भ्रष्टाचारविरोधी आन्दोलनको स्मरणमा प्रवचन कार्यक्रम
- असार ३०, २०८३
भक्तपुर, २० पुस । वागीश्वरी कलेजमा स्नातक तहमा समाजशास्त्रमा अध्ययनरत प्रथम, दोस्रो र तेस्रो वर्षका विद्यार्थीहरूको तीनदिने समाजशास्त्रीय सामुदायिक शिविर काभ्रे जिल्लाको तेमाल गाउँपालिकास्थित पोखरी नारायणस्थानमा सम्पन्न भयो ।
पुस १६ गते नारायणस्थान माविमा एक कार्यक्रमबीच उद्घाटन भएको सो कार्यक्रममा विद्यालयका प्रअ यज्ञप्रसाद दाहालले शिविरको सफलताको शुभकामना दिँदै वागीश्वरी कलेजले अध्ययन क्षेत्रको रूपमा ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक गरिमा बोकेको तेमाललाई रोज्नु एक महत्वपूर्ण कदम भएको चर्चा गर्नुभयो । समाजशास्त्रका विद्यार्थीहरूले तेमाल गाउँपालिकाका विभिन्न क्षेत्रहरूमा सामाजिक नक्साङ्कन गरी सामाजिक अन्तरक्रिया र सर्वेक्षणको खाका निर्माण गरेका थिए ।
शिविरको दोस्रो दिन बिहान थोकरे गाउँमा युवा पलायनले निम्तिएको समस्या, चुनौती र अवसरको विषय तथा पोखरी नारायणस्थानमा परिवर्तित समाज र ज्येष्ठ नागरिकका व्यथा विषयमा सामाजिक अन्तरक्रिया कार्यक्रम भएको थियो ।
शिविरको समापन कार्यक्रममा अतिथि प्रहरी सहायक निरीक्षक हिराबहादुर श्रेष्ठले शैक्षिकरूपमा तामाङ समुदायमा व्यापक परिवर्तन नआएकोले अझै पनि बालविवाहको समस्या यथावत रहेको जानकारी दिनुभयो । नारायण स्वास्थ्य चौकीका प्रमुख मीनमाया मोक्तानले तेमालको स्वास्थ्य अवस्था र जनताको स्वास्थ्य चेतनाबारे बोल्नुभएको थियो । विद्यालयका प्रअ यज्ञप्रसाद दाहालले शिविरले समग्रमा तेमाल गाउँपालिकामा शैक्षिक सामाजिक विषयवस्तुमा नयाँ आयाम र ऊर्जा थपिएको कुरा बताउनुभयो ।
स्नातक तह बीएसडब्लू तेस्रो वर्षमा सामाजिक कार्य अध्ययनरत विद्यार्थीहरूको पाँचदिने शिविर मोरङस्थित बेलबारी नगरपालिकामा सम्पन्न भयो ।
कार्यक्रमको समापन कार्यक्रममा बलबारी नगरपालिका, मोरङका उपप्रमुख ढाका कुमारी पराजुलीले २१ औँ शताब्दीको शिक्षाले समाज र देश निर्माण हुने भएकोले विद्यार्थीहरूमा नेतृत्व विकास हुनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा विषय शिक्षक मङ्गलेश्वर ध्वजूले मोरङलगायत सिंगो प्रदेश नं. १ नै सामाजिक कार्यको धेरै सम्भावना भएको क्षेत्र भएकोले विद्यार्थीहरूले शिविरमा सिकेका विषयहरू सम्बन्धित क्षेत्रमा परेका प्रभाव र रूपान्तरणमा अझ गम्भीर बनेर अध्ययन गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
कार्यक्रममा स्थानीय बुद्धिजीवी राजकुमार लिम्बु, महेन्द्र माविका प्रअ दीक्षा दुम्सा, धिमाल समुदायका प्रतिनिधि नगेन्द्र धिमाल, बेतना दैनिक अखबारमा सम्पादक नरेन्द्र बस्नेत, वागीश्वरी कलेजका शिक्षक भानुभक्त हुमागाईले पनि बोल्नुभएको थियो ।
Leave a Reply