भर्खरै :

विश्वको अपेक्षामा पेइचिङ हिउँदे ओलम्पिकको पूर्ण तयारी

पेइचिङ, ४ जनवरी (सीआरआई) । ठ्याक्क एक महिनापछि पेइचिङ हिउँदे ओलम्पिक खेलकुद समारोह सुरू हुँदै छ । पेइचिङ प्रतियोगिता क्षेत्र होस् वा चाङच्याखौ प्रतियोगिता क्षेत्र होस् चीनले सक्दो प्रयास गरी खेल भवनको निर्माण र संरक्षण सेवालगायत तयारी गरिसकेको छ र विश्वलाई पूर्ण हिउँदे ओलम्पिक खेलकुद प्रदान गर्नेछ ।
ओलम्पिक खेलकुद एउटा सानो पृथ्वी गाउँजस्तो हो । खेलाडीले प्रतियोगितामा भाग लिनुका साथै ओलम्पिक गाउँमा बसेर विभिन्न संस्कृतिको आदान–प्रदानसँगै शान्ति, मित्रता र विकास फैलाइरहेका हुन्छन् । त्यसैले सन् २०२१ मा फास्टर, हाइअर, स्ट्रोङ्गर भन्ने ओलम्पिक आदर्श वाक्यमा थप एकजुट शब्द पनि थपिएको थियो ।
तर, केही हल्ला र राजनीतिक खेल जारी छ जुन ओलम्पिक वडा पत्रको आधारभूत भावना र अन्तर्राष्ट्रिय खेलकुद क्षेत्रको साझा इच्छाविपरीत छ । हाल अमेरिकाको नेतृत्वमा केही मुलुकले पेइचिङ हिउँदे ओलम्पिक खेलकुदमाथि तथाकथित कूटनीतिक प्रतिरोध लगाएका छन् । तर, अस्ट्रेलिया, क्यानाडालगायत केही तथाकथित गठबन्धकबाहेक धेरैजसो मुलुकले अमेरिकालाई समर्थन गरेका छैनन् । वास्तवमा अन्तर्राष्ट्रिय समूहले पेइचिङ हिउँदे ओलम्पिक खेलकुदको अपेक्षा गरिरहेका छन् ।
रूसका राष्ट्रपति भ्लादिमिर पुटिनले पेइचिङ ओलम्पिक खेलकुदको उद्घाटन समारोहमा उपस्थित हुने स्पष्टरूपमा व्यक्त गर्नुभएको छ । दक्षिण कोरियाका विदेशमन्त्रीका प्रवक्ताले पेइचिङ हिउँदे ओलम्पिक खेलकुदको सफलताको समर्थन गरेको बताउनुभयो । फ्रान्स, साइप्रस, फिनल्यान्ड, ग्रीस, हङ्गेरी, इटाली, नेदरल्यान्ड, स्पेन, स्विजरल्याण्ड, बेलारुसलगायत धेरै मुलुकका राजनीतिज्ञ र ओलम्पिक कमिटीका सदस्यहरूले पेइचिङ हिउँदे ओलम्पिक खेलकुदलाई समर्थन व्यक्त गर्नुका साथै सक्रियरूपमा संलग्न हुने बताउनुभएको छ ।
यसबाहेक, चीन–प्रशान्त टापु देशका विदेश मन्त्रीहरूको बैठकले संयुक्त वक्तव्य प्रकाशित गरी पेइचिङ हिउँद ओलम्पिक खेलकुदको समर्थन गर्ने उल्लेख गरेको छ । ब्रिक्स शिखर सम्मेलन, शाङहाइ सहयोग सङ्गठन शिखर सम्मेलन, चीन–रूस–भारत विदेशमन्त्री वार्ताको संयुक्त विज्ञप्ति, चीन–अफ्रिका सहयोग मञ्चको मन्त्रीस्तरीय सम्मेलनलगायत प्रणालीले पनि पेइचिङ हिउँदे ओलम्पिक खेलकुदको समर्थन गरेको व्यक्त गरेका छन् ।
हाल चीनले एक महिनापछिको भव्य समारोहको पूर्ण तयारी गरिसकेको छ । चीनका राष्ट्राध्यक्ष सी चिनफिङले भन्नुभएझैँ हामीले विश्वलाई भव्य ओलम्पिक समारोह प्रदान गर्न प्रयास गरेका छौँ, विश्वको अपेक्षामा चीनले पूर्ण तयारी गरिसकेको छ । एक महिनापछि ओलम्पिक ज्योतिले पेइचिङको आकाशलाई उज्यालो बनाएर सबैको मनमा एकता र आशाको ज्योती बाल्ने अपेक्षा गरौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *