ माइल यात्रा गरेर १९३८ को वसन्तमा उहाँ येनान पुग्नुभयो । येनान त्यसबेला चिनियाँ जनताको क्रान्तिकारी सदरमुकाम थियो । उहाँ छिट्टै उपचार दलका नेता भएर रान्सि– चाहार–होपे सीमा इलाकामा खटिनुभयो ।
१७ जून १९३८ को साँझ रान्सि प्रान्तको उताई पहाडमा रहेको चिङ्गकाङ्गकु भन्ने गाउँमा पुग्नुभयो । त्यो गाउँ त्यसबेला रान्सि–चाहार होपे सैनिक क्षेत्रको केन्द्र थियो । त्यहाँ पुग्नासाथै उहाँ उपचारको अवस्थाको विषयमा सोधपुछ गर्न जानुभयो । स्वास्थ्य केन्द्र र आधार अस्पताल हेर्नुभयो । तर, त्यहाँ औषधि, सर–सामान र उपचारको काम गर्ने कामदारहरू सा¥है नपुग थियो । उहाँले रोगीहरूको सेवा गर्ने र अस्पताललाई सुधार्दै लैजाने सल्लाह दिनुभयो । ४ हप्तासम्म उहाँ त्यही बसेर सासै नफेरी काम गर्नुभयो ।
महिनाको १०० यान (चिनियाँ रूपैयाँ) भत्ता थप दिइयो । यो कुरा थाहा पाउनासाथ अध्यक्ष माओलाई एउटा चिट्ठी लेखेर उहाँले भत्ता नलिने विचार पोख्नुभयो । तर, पार्टीको निर्णय फेर्न सजिलो थिएन । यसकारण, त्यस रकमलाई उहाँले घाइतेहरूको निम्ति कपास, बेर्ने कपडा आदि वस्तुमा खर्च गर्ने सल्लाह दिनुभयो । एक कम्युनिस्ट लडाकुको निम्ति विशेष व्यवस्था उचित छैन भनेर उहाँले भन्नुभयो । उहाँले आफ्नो डायरी लेख्नुभएको थियो, “मसँग पैसा छैन न त यसको आवश्यकता नै छ, जनताको बीचमा बसेर काम गर्ने सौभाग्य पाएको छु ।”
जिम्मेवारीमाथि चनाखो
उपचारको काम गर्ने ठाउँमा भिन्दाभिन्दै सिसीहरूमा भिन्दाभिन्दै औषधिहरू राखेका हुन्छन् । सिसीमा औषधिहरूको नाम टाँसेर राखेको हुन्छ । एकचोटि एउटा नर्सले एक किसिमको औषधिलाई अर्को औषधिको सिसीमा राखिन् । यो कुरा नर्मन वेथुनले देख्नुभयो । देख्नासाथै उहाँले झटपट त्यो सिसी लिनुभयो र चक्कुले सिसीमा टाँसिएको कागजलाई खुर्की दिनुभयो । अनि नर्सको काँधमा हात थप थपाएर उहाँले भन्नुभयो, “मेरो प्यारो जवान कमरेड, यसरी काम गर्नुभयो भने रोगीहरू मर्नसक्छ । अब कहिल्यै यस्तो नगर्नुहोला । सम्झी राख्नुस्, हामीहरू रोगीको निम्ति जिम्मेवार छौँ ।”
त्यस वर्षको सेप्टेम्बरको आखिरी महिना थियो । शत्रुले नयाँ नयाँ हतियारले सुसज्जित २३ हजार सेना ल्यायो । रान्सि–चाहारा–होपेको जापानविरोधी आधार इलाकामा १० दिशाबाट धावा सुरु भयो । आवश्यकताअनुसार शत्रुले हवाई शक्ति पनि प्रयोग गथ्र्यो । त्यसबेला वेथुनले नारा दिनुभयो, “डाक्टर साथीहरू घाइतेहरूकहाँ जाऊ । घाइतेहरू आउँछ भनेर पर्खेर नबस ¤”
येनपै भन्ने ठाउँमा ३५९ औँ वहालिन घमासान लडाइँ लडिरहेको थियो । वेथुन आफै एक उपचार दलसँग पहिलो सैनिक अस्पतालतिर जानुभयो । नोभेम्बर महिनाको चर्को जाडोमा उहाँ ८० ली हिँड्नुभयो । पुग्नासाथै उहाँले इन्चार्जसँग सोध्नुभयो–“अस्पताल कहाँ छ ?” इन्चार्जले जवाफ दिए– “टाढा छैन, खाना खाइसकेपछि हिँडौला ।”
“खाना तयार हुन कति बेर लाग्ला ?”
“२० मिनेट”
“त्यसो भए हामी अहिले नै हिँडौँ ।”
अस्पताल पुग्नुभयो । मोर्चाबाट ल्याएका थुप्रै घाइतेहरू थिए । वेथुनले भकाभक उपचार गर्न लाग्नुभयो । तिनीहरूमध्ये एक जना घाइते त्यसै राखिएको थियो । उनको खुट्टाको घाउ पाकिसकेको थियो । यो वेथुनले देख्नुभयो । देख्नासाथै वेथुन कराउनुभयो, “यसको जिम्मेवार को हो ?” उहाँले भन्दै जानुभयो, “चिनियाँ कम्युनिस्ट पार्टीले आठौँ पैदल सेनालाई हातहतियारले सुसज्जित पार्न सकेको छैन । तर, आठौँ पैदल सेनालाई लामो हिँडाइमा खारिएका कार्यकर्ता र लडाकुहरूले भरिदिएको छ । हामीले तिनीहरूको राम्रो सेवा गर्नुपर्छ । हामी थाकेका र भोकाएका छौँ भने कुरा नगरौँ । हामीले घाइते मानिसलाई त्यसै दुःख दिएर छोड्न हुन्न ।” सिपाहीलाई नियालेर हेर्नुभयो र विस्तारै भन्नुभयो, “सा¥है ढिला भयो बाबू । यो काट्नुपर्ने होला ।”
चिरफारको काम सिधिँदा आधारात बितिसकेको थियो । खाना खाइसकेपछि वेथुन फेरि त्यस रोगी कहाँ जानुभयो । टुक्राटुक्री चिनियाँ भाषामा सोध्नुभयो, “अहिले कस्तो छ ?” घाइते सिपाहीले जवाफ दिए, “धेरै सन्चो भयो ।”
घाइते सिपाहीको जवाफ सुनेर वेथुन खुसी हुनुभयो । सँगै बसेका एकजना साथीलाई उहाँले भन्नुभयो, “यसले मलाई कति आनन्द भयो । तपाईँ बुझ्न सक्नुहुन्छ ।” उपचार गर्न ढिलो भएको हुँदा घाइतेले खुट्टा गुमाउनु प¥यो । यसकारण, खानालाई रहनु हुँदा पनि वेथुन पछुतो गरिरहनुभएको थियो । त्यस किसिमको नोक्सानी रोक्नु आवश्यक थियो । त्यसकारण, वेथुनले मोर्चाकै नजिक घाउ सफा गर्ने र प्राथमिक उपचार गर्ने एक केन्द्र खोल्नुभयो । त्यसको स्थापनापछि तुरुन्तै उपचार गर्न सकिन्थ्यो । यसरी वेथुनले अनावश्यक कष्ट र ज्यानको जोखिम रोकिदिनुभयो ।
डाक्टर आफ्नो रोगीको निम्ति बाँच्छ
सन् १९३९ को अप्रिल महिनाको कुरा हो । मध्य होपैको आधार इलाकामा जापानले ठूलो हमला ग¥यो । वेथुनले रान्सि–चाहार–होपे सैनिक क्षेत्रमा एक घुम्ती उपचार दल खडा गर्नुभयो  । त्यसमा स्वास्थ्य ब्युरोका १८ जवान कामरेडहरू थिए । होपेको बीचको भागमा पुग्नु थियो । त्यहाँ पुग्न शत्रुले कब्जा गरेको पिपीन्हांगकाउ रेलको बाटो नाघेर जानुपर्दथ्यो । शत्रुले कब्जा गरेको भागबाट जानु डरलाग्दो काम थियो । १९ फ्रेबुअरीको दिन ज्यान जोखिमलाई वास्तै नगरेर वेथुन हिँड्नुभयो । बाटोमा वेथुनले छातीमा ठूलो खतरा आएको एकजना चिनियाँ बिरामी भेट्नुभयो । त्यो ठाउँ शत्रुले कब्जा गरेको इलाका थियो । वेथुनले त्यस रोगीलाई उपचार नगरी अगाडि नबढ्ने अड्डिलिनु भयो ।
चिनियाँ सेना र उपचार दललाई फसाद प¥यो । त्यस क्षेत्रमा बस्नु खतराको कुरा थियो । स्थानीय पार्टीलाई तुरुन्तै खबर गरियो । हातहतियार सहित सेना र मानिसहरूलाई किसानहरूको घर–घरमा लुकाइयो । एउटा घरमा वेथुनको चिरफारको अड्डा बनाइयो । उहाँले रोगीहरूको जाँच गर्नुभयो । चिरफार गर्नुभयो । अनि बल्ल त्यहाँबाट हिँड्ने कुरो झिक्नुभयो ।
