हर्मुज खुल्ने सहमति, युद्धविराम विस्तारको प्रयास
- असार १, २०८३
दलितमाथिको अत्याचारको विरोधमा सदनमा बोल्ने क्रममा बीचमा रोकिएको र भाषा छोट्याउन भनेको विरोधमा भारतको बहुजन समाज पार्टीका नेतृ मायावत्तीले दिएको राजीनामा स्वीकृति गरिएको छ । गएको मंगलबार माथिल्लो सदनमा उत्तर प्रदेशको सहारानपुर जिल्लामा त्यहाँका दलितहरुमाथि भएको सरकारी अत्याचार विरुद्ध बोल्ने क्रममा उनलाई बीचमै रोकिएको थियो । उनलाई उपसभापति पीजी कुरियनले आफ्नो भाषण छोट्याउन आग्रह गरेका थिए । रिसले मायावत्ती सदन भवनबाट बाहिरिएकी थिइन् । उनी बाहिर जाँदा वर्षा भइरहेको थियो ।
‘मैले सदनसमक्ष तीन मिनेटको माग गरेकी थिएँ ।’, सदनबाट बाहिरिने क्रममा उनले भनेकी थिइन्,‘मैले सदनलाई यो कुनै शुन्य समय होइन र त्यसकारण मैले तीन मिनेटभन्दा बढी बोल्न सक्छु भनेकी थिएँ । तर सभामुखले मलाई बोल्न दिनुभएन ।’
लगत्तै उनले आफ्नो पदबाट राजीनामा दिएकी थिइन् । तर उनको राजीनामा पत्रको ढाँचा नमिले पछि स्वीकृत गरिएको थिएन । तर पछि तोकिएको ढाँचामा राजीनामा पत्र आएपछि मात्र राजीनामा स्वीकृत गरिएको हो ।
‘मलाई बोल्न नै दिइन्न भने मैले राजीनामा दिनु नै उचित मानें’, राजीनामा बुझाउने क्रममा उनले भनिन् ।
Leave a Reply