चुहुइ भन्ने ठाउँमा लडाइँ अप्रिल र मई महिनातिरै सुरु भएको थियो । वेन चियातंग गाउँको एक सानो मन्दिरमा चिरफार गर्ने ठाउँ बनाएको थियो । एक साँझ मन्दिरको नजिकै शत्रुले बम खसाल्यो । मन्दिर थर्कियो । १२० डिभिजनका स्वास्थ्य सेवाका प्रमुख तङ्गले वेथुनलाई चिरफारको ठाउँ छोडेर जान आग्रह गर्न थाले । तर, वेथुन हडबडाउनु भएन । धैर्यपूर्वक उहाँले भन्नुभयो, “लडाइँको अर्थ यही हो । सैनिक डाक्टर आफ्नो बिरामी र घाइते सिपाहीसँग बस्छ । यदि उसले आफ्नो ज्यान गुमाउँछ भन्ने त्यो गौरवमय उद्देश्यको निम्ति गुमाएको हुन्छ ।” तीन रात र तीन दिन उहाँले चिरफार गर्ने र रोगीहरूको कोठामै डुलेर बिताउनुभयो । चिनियाँ कामरेडहरू उहाँलाई हात समातेर आराम गर्न लगाउँथे । तर, उहाँ दसै मिनेटमा चिरफारको कोठामा देखापर्नुहुन्थ्यो । वेथुनका भान्छे योङ्ग हो उहाँलाई खानको निम्ति बाहिर पर्खेर बस्थे ।
चिनियाँ सैनिक कमान्ड वेथुनको स्वास्थ्यको विषयमा उत्सुक रहन्थे । उहाँको हेर–विचारको निम्ति आफ्ना सैनिकहरूलाई लेखिरहन्थे । यसकारण, चिनियाँ उपचार दलका सदस्य र सैनिकहरू उहाँलाई आराम गर्न अनुरोध गर्दथे । आफ्नो स्वास्थ्यको पनि हेरविचारमा ध्यान दिन सल्लाह दिन्थे । यो सुनेर वेथुन जवाफ दिनुहुन्थ्यो, “मेरो स्वास्थ्य महत्वपूर्ण होला र घाइते सिपाहीको स्वास्थ्य झन् महत्वपूर्ण छ । डाक्टर आफ्नो रोगीको निम्ति बाँच्छ । बिरामी र घाइतेको काम गर्दैन, त्यस डाक्टरको जीवनको के अर्थ हुन्छ ।
मन्दिरको नजिकै बम खसेको भरखर केही दिनमात्रै भएको थियो । ७१६ रेजिमेन्टको तेस्रो कम्पनीको कमान्डर हशु–जीह–चीह शत्रुसँग लड्दै घाइते भए । उनी उपचारको निम्ति ल्याइए । उनी रगत बगेर मर्न लागेका थिए । वेथुनले छिटोछिटोे घाइतेको आन्द्रामा टाँका लगाउनुभयो । अरूलाई काठको एक अडस लगाउने बनाउने अ¥हाउनुभयो । उहाँले चिनियाँ उपचार दलका सदस्यहरूलाई भन्नुभयो, “एक डाक्टर हरेक कुरामा सिपालु हुनुपर्दछ ।” रोगीको निम्ति अडेसा बनाउने फलेक चिर्दै अरू थप्नुभयो, “मोर्चाना काम गर्ने एक चिरफार गर्ने डाक्टरले सिकर्मी, नकर्मी र नाउको काम गर्न सक्नुपर्छ । पछि उसले त्यसो गर्न सक्दैन भने त्यो चिरफारको राम्रो डाक्टर हुन्न ।”
२८ दिनपछि कमान्डर शुलाई सञ्चो भयो । त्यहाँबाट हिँड्ने बेलामा शुको आँखाबाट आँसु बगिरहेको थियो । वेथुनले पनि आफ्नो आँखा पुछ्नुभयो । शुले प्रतिज्ञा गरे, “बढी शत्रुहरू मारेर म आफ्नो ऋण चुकाउँला ।
केही महिनाभित्रै मध्य होपैमा वेथुनले हजारौँ रोगीहरूलाई उपचार गर्नुभयो । उहाँले कमान्डर शुजस्तै अरू धेरै मर्न लागेका सिपाहीहरूलाई जीवन दान दिनुभयो । वेथुन सेनामा एक उदाहरण हुनुभयो । उहाँको कामले सबैलाई प्रेरणा दिन लाग्यो ।
भनिन्छ, मन्दिरमा बनाएको अस्पतालमा वेथुनले ५०० सफल चिरफार गर्नुभएको थियो । एकजना सिपाहीलाई बचाउन उहाँ २० किलोमिटर हिँड्नुभएको थियो ।
स्रोत ः बज्र (२०३४)

Leave a Reply

Your email address will not be published. Required fields are marked *